Friday, September 16, 2016
Home »
» युवराज मगरको एसपालिकै उत्कृष्ट सालैजो गीत “जिन्दगी”(भिडियो हेर्नुहोस)
युवराज मगरको एसपालिकै उत्कृष्ट सालैजो गीत “जिन्दगी”(भिडियो हेर्नुहोस)
कमल सरगम
असोज -काठमाण्डौ ।
तिर्शना म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी गायक युबराज मगरको सालैजो गीत “जिन्दगि”बजारमा आएको छ।
बिगत लामो समय देखि लोकदोहोरी तथा सालैजो गीतहरुमा आफ्नो आवाज मिसाउदै आएका मगरले हाल सम्म ६० भन्दा बढी गीतहरुमा आवाज दिएको र २ दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेको छ। दिन प्रतिदिन नयाँ नयाँ गीतहरु बाट बजारमा आउने क्रममा रहेको बताउदै मगर भन्छन "मेरो सांगीतिक पाटोनै मेरो खुसि हो" ।
आधुनिक गीतहरुमा पनि संगीत/स्वर भर्ने गायक युबराज संगीतमा अब्बल मानिन्छन ।अहिले बजारमा आएको गीतमा युवराज मगर र सालैजो गीतहरुमा लामो समय देखि क्रियासिल बहुचर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङको आवाज रहेको छ भने युवराज मगरकै उत्कृष्ट लय र शिब हमालको शब्द रहेको छ। थुप्रै सालैजो ,सोरठी ,आधुनिक गीतहरु रेकर्ड भैसकेको गायक युबराजले जानकारी दिए ।
प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा अभिनय पार्वती राइ ,प्रकाश भट्ट र खेम गुरुङको रहेको छ। छायांकन भने करण चैसिरले गरेको छन ,भिडियोको सम्पादन बिष्णु शर्माले गरेको हो ।
अन्य धेरै गीतहरु छायांकन हुन लागेको बताउदै युबराज भन्छन “दर्शक श्रोताको माग अनुसार गीतहरु बजारमा ल्याउने कोशिस जारि छ अब लगातार धेरै गीतहरु बजारमा आउदै छ, यो मौलिक सालैजो गीतलाइ पनि माया गर्नुहुनेछ ”जे होस् राम्रो सृजनाको सम्मान गर्नुपर्छ ।मौलिक सृजनालाई सम्मान गर्नु हाम्रो दाहित्व हो समस्त यस गीतको टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।








0 comments:
Post a Comment