This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

108.166.174.131

Saturday, November 12, 2016

मोडल महेन्द्र गौतम पन्चेबाजाको साथमा यसपाली आए (भिडियो हेर्नुहोस)



कमल सरगम
कार्तिक -काठमाण्डौ
जव लगनको बेला आउछ तब जताततै पन्चेबाजा घन्किनु स्वभाविक हो ।
यस्तै रमाइलो बेलामा थप रमाइलो गर्न आएका छन् चर्चित गायिका सरिता कार्की र महेन्द्र गौतम अर्को उत्कृष्ट पन्चेबाजा भाका “पन्चेबाजा घुन्न”लिएर ।बहुचर्चित लोकदोहोरी सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बजारमा आएको यस गीतमा अभिनय पनि चर्चित मोडल महेन्द्र गौतमलेनै गरेका हुन् ।प्राय अभिनयमा अत्यन्तै रुचाइएको नाम महेन्द्र अहिले आवाजमा पनि उतिकै बजारमा देखिन थालेका छन ।केहि समय अगाडी एकल कमेडी लोक गीत गएर बजारमा आएका गौतमले यो पटक भने बहुचर्चित गायिका सरिता कार्की संगको सहाकार्यतामा पन्चेबाजा लिएर आएका हुन् ।यस गीतले पनि आम दर्शक श्रोताको मन जित्ने गीतका गायिका सरिता कार्कीले जानकारी दिएकि छिन ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस


Friday, November 11, 2016

विन्ध्यवासिनी म्यूजिक अवार्डको ५ उत्कृष्टको नामावली सार्वजनिक (नामावली सहित)

विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ  सम्पन्न
कमल सरगम
कार्तिक -२६ काठमाण्डौ
विन्ध्यवासिनी फाउन्डेसनले वर्षेनि गर्दै आएको विन्ध्यवासिनी म्यूजिक अवार्ड र विन्ध्यवासिनी सम्मान साझ आज राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ 
बरिस्ठ गीतकार तथा साहित्यकार डा.कृष्णहरि bindhabasini-awardबराललाइ रु ५०हजार १ सहित सम्मान गरिएको थियो सोहि समारोहमा बिभिन्न गीत संगीतमा लाग्नुभएका ३१ विधाका ५ मनोनयनहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो  बिभिन्न गायक-गायिकाले आफ्नो प्रस्तुति पनि कार्यक्रममा देखाइएको थियो सोहि अबसरमा संगीत क्षेत्रमा कलम चलाउने ७ जना पत्रकारलाइ पत्रकारिता सम्मान पनि सोहि कार्यक्रममा गरिएको थियो पत्रकारहरु :सामिप्याराज तिमिल्सिना ,अनुसा पौडेल ,सुरज पौडेल ,अशेष अधिकारी ,गीता अधिकारी र एम पी सुब्बा रहनु भएको छ कार्यक्रममा विन्ध्यवासिनी फाउन्डेसनको नयाँ आजीवन सदस्यलाई पनि सम्मान गरिएको थियो भने पशुपति म्यूजिकका संचालक शिब पौडेल ज्यूलाई उपचार खर्चको लागि रु ३ लाख ८ हजार ६ सय ७ सहितको रकम हस्तान्तरण गरिएको थियो  कार्यक्रमक भित्रै बरिस्ठ गीतकार तथा गजलकार डा.कृष्णहरि बरालको संका एल्बमको पनि बिमोचन गरिएको हो कार्यक्रममा चर्चित गीतकारहरु देखि लिएर बिभिन्न हास्यकलाकारहरु देखि चलचित्र क्षेत्रका कलाकारहरुको पनि बाग्लो उपस्थित रहेको थियो 
 अवार्डमा पर्नुभएका टप ५ का ३१ विधाका मनोनयनमा परेका व्यक्तिहरु :-
उत्कृष्ट गीत 
मारेर जल्छु –सुरेन्द्र महर्जन 
अमर
रितु हेर्ने – पद्मा लिंखा मगर
आशु लुकाई –करिश्मा घाम
उडाई लग्यो सपना –विप्लप खड्का
नदेखु भन्छु –सुदिप रेग्मी
उत्कृष्ट गायन सुगम संगीत (पुरुस)
कथाले मागे पछी –सुजन तिगेला लिम्बु
ओई झुमा झुम्कावाली-प्रमोद खरेल
माया मैले तिमीलाई –विश्व नेपाली
रितु हेर्ने-राजेश पायल राई
नमिलेका दाँत तिम्रा –रुपक डोटेल
उत्कृष्ट गायन सुगम  संगीत (महिला)
तिमि भन्छ्यौ भने –टिका प्रसाई
आशु लुकाई-मेलिना राई
नदेखु भन्छु-राजीना रिमाल
मनको दैलो खोलि –अन्जु पन्त
निभनै लागेको दियो जस्तै –श्रीयासी चेम्जोङ लिम्बु
उत्कृष्ट संगीत (सुगम संगीत)
आशु लुकाई –राजेश थापा
जब साझ –डी.आर.अटु
ओई झुमा –अर्जुन पोख्रेल
गाजालु आँखा –राम सिटौला
निभनै लागेको दियो-राजकुमार बगर
उत्कृष्ट रचना (सुगम संगीत)
आकाशको तारा –सुरेन्द्र महर्जन अमर
मायालु मुहार –रोशन भट्टराई
तिम्रो लागि –बिबस गोदार गुप्ता
एउटा एस्तो भिड छ –योगेन्द्रमणी दाहाल
धुजा धुजा पारी –राजकुमार बगर
उत्कृष्ट एल्बम (सुगम संगीत)
मुटु –करिश्मा घम
अमर –सुरेन्द्र महर्जन
अक्षता-रोशन भट्टराई
स्वरान्तर –सानुबाबु महर्जन
नजर -२ –पद्मा लिंखा मगर
उत्कृष्ट एरेन्जर (संगीत संयोजन)
सुदिप सागर –तिम्रो संसार
सन्जिब बराईली –हिमालमा
जुगल डंगोल –अन्मिएर गयौ
कमल सौराग –तिमि संगै जिउछु मर्छु
बिजेश्वर तन्डुकार-तिमि बिना एक्लो पन
उत्कृष्ट पप गायन (पुरुस)
सुमन सरगम –तिम्रो मखमली जोवन
नबिन के भट्टराई –कामना
बादल प्रसाई –हिमालमा
सीताराम पोखरेल –होस् आज छैन
सन्जिब प्रधान –म र उनि
उत्कृष्ट पप गायन (महिला)
दुर्गा खरेल –त्यो काले काले केटाले
आकांक्षा बस्याल-तिमिनै खास हौ
मौसमी गुरुङ –अलि अलि गर्दा गर्दै
श्रीया सोताङ-अलि अलि
सुमन गुरुङ –किन किन
उत्कृष्ट संगीत (पप)
जुगल डंगोल –हाम्रो मिलन
कल्याण सिंह –हिमालमा
कारण राज कार्की –होस् आज छैन
कमल खत्री –म गीत हु तिम्रो
बिपुल क्षेत्री-माया
उत्कृष्ट गायन (गायक/गायिका)
दिपक लिम्बु र राजीना रिमाल –तिमि मेरो
सुरेन्द्र महर्जन र मिलन आमात्य-मनको ढोका
टिका प्रसाई र राजेश पायल राइ –हातैमा चुरा
सरोज लामा र आकांक्षा बस्याल –चोखो माया
इन्दिरा जोशी र लक्षु  निरौला –गिलिन बाट
उत्कृष्ट लोकदोहोरी गायक
शिरिष देपकोटा –उधारो माया

मौसम गुरुङ –तिमि फुल हौ काली
हरि डाँगी –गुलाफको फुल
बद्रि पंगेनी –शिरमा ढाकाटोपी
बिमल डाँगी –पागलै बनौला मायालु
उत्कृष्ट लोकदोहोरी गायिका
सिता केसी –उधारो माया
मिरा पोख्रेल –गुलाफको  फुल
देवी घर्ती –मायाले मन
कला पंगेनी –शिरमा ढाका टोपी
मुना थापा –पागलै बनौला
उत्कृष्ट लोकदोहोरी भाका
ज्योति न्यौपाने –उधारो माया
रमेश श्रेष्ठ –छुट्यो मायाजाल
सन्तोष के बास्तोला –तिम्रो याद घटाउ
रामु खड्का –आज भन्दा भोलि माया
एकनारायण भण्डारी –पटुकी पोकोमा के होला
उत्कृष्ट लोकदोहोरी रचना 
ज्योती न्यौपाने –उधारो माया
राजन ठकुरी-बाटो मोड्ने छैन
गणेश चौलागाई –पागलै बनौला
प्रलाद सुबेदी –पटुकी पोकोमा
एकनारायण भण्डारी –कलेजी छिनायौ
उत्कृष्ट लोकदोहोरी गीत
राजिब सुनुवार –माया गर्ने मान्छे
राजन ठकुरी –बाटो मोड्ने छैन
गोपी कृष्णा पंगेनी –मायाले मन बराल्छ
 गणेश चौलागाई-पागलै बनौला
एकनारायण भण्डारी-कलेजी छिनायौ
उत्कृष्ट मोडल जोडी पप तथा आधुनिक भिडियोतर्फ 
तिम्रो संसार –सनम कठायात र बर्ष राउत
चन्द्र जस्तै मुहार –दुर्गेश थापा,विद्या भण्डारी
म मारेर के भो –उषा खनाल र ईच्छाराम परियार
तिमिनै आस हौ –लक्की आचार्य ,दिया रिजाल
जो बिना एक पल –बिमल अधिकारी,बर्षा शिवाकोटी
उत्कृष्ट प्ले ब्याक सिंगर मेल (पार्श्व गायन पुरुस तर्फ)
सुगम पोख्रेल –म एस्तो गीत गाउछु (प्रेम गीत)
रामचन्द्र काफ्ले –आइ लभ यु (भाग सानी भाग)
चिरन्जीवी भण्डारी –चट्टै मुटु काटेर (रेलिमाई)
राजेश पायल राइ –फुलै फुलको संसार (फुलै फुलको संसार तिमीलाई)
युबराज चौलागाई –हारे हारे (क्लासिक)
उत्कृष्ट प्ले ब्याक सिंगर फिमेल (पार्श्व गायन पुरुस तर्फ)अन्जु पन्त – म एस्तो गीत गाउछु (प्रेम गीत)
जुनु रिजाल काफ्ले –आइ लभ यु (भाग सानी भाग)
माण्डबी त्रिपाठी –सुन्तलीलाई भगाई लग्यो झिल्केले (सुन्तलीलाई भगाई लग्यो झिल्केले)
मेलिना राइ –सुनैको हार दिन (क्लासिक)
सिता सिंगक-नदुख्ने कुनै मन हुदैन (रेलिमाई)
उत्कृष्ट चलचित्र संगीत
अर्जुन पोख्रेल –म एस्तो गीत गाउछु (प्रेम गीत)
राजन राज सिवाकोटी –सुर्के थैली खोइ (वार्ड नम्बर ६
चेतन सापकोटा –आइ लाभ यु (भाग सानी भाग)
सुरेश अधिकारी –फुलै फुलको मौसम तिमीलाई (फुलै फुलको मौसम तिमीलाई)
उत्कृष्ट राष्ट्रिय भावनामा ओतप्रोत गीत
बलिन्द्र नेम्वाङ्ग –गौतम बुद्ध
महेश आचार्य –आफ्नै घर सल्काएर न्यानो
पद्मा लिंखा मगर –एकाताको गीत गाउदै
स्व.क्षेत्रप्रताप अधिकारी –टोपी लाए पनि हुन्छ
डा.रंजित झा-हाम्रो देश
उत्कृष्ट भिडियो निर्देशक (लोकदोहोरी)
कपिल लामा –आज भन्दा भोलि माया
क्रान्ती केसी –तिमि फुल हौ काली
शंकर बिसी –शिरमा ढाकाटोपी
शिब बि.क –पिरतीको डोरी
शंकर बिसी –उधारो माया
उत्कृष्ट भिडियो निर्देशक (सुगम संगीत)
सुरज श्रेष्ठ –मायालु मुहार
निकेश खड्का –ओइलोएर झार्न दिन्न
फराज अर्पण –आखा मारेर
प्रानाव जोसी –होस आज छैन
सहेन्द्र श्रेष्ठ –एउटा एस्तो भिड छ
उत्कृष्ट छायकर(क्यामेर पर्सन)म्युजिक भिडियो
हरी हुमागाईं-मायालु मुहार
सुदिप बराल –सान्नानी
राजेश घिमिरे - रितु हेर्ने यो नजर
शम्भु चालिसे –पिरतीको डोरी
प्रताप शिंह –होस् आज छैन
उत्कृष्ट एडिटर (सम्पादक  म्युजिक भिडियो)प्रविन श्रेष्ठ –मायालु मुहार
टेकेन्द्र शाह –मिठो सरगम
निसान घिमिरे –कोपिलामै सुन हुन्छ
अनुप गिरी –जादैछु टाढा
भरत रेग्मी –होस् आज छैन
उत्कृष्ट ध्वनी मुद्रण
राजेश्वर ताण्डुकार –नदेखे झैँ किन
शाजन साह –रितु हेर्ने यो नजरमा
बुद्ध सायमि –जति छाल आए पन
बिजय थापा –जिन्दगीले आफैलाई
मित्र लामा –नियतिले छालमा बग्दै
उत्कृष्ट नवप्रतिभा लोकदोहोरी तर्फ
गोपीकृष्ण पंगेनी –मायाले मन बराल्छ
सुनिता गुरुङ –पानी पानी
नहकुल ढकाल –रुदै मेला पातमा
प्रविन पौडेल –बोल हासी हासी
अर्पणराज गीरी –पटुकी पोकोमा के होला
उत्कृष्ट म्युजिक कम्पनी
निर्भाना टिभी नेपाल
गोर्खा चौतारी म्यूजिक प्राली
एसियन म्यूजिक प्राली
भावना सोलुसन
कामना म्यूजिक
उत्कृष्ट मोडल दोहोरीतर्फ
दुर्गेश थापा ,ऋतु बोहोरा –छुट्यो मायाजाल
देवेन्द्र क्षेत्री र सपना साही ठकुरी –पिरतीको इतिहास -२
रुपा कंडेल र महेन्द्र गौतम –तिमि र म
बिमल अधिकारी र सारिका केसी –आज भन्दा भोलि माया
अन्जली अधिकारी र शंकर बिसी –उधारो माया
उत्कृष्ट नवप्रतिभा पप तथा सुगम तर्फ
पुष्प राज बराल –नौनी जस्तै
संदेश पाठक –हाम्रो मिलन
सन्जिब पराजुली –झिलमिल झिलमिल
कमल सौराग –कस्ती भयौ होला
बिना राइ-नदेखे झैँ किन
उत्कृष्ट गीतकार महिला (सुगम संगीत)
आँसु लुकाई –करिश्मा घम
जिन्दगीले आफैलाई –राधिका अधिकारी
तिम्रो माया –बबी गुरुङ्ग निश्छल
निभ्नै लागेको दियो –लिला पुन समुन्द पारी
रितु हेर्ने –पद्मा लिंखा मगर

Wednesday, November 9, 2016

देवी घर्तीको आवजामा मर्मिक लोकदोहोरी गीत "कामना"बजारमा

kaamana-finale
कमल सरगम 
कार्तिक -काठमाडौं
तिम्रो सामु दुनिया झुमुंन  सानु |
सफलताले शिखरलाइ चुमुन सानु ||
यहि छ मेरो कामना तिम्लाई लाखौलाख |
जहा गए नि जय जय होस तिम्रो कामको सफलतामा मेरो नामको नलागोस दाग ||
धेरै भन्दा धेरै मान्छेहरुको मनमा आउने  विचारलाइ समेटेर गीत लेख्ने र संगीत भर्ने तथा भाका बनाउने सर्जक कमै मात्र पाइन्छ सांगीतिक बजारमा, जसले हृदय भित्र लुकेर बसेको मनको कुरालाइ बाहिर शब्द र संगीत मार्फत निकाल्न सक्यो त्यसैलाई  असल श्रष्टा भन्न सक्छौ हामी | लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचानर स्थान भएका श्रष्टा कमला परियार र मनोज रसाइलीले सबै मानबको हृदय भित्रका कुरा निकाल्न सफल भएका छन यस कामना गीतमा |
बैदेशिक राजगारको सिलसिलामा धेरै वर्ष प्रदेशमै बिताएका यी दुवै श्रष्टा जसले नेपालि गीत संगीतलाई धनि बनाएका छन् | कमल परियार र सुरिता सुनारको प्रस्तुति रहेको यस गीतमा लय तथा शब्द मनोज रसाइलीको रहेको छ भने सुमधर आवाजको धनी चर्चित गायिका देवी घर्ति र कमल परियारको आवाज रहेको छ त्यसै गरि चर्चित संगीतकार गायक तथा संगीत संयोजक झलक संगीतमको संगीत संयोजन रहेको छ | यस गीतलाइ आलाप रेकर्डिङ स्टुडियोले बजारमा उपलब्ध गराएको छ |
अडियो सुन्न तल क्लिक गर्नुहोस 


<script>
layer ads
<script>

सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा पुष्कल शर्माको रूहाउने गीत बजारमा

कमल सरगम 
कार्तिक -२४ काठमाण्डौ 
लोकदोहोरी क्षेत्रका चर्चित गायक पुष्कल शर्माको आवाजमा यसोदा पाण्डेको  अर्को नया लोकदोहोरी गीत “दुखाइ”बजारमा आएको छ ।यसोदा पाण्डे र पुष्कल शर्माको आवजामा तेजेन्द्र बिबसको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतलाई सुपारी म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
पुष्कल शर्मा र रुपा कडेलको उत्कृष्ट अभिनयमा रहेको यस गीतको निर्देशन भने कपिल लामाले गरेका छन ।सुजन साहिको सम्पादनमा तयार भएको भिडियो म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।

Friday, November 4, 2016

गायक बिमलाराजले "लौरी लुकौनी"भनेपछि तहल्का (भिडियो हेर्नुहोस)


कमल सरगम 
कार्तिक -काठमाण्डौ 
नेपाली लोकदोहोरी क्षेत्रका अत्यन्तै चर्चित गायक तथा सर्जक बिमलराज क्षेत्रीको आवाजमा नयाँ लोकदोहोरी गीत "लौरी लुकाउनी"बजारमा आएको छ ।धेरै दर्शक श्रोताको रोजाइमा रहनु भएका २०५६ साल देखि निरन्तर लोकदोहोरी क्षेत्रमा लाग्दै आएका बिमलराज क्षेत्रीको धेरै गीतहरु चर्चामा छन ।बल्लै भो भेट,सुपारी चाम्रो,अंगुर अमिलो ,मधु बनैमा लगाएतका बिभिन्न गीतहरुले विमलराज क्षेत्रीलाइ  लोकदोहोरी क्षेत्रमा दरिलो खम्बाको रुपमा स्थापित गराए  ।
लोकुन्मुख गीतहरुलाई संरक्षणको हेतुले धौलागिरीको सेरोफेरोमा खेलिने "लौरी लुकाउनी"खेल  लाइ समाबेस गरि मौलिक शब्दमा उनेर उत्कृष्ट लयमा बजारमा ल्याएको यस गीतलाई प्रसान्ति डिजिटल प्रालिले बजार ब्यबस्थापन गरेको छ ।विमलराज क्षेत्री र ऋतु थापाको सुमधुर आवाज रहेको यस गीतमा लय पनि बिमल राज क्षेत्रीलेनै गर्नु भएको छ ।बिष्णु घिमिरेको शब्दमा बजारमा आएको गीत बिष्णु घिमिरेकै प्रस्तुति रहेको छ।  गीतको म्युजिक भिडियोलाई कुमार केशीले निर्देशन गर्नु भएको छ ।अजय रेग्मीको कोरियोग्राफमा निर्माण भएको म्यूजिक भिडियोमा अभिनय भने करिश्मा ढकाल र चर्चित मोडल तथा नायक एस राजले गरेका छन ।प्रसान्ती डिजिटल को युटुब च्यानलमा सार्बजनिक यस गीतले बाग्लुङ तथा यस का आसपासको क्षेत्रलाई बिसेष प्राथमिकता दिएको छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Wednesday, November 2, 2016

नेपाल तरुणदल काठमाडौं जिल्ला क्षेत्र नं ४ द्वारा राष्टिय  व्यक्तित्वहरुलाई सम्मान

कमल सरगम
कार्तिक -काठमाण्डौ 
नेपाल तरुणदल काठमाडौं जिल्ला क्षेत्र नं ४ द्वारा राष्टिय व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
 पूर्व उप प्रधान मन्त्री  तथा नेपाली काँग्रेस का पूर्व महा मन्त्री  केन्द्रिय सदस्य श्री प्रकाशमान सिंह प्रमुख आतिथ्यमा नेपाल तरुणदल काठमाडौं जिल्ला क्षेत्र नं ४ का अध्यक्ष अनुप प्रधान द्वारा आयोजना गरिएको सो कार्यक्रमको ६३ औ स्थापना दिवस, शुभ दिपावली, छठ, लोसार २०७३ तथा नेपाल सम्बत ११३७ को
उपलक्ष्यमा  शुभकामना आदान प्रदान तथा राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । सोहि  कार्यक्रमको अवसर पारेर वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ गायक कुमार बस्नेत, वरिष्ठ पप गायक भिम तुलाधर, वरिष्ठ पप गायक म्यासेन्जर व्याण्डका राजेश हमाल,मोडेल एक्टर राजु हमाल,मिस नेपाल २०१२ श्रृष्टि श्रेष्ठ, समाजसेवी हेमा मान्नधर, नेपालको प्रथम महिला फिलिम निर्देसक सुचित्रा श्रेष्ठ, फिलिम निर्देसक आ र बि खत्री लगायतलाई सम्मान समेत प्रदान गरिएको थियो । साथै नेपाल तरुणदल काठमाडौं जिल्ला क्षेत्र नं ४ का नव निर्बाचित सदस्य हरु लाइ पनि प्रमाण पत्र वितरण गरेको थियो । सोहि कार्यक्रममा ग्ल्वो स्टोन ब्याण्ड द्वारा संगीत प्रस्तुत गरेको थियो 

Saturday, October 22, 2016

लोकेश बिशी र सृजना गुरुङको अभिनयमा नयाँ म्यूजीक भिडियो बजारमा (भिडियो सहित)


कार्तिक -काठमाण्डौ
आफ्नो भनेर धेरै मायागरे मैले उसले भन्थ्यो धेरै माया गर्छु भनेर तर हैन खास उसले मलाइ रूहानु रैछ आज रोएरै बितेको छ मेरो जिन्दगी ।तिमीत्  एउटा पाहुना रैछौ ,केवल मलाइ खेलाउना बनाएर आज एकान्तमा एक्लो पारि छाडेर गएका छौ म पागल जस्तै भएको छु  ।
यस्तै शब्द भाबमा अनुबन्धित लालीगुराँस म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली सर्जक गंगा दत्त गीरी र रेणु अधिकारीको आधुनिक गीत "धेरै माया"बजारमा आएको छ  ।कतारमै छायांकन गरिएको यस गीमा आवाज भने 


अहिलेकी चर्चित गायिका मेलिना राइ
को सुमधुर आवाजमा सुसजित गीतमा शब्द भने गंगादत्त गीरीलेनै गरेका हुन्  ।लोकदोहोरी क्षेत्रमा निकै अगाडी रहेका गंगा अहिले प्रबासमा छन  ।प्रबासमा रहेर पनि आफ्नो माटोलाई निरन्तर माया गर्दै आफुलाई कलाकारिता पाटोमा संगै अगाडी बढाईरहेका गंगाको यो पहिलो आधुनिक गीत हो  ।केहि लोकदोहोरी गीतहरु बजारमा आइसकेको बताउने गंगाको छिट्टै आसिस म्यूजिक मार्फत अर्को लोकदोहोरी गीत बजारमा आउदै छ ।
यस गीतमा संगीत भने बालानन्द राइले भंरेका छन ।लालीगुराँस टिभीको युटुब च्यानल मार्फत सार्बजनिक यस गीतमा अभिनय भने लोकेश बिशी र सृजना गुरुङले गरेको हो ।
बिष्णु अधिकारीको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने बबिन्द्र तामाङले गरेका छन ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Thursday, October 20, 2016

ऋतु लामा र यमन खनालको लोक दोहोरि गीत पधेरिको पानी बजारमा


कमल सरगम
कार्तिक -काठमाण्डौ 
सुपा देउराली म्युजिक प्रा.ली को प्रस्तुतिमा ऋतु  लामा र यमन खनालको लोक दोहोरि गीत पधेरिको पानी बजारमा आएको छ । गाउँ र शहरविचको फरक परिवेशलाई विसयबस्तु बनायर तयार पारिएको यस गीतमा यमन खनाल र ऋतु  लामाको स्वर रहेको छ ।
भने शब्द यमलाल याचार्य लय यमन खनाल को रहेको छ । ऋतु लामा र यमु आले को आभिनय रहेको यस गीतको म्युजिक भिडियो निर्देशन एमवी गुरुङ को रहेको छ भने यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन सुपादेउराली म्युजिक प्रा.ली ले गरेको छ । एरेन्जरबाट पनि चर्चा कमाएका यमन अहिले एरेन्जमा निकै व्यस्त छन  । 
भिडीयो हेर्न तलको लिंकमा क्लिक गर्नु होस्


Friday, October 7, 2016

यसरी बित्दैछ लोक संचारकर्मीको दशैँ(पुरा पढ्नुहोस)

कमल सरगम 
असोज -काठमाण्डौ

बाबा आमा सन्चै त होलान नि |
छोरा छोरी सम्झाउनु रोलान नि ||
अहिलेको यो दशैँ तिहारमा, घर आउछु भन्छु सम्झी सम्झी रुन्छु बसेकोथे रहरमा तर आउन पाइन मा त मेरो जन्म घरमा ||
तिमि खालि परदेशमै हुनी |
बुवा आमा बालबच्चा झन रुनी,
अहिलेको यो दशैँ तिहारमा, घर आउछु भन्छु घरि घरि रुवाउछौ बसेको छु भरमा त किन फर्की आउदैनौ खै आफ्नो जन्म घरमा ||
सबैका आफ्नै कथा छन आ-आफ्नै ब्यथा छन, कसैलाई हास्न रमाउन मन लाग्छ तर ओठको मुस्कान अनुहारमा हराउनु पनि कसैको बाध्यता हुन्छ | नेपालिको बाध्यता हो परदेश पस्नु, खान लाउन र बसोबासको बेबस्था गर्नकै लागी आफ्नो जन्मभुमि, बाबा-आमा, छोरा-छोरी  छोडेर बर्सौ एक्लो जिन्दगी परदेशमा बिताउनु | यस्तै अबस्थामा आउछ भित्रि मनको कुना बाट गीत संगीत सिर्जना |  यस्तै-यस्तै भावना गीत मार्फत पोखी रहने एक परदेसी हुन अर्घाखाचीका राजु बिसी अनि गीत संगीतका  एक नक्षत्र हुन्  राजु बिसी |

मिठा शब्द र लयको संयोग नया गीति सङ्ग्रह “अहिलेको यो दशैँ तिहारमा ” बजारमा लिएर आएका छन्  |  |साउदीमा ड्युटी गरिरहेका राजु बिसी सधै गीत संगीतमै रमाउछन, गीत संगीतमै रुन्छन अनि आफ्नो मनका ब्यथा गीत संगीत मै पोख्छन | ड्युटी एउटा पाटो छ भने एर्को पाटो हो लोक संगीत यो उनको दिनाचार्य हो |
कहिले काही ड्युटीमा काम गर्न छोडेर मोबाइलमा भाका भर्ने  र शब्द लेख्ने गर्दा मालिक बाट गालि खाएको अनुभव पनि सुनाउछन धेरै अप्ठेरो परस्थिति बिचमा पनि मनमा गीत संगीत फुराइ रहेका राजु बिसी प्राय: परदेशी जिबनकै बिषयमा लेखने गर्छन |

पहिले गीत ” दोहा कतारमा” को सफलता पछी निकै मर्मस्पर्सी गीत अहिलेको यो दशैँ तिहारमा भारतमा काम गर्ने गायक पदम संगीत छेत्री र चर्चित गायिका देवी घर्तीले स्वर दिएका छन | चर्चित संगीत संयोजक झलक संगीतमको संयोजनमा आलाप स्टुडियो मार्फत बजारमा आएको उक्त गीत अर्घाखाचिमा भिडियो भएको हो र सन्तोष शर्मा र सपना द्वारा अभिनित यस गीतको निर्देशन छायांकनर सम्पादन पाण्डेले गरेका छन्   आशा छ सबैको मन जित्न सफल हुनेछ राजु बिसिको यो मर्मस्पर्सी गीतले |
 

अमेरिकामा बसेका गायक सुबास पुरीले नेपालको "हिमाल हल्लाउन सक्छु"भने पछी (भिडियो सहित)


कमल सरगम 
असोज -काठमाण्डौ 
अमेरिकालाई आफ्नो कर्मथलो बनाएका सुबाश पुरी को साङीतिक एल्बम श्रृङगार बजार मा आएको छ ।  बिदेशमा बसेर पनि आफ्नो सानै देखिको सङीत प्रतीको मोह अनि लगाब कहिले मन देखि कहिले मेटाउन नसकेका मिठो आवाजका धनी  सुबाशलाई उनको यो लगाब लाई पूरा गर्न पूरा साथ दिएका छन आहिलेका चर्चित गायक थानेश्वर गौतमले ।
  सम्पुर्ण गीतको सङीत पनि गौतमकै रहेको छ। सुबाशको लागब र सङीत प्रतीको प्रेमलाई आफुले खुलेर साथ दिएको गौतम बताउछन।  
शीर्ष गीत "तिम्रो कम्मर कति छ मैयाँ" बोलको गीतमा थानेश्वर गौतम र सुबाश पुरी को आवज रहेको छ ।उक्त यल्बम मा ६ वटा गीत समाबेश गरिएको छ भने गीतकारमा सुबाश गौतम "तिम्रो कम्मर" र  प्रभा बर्तौलाले दुई वटा गीत दिएकि छन। " हिमाल हल्लाउँन सक्छु" र  "म आउछु श्रृङार" ,"जाली रुमाल" बोलको गीत मा रमेश अधिकारीको शब्द रहेको छ भने दुई गीत म सुबाश पुरिकै शब्द रहेको छ ।उक्त एल्बममा रहेकका दुईवटा गीत को म्युजिक भिडियो बनेको छ । सबै गीत को भिडियो बनाउने तयारी सुबाश ले गरेका छन ।उक्त दुई गीतमा भिडियो निर्देशन चर्चित निर्देशक सुरज सिंह ठकुरीले गरेका छन भने तिम्रो कम्मर मा गम्भीर बिष्ट र बर्षा सिवाकोटिको  अभिनय रहेको छ । हिमाल हल्लाउँन सक्छु गीतमा निराजन र बेनिशा को अभिनय रहेको छ।  भर्खर मात्र रिलिज भएको हिमाल हल्लाउँन सक्छु गीत को भिडियो बजारमा आए  संगै सुबाशको चर्चा एकाएक उर्लिन थालेको छ । हिमाल हल्लाउन सक्छु गीतमा स्वरमा साथ दिएकि छिन  अहिले चर्चामा रहेकी गायिका सरु गौतमले । अहिले सुबाश आफ्नो गीत को प्रचारमा जुटेका छ्न उनको साङीतिक यात्रा सफल बनोस शुभकामना
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Thursday, October 6, 2016

गायिका तथा मोडल शुसिला गौतम भन्छिन “बसायो बामारी हरर”(भिडियो सहित)



कमल सरगम 
असोज -काठमाण्डौ 
आशिष म्युजिक प्रा.लि. को प्रस्तिती मा सुशिला गौतमको “ बसायो बामरी हरर  ” बजारमा आएको छ । फरक सैलिमा तयार पारिएको यो जवानी ले मस्त जोडी हरुको जामका भेट हुदा मायाको भूकम्पले थर्काएका भाव हरु समेटिएकाछन् । सुशिला गौतम र रामजी खाँण स्वर रहेको छ ।
भने शब्द लय गायिका सुशिला गौतम को रहेको छ । उत्कृष्ठ शब्द पृथक गायन सैली , मिठो लय र आफ्नो बेजोड अभिनय बाट आफुलाइ अब्बल साबित गर्न सफल सुशिला गौतम । रामजी खाँण र सुशिला गौतम को आभिनाय रहेको यस्गीत्को म्युजिक भिडियो को निर्देशन बब्बु थापाको रहेको छ । भने अडियो भिडियो बजार ब्यबस्थापन आशिष प्रा.ली ने गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

Wednesday, October 5, 2016

आफ्नो मान्छे टाढा भएपछी यसरी आफ्नो पिडा प्रस्तुत गर्दै मोडल टेरिसा (भिसियो सहित)


कमल सरगम 
असोज -काठमाण्डौ 
नेपाली सङ्गितिक जगतमा उत्कृष्ट गीत तथा म्युजिक भिडियो बजारमा ल्याउन सफल र म्युजिक कम्पनी को रुपमा छुट्टै पहिचान बनाउन सफल कामना डिजिटल प्रा ली ले दसैंको शुभकामना सहित परदेश गएको परदेशीको दु:ख पिडा र घर भएकी श्रीमती को दु:ख पिडा लाई समाबेश गीत तथा म्युजिक भिडियो बजारमा ल्यायको छ ।चर्चित गायिका टिका पुन र चर्चित गायक तथा सङ्गीतकार गीतकार गोबिन्द मधुर आचार्यको स्वर रहेको यस  गीतमा शब्द सङ्गित गोबिन्द मधुर आचार्य को रहेको छ ।
कामना फिल्मस को ब्यानर मा निर्माण गरिएको छ । यो भिडियोलाई कामना डिजिटल ले नै निर्माण गरेको हो छोटो समयमै चर्चा को शिखर चुम्न सफल मोडेल टेरिसा पौडेल र एस के दाहाल ले अभिनय गरेको म्युजिक भिडियोलाई राज काफ्लेले निर्देशन गर्नु भएको हो भने छायाँकन राजेश घिमिरेले गर्नुभएको हो मोडेल टेरिसा पौडेल को अभिनय पनि निकै शसक्त रहेको छ म्युजिक भिडीयो हेर्दा नेपाली दाजुभाइ दिदिबहिनी को आँखा नरसाउला भन्न सकिदैन यो गीत तथा म्युजिक भिडियो लाई सफलताको शुभकामना।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Saturday, October 1, 2016

धनबिर पुनको एकल रचनामा प्रश्नहरु सार्बजनिक (पुरा जानकारी)

कमल सरगम 
असोज-काठमाण्डौ 
नेपाली सुगम संगीत क्षेत्रमा अर्को प्रश्न जन्मिएको छ ।सुगम क्षेत्रका नबोदित गीतकार धनबिर पुनको उत्कृष्ट शब्दहरुमा "प्रश्न" नामक आधुनिक गीति एल्बम  आज राजधानीको युनियन हाउसमा सार्वजनिक भएको हो ।
संगीतकार सम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालीहरुको महान पर्व बिजय दशमीको शुभकामना  आदान प्रदान सहित कार्यक्रम आयोजना गरिएको थियो ।धनबिर पुनको  प्रश्न एल्बम भित्र ६ वोटा गीतहरु समाबेस गरिएको छ ।अन्जु पन्तको आवाजमा "फुल सरी",प्रमोद खरेलको आवाजमा "खै कसरी",श्रेयसी चेम्जोङको आवाजमा "जतिसुकै"टिका भण्डारी र दुर्गा परियारको आवाजमा "त्यो  सुन्दर गाउमा ",श्रेयसी चेम्जोङको आवाजमै "मै मरि गए पनि",र टिका भण्डारी ,विश्व नेपालीको,रीता केशी ,श्रेयसी चेम्जोङको आवाजमा"संसारमै खोजिहेर" समाबेस गरिएको छ ।गीतमा संगीत भने चर्चित संगीतकार राजकुमार बगरले ४ वोटामा संगीत भरेका छन्  साथमा टिका भण्डारीले २ वोटा गीतमा संगीत भरेका हुन् ।२ दशक प्रबासमा बसेर पनि गीत संगीतको माया दर्शाउदै आएका पुन पहिलो पटक सांगीतिक क्षेत्रमा प्रबेस गरेका हुन् । धनबिर पुनले सृजना गरेका हुन् ।सबै गीतको म्यूजिक भिडियो पनि निर्माण भएको कम्पनि संचालक राज काफ्लेले बताउनु भयो ।कार्यक्रमको सभापतित्व गर्दै काफ्लेले भन्नु भयो "नेपाली सुगम संगीतमा  सधै कामना डिजिटलले अग्रसर रुपमा अगाडी बढिरहेको र म  आफ्नो ज्यान समर्पण गरेर भएपनि यो क्षेत्रलाइ निरन्तरता दिने छु"।
 

धनबिर पुनको एकल रचनामा प्रश्नहरु सार्बजनिक (पुरा जानकारी)

कमल सरगम 
असोज-काठमाण्डौ 
नेपाली सुगम संगीत क्षेत्रमा अर्को प्रश्न जन्मिएको छ ।सुगम क्षेत्रका नबोदित गीतकार धनबिर पुनको उत्कृष्ट शब्दहरुमा "प्रश्न" नामक आधुनिक गीति एल्बम  आज राजधानीको युनियन हाउसमा सार्वजनिक भएको हो ।
संगीतकार सम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालीहरुको महान पर्व बिजय दशमीको शुभकामना  आदान प्रदान सहित कार्यक्रम आयोजना गरिएको थियो ।धनबिर पुनको  प्रश्न एल्बम भित्र ६ वोटा गीतहरु समाबेस गरिएको छ ।अन्जु पन्तको आवाजमा "फुल सरी",प्रमोद खरेलको आवाजमा "खै कसरी",श्रेयसी चेम्जोङको आवाजमा "जतिसुकै"टिका भण्डारी र दुर्गा परियारको आवाजमा "त्यो  सुन्दर गाउमा ",श्रेयसी चेम्जोङको आवाजमै "मै मरि गए पनि",र टिका भण्डारी ,विश्व नेपालीको,रीता केशी ,श्रेयसी चेम्जोङको आवाजमा"संसारमै खोजिहेर" समाबेस गरिएको छ ।गीतमा संगीत भने चर्चित संगीतकार राजकुमार बगरले ४ वोटामा संगीत भरेका छन्  साथमा टिका भण्डारीले २ वोटा गीतमा संगीत भरेका हुन् ।२ दशक प्रबासमा बसेर पनि गीत संगीतको माया दर्शाउदै आएका पुन पहिलो पटक सांगीतिक क्षेत्रमा प्रबेस गरेका हुन् । धनबिर पुनले सृजना गरेका हुन् ।सबै गीतको म्यूजिक भिडियो पनि निर्माण भएको कम्पनि संचालक राज काफ्लेले बताउनु भयो ।कार्यक्रमको सभापतित्व गर्दै काफ्लेले भन्नु भयो "नेपाली सुगम संगीतमा  सधै कामना डिजिटलले अग्रसर रुपमा अगाडी बढिरहेको र म  आफ्नो ज्यान समर्पण गरेर भएपनि यो क्षेत्रलाइ निरन्तरता दिने छु"।
 

धनबिर पुनको एकल रचनामा प्रश्नहरु सार्बजनिक (पुरा जानकारी)

कमल सरगम 
असोज-काठमाण्डौ 
नेपाली सुगम संगीत क्षेत्रमा अर्को प्रश्न जन्मिएको छ ।सुगम क्षेत्रका नबोदित गीतकार धनबिर पुनको उत्कृष्ट शब्दहरुमा "प्रश्न" नामक आधुनिक गीति एल्बम  आज राजधानीको युनियन हाउसमा सार्वजनिक भएको हो ।
संगीतकार सम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालीहरुको महान पर्व बिजय दशमीको शुभकामना  आदान प्रदान सहित कार्यक्रम आयोजना गरिएको थियो ।धनबिर पुनको  प्रश्न एल्बम भित्र ६ वोटा गीतहरु समाबेस गरिएको छ ।अन्जु पन्तको आवाजमा "फुल सरी",प्रमोद खरेलको आवाजमा "खै कसरी",श्रेयसी चेम्जोङको आवाजमा "जतिसुकै"टिका भण्डारी र दुर्गा परियारको आवाजमा "त्यो  सुन्दर गाउमा ",श्रेयसी चेम्जोङको आवाजमै "मै मरि गए पनि",र टिका भण्डारी ,विश्व नेपालीको,रीता केशी ,श्रेयसी चेम्जोङको आवाजमा"संसारमै खोजिहेर" समाबेस गरिएको छ ।गीतमा संगीत भने चर्चित संगीतकार राजकुमार बगरले ४ वोटामा संगीत भरेका छन्  साथमा टिका भण्डारीले २ वोटा गीतमा संगीत भरेका हुन् ।२ दशक प्रबासमा बसेर पनि गीत संगीतको माया दर्शाउदै आएका पुन पहिलो पटक सांगीतिक क्षेत्रमा प्रबेस गरेका हुन् । धनबिर पुनले सृजना गरेका हुन् ।सबै गीतको म्यूजिक भिडियो पनि निर्माण भएको कम्पनि संचालक राज काफ्लेले बताउनु भयो ।कार्यक्रमको सभापतित्व गर्दै काफ्लेले भन्नु भयो "नेपाली सुगम संगीतमा  सधै कामना डिजिटलले अग्रसर रुपमा अगाडी बढिरहेको र म  आफ्नो ज्यान समर्पण गरेर भएपनि यो क्षेत्रलाइ निरन्तरता दिने छु"।
 

Friday, September 30, 2016

राजेन्द्र कंडेल र देवी घर्तीको आवाजमा अर्को उत्कृष्ट दशैँ गीत "घरको याद"बजारमा


कमल सरगम 
असोज -काठमाण्डौ 
सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा अर्को उत्कृष्ट दशैँ गीत "घरको याद"बजारमा आएको छ ।धर्मेन्द्र साही ठकुरीको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा आवज भने राजेन्द्र कडेल र  देवी घर्तीले भरेकि छिन ।
धर्मेन्द्र साही ठकुरीकै लय/शब्दमा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल बिमल अधिकारी र रुपा कडेलले गरेकी हुन् ।कपिल लामाको निर्देशनमा तयार भएको  गीतको छायांकन भने राजेश घिमिरेले गरेका छन ।सुजन साहिको सम्पादनमा तयार यस गीतको म्यूजिक भिडियो छोटो समयमा अत्याधिक दर्शकले हेरिसकेका छन  ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ  ।
पुरा गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस  ।

सुपादेउराली म्यूजिक प्रालिको उत्कृष्ट उत्पादनमा चर्चित गायक तथा एरेन्जर यमन खनालको "काठमाण्डौमा टेम्पो चलाउछु"बजारमा


कमल सरगम 
असोज -काठमाण्डौ 
सुपादेउराली म्यूजिक प्रालिको उत्कृष्ट उत्पादनमा चर्चित गायक तथा एरेन्जर यमन खनालको अर्को उत्कृष्ट लोकदोहोरी गीत "काठमाण्डौमा टेम्पो चलाउछु"बजारमा आएको छ ।यमन खानाल र श्रीदेवी देपकोटाको सुमधुर आवाज रहेको यस गीतमा लय भने शितल पौडेलको रहेको छ ।
यम लाल आचार्यको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ  ।एरेन्जमा पनि आफुलाई  अगाडी बढाउदै आएका यमन खनालकै एरेन्जमा तयार भएको यस गीतमा अभिनय भने नरेश घले र अनिता अधिकारीले गरेका छन ।यमन खनालकै निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने मरुभूमि नारायणले गरेका हुन् ।रोशन धितालको सम्पादनमा तयार यस गीतको म्यूजिक भिडियो सुपादेउराली म्यूजिककै युटुब च्यानलमा राखिएको छ ।
सम्पूर्ण यस गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Thursday, September 22, 2016

अनिता बस्नेत र बिशाल बोहोराको उत्कृष्ट अभिनयमा नया दशैँ गीत बजारमा (भिडियो सहित)

राजेन्द्र जीएम
असोज -६ काठमाण्डौ
“तिमीलाई पनि कहा छर सुख सानु म यो बिरानो मुलुकमा आफ्नो सुन्दर गाउ बस्तीलाई कुल्चिएर यो चर्को घाममा मरुभूमिको देश जहा लाखौ दाजु भाइ दिदि बहिनीले पसिना संग संगै रगत भगाएका छन केवल पैसाको लागि तर यहाँ पैसाको रुख छैन सानु “।यस्तै शब्द भावमा अनुबन्धित संकलन संगीत प्रालिको गौरबमय प्रस्तुतिमा हरेक विधामा एउटा अब्बल नाम बालकुमार श्रेष्ठ र शितल बिशीको सुमधुर आवाजमा कमल सरगम को शब्द र बालकुमार श्रेष्ठको लयमा दशैँ तिहार बिसेष गीत “बिदेशमानि पैसाको रुख”बजारमा आएको छ।हरेक बर्ष बिभिन्न दशैँ गीताहरु बजारमा ल्याउदै आएका बालकुमारले लामो समय पछी कमल सरगमको सहकार्यमा आफ्नै प्रस्तुतिको रुपमा यस गीत बजारमा ल्याएको हुन् ।बि स्टार फ्लिम्सको निर्माणमा तयार भएको उक्त गीतको म्यूजिक भिडियोमा अभिनय भने अहिलेकी चर्चित मोडल अनिता बस्नेत र बिसाल बोहोराको ससक्त अभिनय हेर्न सकिन्छ ।बिक्रम चौवानको निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने मुकेश हुमागाईले गरेका हुन। नबिन घर्तीको सम्पादनमा तयार यस भिडियो अहिले संकलन संगीतकै अफिसियल  युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।यस संगै केहि दिनमा संकलन संगीत मार्फ़त् लगातार ४ वोटा  दशैँ बिसेष  सार्बजनिक हुदै छ ।राम्रो सृजनाको सम्माननै हाम्रो दाहित्व हो समस्त यस गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस


Tuesday, September 20, 2016

सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा "आउदै छु घर" सर्बजानिक


असोज -काठमाण्डौ 
चर्चित गायक कुलेन्द्र बि कको स्वरमा दसै गित "आउदै छु घर" सर्बजानिकभएको छ । प्रदेशियका नेपाली दाजुभाइ दसै तिहारमा घर फर्किन पाउँदा कत्ती खुशी हुन्छ र घर कति खुशी मिल्छ भन्ने भाबमा आधारित गित हो " आउदैछु घर " बोल्को गित !
म आउदै छु अहिले त रमाईलो गर्ने हो संगै दसै तिहार मनाउने हो भन्दै छन कुलेन्द्र बि क र सीता माझी ले ! यश गितको शब्द संगीत सीता माझिको रहेको छ भने स्वर कुलेन्द्र बि क र सीता मझिको नै रहेको छ ! यश गित लाई निर्देशन गरेका छन अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक कपिल लामाले भने छायांकन राजेश घिमिरेको रहेको छ ! यश गितलाई सम्पादन गरेका छन सुजन साहिले भने अभिनयमा नरेश वीर सिङ र चर्चित मोडेल सरिका केशिको रहेको छ ! यश गितलाई बजारमा ल्याएको छ सुपारी म्युजिक प्रा.लि ले अब
तपाईं हरु माझ यो पुरा  भिडियो

Friday, September 16, 2016

युवराज मगरको एसपालिकै उत्कृष्ट सालैजो गीत “जिन्दगी”(भिडियो हेर्नुहोस)


कमल सरगम 
असोज -काठमाण्डौ ।
तिर्शना म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी गायक युबराज मगरको सालैजो गीत “जिन्दगि”बजारमा आएको छ। 
बिगत लामो समय देखि लोकदोहोरी तथा सालैजो गीतहरुमा आफ्नो आवाज मिसाउदै आएका मगरले  हाल सम्म ६० भन्दा बढी गीतहरुमा आवाज दिएको र २ दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेको छ। दिन प्रतिदिन नयाँ नयाँ गीतहरु बाट बजारमा आउने  क्रममा रहेको बताउदै मगर भन्छन "मेरो सांगीतिक पाटोनै मेरो खुसि हो" ।

आधुनिक गीतहरुमा पनि संगीत/स्वर भर्ने गायक युबराज संगीतमा अब्बल मानिन्छन ।अहिले बजारमा आएको गीतमा युवराज मगर र सालैजो गीतहरुमा लामो समय देखि क्रियासिल बहुचर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङको आवाज रहेको छ भने युवराज मगरकै उत्कृष्ट  लय र शिब हमालको शब्द रहेको छ। थुप्रै सालैजो ,सोरठी ,आधुनिक गीतहरु रेकर्ड भैसकेको गायक युबराजले जानकारी दिए ।
प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा अभिनय पार्वती राइ ,प्रकाश भट्ट र  खेम गुरुङको रहेको छ। छायांकन भने करण चैसिरले गरेको छन ,भिडियोको सम्पादन बिष्णु शर्माले गरेको हो ।
अन्य धेरै गीतहरु छायांकन हुन लागेको बताउदै युबराज भन्छन “दर्शक श्रोताको माग अनुसार गीतहरु बजारमा ल्याउने कोशिस जारि छ अब लगातार धेरै गीतहरु बजारमा आउदै छ, यो मौलिक सालैजो गीतलाइ पनि माया गर्नुहुनेछ ”जे होस् राम्रो सृजनाको सम्मान गर्नुपर्छ ।मौलिक सृजनालाई सम्मान गर्नु हाम्रो दाहित्व हो समस्त यस गीतको टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Tuesday, September 13, 2016

यसरी हास्ने रुने भए मोडल महेन्द्र गौतम (भिडियो हेर्नुहोस)


कमल सरगम 
भाद्र -२९काठमाण्डौ ।
"भन्नेनै हो भने तिमीलाई रुपको खुब घमण्ड छ मेरोत न सम्पति छ नत रुपनै छ मेरो ।मान्छे हास्ने रुनेत् जीवनकै चल्ती भैसक्यो , म दुखि रैछु तिमीलाई मन पराए यो सब गल्ति भयो ।मेरो अभागी पुरपुरो तिमि राम्री छौ संसारकै खुसीमा रमाउनु म जहाँ छु जस्तो छु यसैमा खुसि छु "।

यस्तै कथामा अनुबन्धित गुरुआमा फ्लिम्स प्रालिको उत्कृष्ट लोकदोहोरी गीत नविन बुढाथोकी  र भिम केशीको लोकदोहोरी गीत "हास्ने रुने"बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका पूर्णकला बिशी र प्रेम परियारको सुमधुर आवाजमा रहेको गीतमा शब्द भने अहिलेका निकैनै चर्चित सर्जक  भिम केशीको रहेको छ ।तेजस रेग्मीको लयमा तयार भएको गीतको म्यूजिक भिडियो पनि गुरुआमा फ्लिम्सको युटुब च्यानलमार्फत सार्बजनिक भएको छ ।अभिनयको क्षेत्रमा एक छत्र बास गर्न सफल मोडल महेन्द्र गौतमको डबल रोलमा निर्माण भएको भिडियोमा महिला अभिनेत्री उषा खनालले साथ् दिएकी छिन।दैनिक जसो भिडियोमा निर्देशनमा व्यस्त रहेकी चर्चित महिला निर्देशक स्मृति तिमिल्सिना "गुरुआमा"को निर्देशनमा तयार भएको भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।दिपक बिष्टको सम्पादनमा यो गीत बजारमा आएको हो ।सम्पूर्ण यस गीतको टिमलाई  हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Monday, September 12, 2016

एकिन्द्र र धुर्बले सिता र रोशनीलाइ लुरो बनाएपछि (भिडियो सहित)


कमल सरगम 
भाद्रा -२७ काठमाण्डौ ।हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा चर्चित गायक प्रकाश पराजुली र शिता केशीको लोकदोहोरी गीत "लुरो बनायो"बजारमा आएको छ ।आफ्नो प्रेमी प्रेमिका बिचको सम्बादलाई समेटियको गीतमा आफ्नो  मायालुको चिन्ताले लुरो बनाएको र अझै दुख खेप्नु परेको कथालाई समेटियको गीतमा आवाज भने प्रकाश
पराजुली र सबिना शेर्पाको रहेको छ ।शिता केशीको शब्द र प्रकाश पराजुलीको लयमा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय भने एकिन्द्र ,धुर्ब सिता र रोशनीले गरेका हुन् ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको गीतको छायांकन भने हरिश महराले गरेका हुन् ।अ्मर शाक्यको सम्पादनमा निर्माण भिडियो अहिले निकै चर्चामा छ ।हिम सम्झौताको युटुब च्यानल मार्फत सार्बजनिक गीत हेर्न तल क्लिक गर्नुहोस ।

Saturday, September 10, 2016

गायक युवराजलाईगायिका देविका केशीले किन टेन्सन दीईन ?(भिडियो हेर्नुहोस )

कमल सरगम 
भाद्र -२७  काठमाण्डौ 
छोटो समयमा सबैको मन जित्न सफल गायक हुन् यूवराज छन्त्याल ।“चाइना तिर जाम” एल्वमबाट चर्चा बटुलेका गायक यूवराज छन्त्याल पछिल्लो पटक अर्को उत्कृष्ट लोकदोहोरी गीत “लास्टै टेन्सन भो” लिएर दर्शक श्रोताहरुको माझमा आएका छन । गायक युवराजकै  लय तथा शब्दमा  रहेको उक्त गीतमा गायक यूवराज छन्त्याल र सबैको मन जित्न सफल चर्चित गायिका देविका के.सी.को स्वर रहेको छ ।
गीतले आफ्नो सस्कृतिलाइ छोडेर विदेशी सस्कृतिको पछि लाग्नु हुन् भन्ने शन्देश बोकेको छ । छन्त्यालले “जहाजै चढेर बुर्तिबाङ्ग जाने हो”, सालैजो पोखराको बजारमा, चाइना तिर जाम, र फेस्बूक्ले हो हाम्रो भेट गराएको गीतमा स्वर दिइसकेका छन । “फेस्बूक्ले हो हाम्रो भेट गरको ” गीत भने अशोज १ बाट बजारमा आउने  जानकारी दिएका छन ।
रोजगारीको सिलसिलामा कतारमा कार्यरत गायक छन्त्यालले समय सान्दर्भिक गीत गाउदै आइरहेका छन । यतिबेला छन्त्याल आफ्नो गीत प्रोमोशनको लागि कतारका विभिन्न स्टेज प्रोग्रामहरुमा उपस्थिति जनाई रहेका छन ।
भर्खरै मात्र सार्वजनिक गरिएको “लास्टै टेन्सन भो” गीतको भिडियोमा स्मिर्ति तिमिल्सिना “गुरुआमा”को निर्देशन रहेको छ । सुरेश श्रेष्ठको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेको गीतको भिडियोमा चर्चित मोडेल शंकर बि सी र रश्मि तामाङ्गको अभिनय गरेका छन । गीतलाई आशिष म्युजिक प्रालिले बजारमा उपलब्ध गराएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Friday, September 9, 2016

दिनेश थापाली डोली सरकार भन्छिन बेला बेलामा “बोलि नफेर”(भिडियो सहित)


कमल सरगम
भाद्र -२५ काठमाण्डौ ।
पछिल्लो पटक नेपाली लोक संगीतमा चर्चामा रहेका गायक तथा मोडल दिनेश थापाको लोक दोहोरी गीत "बोलि नफेर"बजारमा आएको छ ।गायन र अभिनय विधा फरक भए पनि दुवै विधामा उतिकै  सुहाउने मोडल तथा गायक दिनेश थापा अहिले निकै व्यस्त छन ।

चर्चित लोकदोहोरी गायिका चन्द अर्याल र दिनेश थापाको आवाज रहेको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।भोजपुरी गीतहरुमा अभिनयमा जमेकी भोजपुरी नायिका डोली सरकार भोजपुरी सिनेमा तिर निकै चर्चित नाम हो तर अहिले लोकदोहोरी गीतमा पनि अभिनयमा भित्रेकी डोलीले यस गीतमा दिनेशलाई साथ् दिएकी छिन ।उत्कृष्ट अभिनयमा तयार भएको यस गीतको म्यूजिक भिडियो दशैँ छेका पारेर बजारमा पठाईएको हो  ।बहुचर्चित लोकदोहोरी सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बजारमा आएको गीतलाइ कामना डिजिटलले बजार ब्यबस्थापन गरेको छ  ।स्रोता दर्शकको धेरै माया पाउने आसा गरेका दिनेशले यो गीत अहिले म्यूजिक नेपालको युटुब च्यानलमा सार्बजनिक गरिएको हो ।दुर्गा पौडेलको छायांकनमा तयार भएको म्यूजिक भिडियोको निर्देशन भने बब्बु थापाले गरेका हुन्  ।
भीडीयो हेर्न तल क्लिक गर्नुहोस  ।

Thursday, September 8, 2016

रन्जिता गुरुङ लाई बिमल अधिकारी ले सन्का गर्न थाले पछी के के भयोभयो हेर्नुस (भिडियो)


कमल सरगम
भाद्र-काठमान्डौ 
"तिमी छौरत म छु तिमि नभए म कहा रहुलार काले  ,शंका नगर आज सम्म बाचेकै तिम्रो लागि हु म तिमी बाहेक कसैको बन्न सक्दिन नत बन्ननै चाहन्छु ।
मेरो मुटु तिम्रो धड्कन एकै पटक चलेको छ तिमीले घमण्ड नगर सानु तिम्रो दिलमा मेरो मायाको मुना पलाएको छ बास यही दिलमा सजिन पाम त्यति भए पुग्छ ।"यस्तै कथामा अनुबन्धित पछिल्लो समयको सुपरहिट म्यूजिक कम्पनि सुपारी म्यूजिक प्रालिको प्रस्त्तुतिमा गायक युवाराज बास्तोलाको नयाँ कोशेली  "शंका मात्रै"बजारमा आएको छ ।देवी घर्ती ,राजेन्द्र कडेल र युवराज बास्तोलाको सुमधुर आवाजमा रहेको गीतको लय तथा शब्द  पनि युवराज बास्तोलाकै रहेको छ ।बहुचर्चित मोडल बिमल अधिकारी र रन्जिता गुरुङको उत्कृष्ट अभिनय रहेको गीतको म्यूजिक भिडियो निर्देशन भने कपिल लामाले गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोको सम्पादन सुजन साहीले गरेका छन ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

असिम कटुवाल र अन्जली खड्काको उत्कृष्ट दशैँ गीत "रातो टिका"(भिडियो सहित)


कमल सरगम 
भाद्रा-काठमाण्डौ ।
"दशैँ तिहारले गाउ घरमा छपक्कै छोपेको छ तर एता म परदेशी रुदै परदेशमा आसुमा रुमोलिरहेको छु ।मेरो पनि रहर थियो गाउ घरमा गएर छोरा छोरी संग रमाउने अनि घर परिवार संगै टिका थाप्ने तर सपना सपनामै सिमित भयो यो खाडी मुलुकमा तिम्रो यादमा पल पल रुदै छु ।मलाइ प्रखेर नबसे पियारी म जहा छु जस्तो छु ठिक छु तिमि राम्रो संग दशैँ मान्नु घर परिवारको ख्याल गर्नु"।
यस्तै कथा धेरैको जिन्दगीमा परेको हुन्छ हो यही कथामा अनुबन्धित प्रतिभाशाली गायक तथा सर्जक अशिम कुमार कटुवाल र अन्जली खड्काको सुमधुर आवाजमा अन्जली खड्का र अशिम कुमार कटुवालको यसपालिको दशैँ गीत "रातो टिका"बजारमा आएको छ ।असिम कुमार कटुवालको शब्द र चर्चित सर्जक देबेद्र लामिछानेको लयमा तयार भएको गीतलाइ छाहारी म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।छोटो समयमा अत्याधिक दर्शक स्रोताको मन जितेको यस गीतमा अभिनय भने विश्व राज ,राजेन्द्र र सरिताले गरेका छन ।देवेन्द्र कुवरको निर्देशनमा तयार भएको म्यूजिक भिडियो भन्ज्याङ चौतारी नामक युटुब च्यानल मार्फत सार्बजनिक भएको छ  ।अशिम कुमार कटुवालको वास्तविक जिन्दगीको भोगाइलाई समेटिएको एस गीत सबैको वास्तविक जीवनमा मेल खानेमा दुइ मत छैन  ।लामो समय देखि गीत संगीतमै लागेका असिम केहि समय प्रवासको बसाइ पछी फेरी गीत संगीतामाइ लागेका हुन्  ।उहाको सांगीतिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।