This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

108.166.174.131

Tuesday, May 31, 2016

सागर जिसीको "ध्यानत त्यतै जानी बजारमा (भिडियो सहित )


कमल सरगम
जेष्ठ १७ -काठमाण्डौ
हामी परदेशीको पिडा यहीत हो साहुको ऋण अनि घरपरिवारको समस्या कसरि काटौ ?यो परदेशी ठाउमा तिम्रो यादमा ,निकै झल्को आउछ गाउ पाखामा गएको घरमा खोले सिस्नु खाएको किन नजाला  ध्यान तिमीतिर ,हर सपनामा तिम्रो तस्बिर मेरो दिलमा आउछ ।
हो यस्तै शब्द भाबमा अनुबन्धित चर्चित लोकदोहोरी गायक बिरु लामा र टिका पुनको सुमधुर आवाजमा परदेशीहरुको पिडामा समेटिएको लोकदोहोरी गीत "ध्यानत त्यतै जाने "बजारमा आएको छ ।सागर जिसीको नाम गरेर हिम सम्झौता म्युजिक प्रालि मार्फत बजारमा आएको यस गीतमा शब्द सागर बिसीको छ भने संगीत गणेश परियारको रहेको छ ।एकिन्द्र सारा संकरको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने हरिस महराको रहेको छ ।लक्ष्मान थापा र अनिता बस्नेतको ससक्त अभिनयमा तयार भएको म्युजिक भिडियो हिम सम्झौताकै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस


Monday, May 30, 2016

गायिका ज्ञानु मगरको कमेडी गीत हुन्न बुढा बजारमा (भिडियो सहित )

कमल सरगम 
जेष्ठ १७ -काठमाण्डौ
सबैको चाहना हुन्छ आफु बाठो भएर केहि गरम तर कहिले काही बाठो बन्न खोज्दा नतिजा उल्टो बन्छ ।एक्काईसौं सताब्दीको हामि कहिलेकाही एस्तो सम्म परिवर्तन हुन खोज्छौकि जति परिवर्तन हुनुपर्ने हो त्यो भन्दा दोब्बर परिवर्तन हुदा सबैको नजर हामीमै तानिन्छ छोटा कपडा अनि हेन्सम बन्ने बाहानामा अरुको सिकार भएको कसको श्रीमान श्रीमतीले चाहन्छ ?हो यस्तै कहानीमा हस्यौली गीत “हुन्न बुढा” बजारमा आएको छ ।कामना डिजिटल प्रालिको प्रस्तुतिमा बजारमा आएको यस गीतमा अभिनय भने चर्चित् हास्य सृंखला मेरी बास्सैकी ठ्यास कुमारी (निरु खड्का )र सेर बहादुर गुरुङको जोरदार अभिनयमा बजारमा आएको गीतमा आवाज भने चर्चित गायक रामचन्द्र काफ्ले र ज्ञानु मगरको रहेको छ ।ज्ञानु मगरको प्रस्तुतिको रुपमा बजारमा रहेको गीतमा शब्द तथा संगीत राजु क्षेत्रीले भर्नुभएको छ ।
चर्चित मोडल संकर बिसीको निर्देशनमा तयार भएको यस गीत छोटो समयमा आम श्रोता दर्शकको रोजाई बनेको छ ।यो कस्तो गीत हो भन्ने प्रसंगमा कम्पनि संचालक राज काफ्ले भन्नु हुन्छ “गीत खासमा २ श्रीमान श्रीमती बीचको सम्बाद हो तर यो बस्ताबमा अहिलेको लाखौको जिबनमा मेल खान्छ सोहि कारण पनि हामीले यो गीत बजारमा ल्याएका हौ”। जे होस् गीत रामो बनेको छ यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Sunday, May 29, 2016

सुनिल लामिछाने को अभिनयमा बिष्णु माझीको आवाजमा रहेको नया गीत बजारमा (भिडियो सहित)

कमल सरगम
जेष्ठ -१६ काठमाण्डौ
“कसको चाहना होला आसुको तलाउमा पौडिने तर किन भाग्यले एस्तो गर्छ ,म यो धर्तीमा पाइला टेकेर आज भुल भएको छ, एक बार जिउनको लागि पनि पल पल जिउदो लास बन्नु परेको छ अब कुन खुसीले हास्नु ?आसुको तलाउमा पौडिनु बाहेक मेरो कथाको अर्को बिकल्प छदै छैन “हो यस्तै कहानी धेरैको छ यस्तै कहानीले आफ्नो जिबन परिवर्तन गर्न सकेका छैनन् तर साचिकै यो गीतले आफ्नो पीडाको मलम बनाउदै आएको पाइन्छ ।
अहिलेका चर्चित कम्पनि गोरखा चौतारी म्युजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोक तथा दोहोरी गायिका बिष्णु माझि र मोहन खड्काको सुमधुर आवाजमा नया लोक दोहोरी गीत “भुल भयो सानु”बजारमा आएको छ ।ओम छिनालको संगीत  र केशब घिमिरेको शब्दमा तयार भएको गीतमा अभिनय भने अहिलेका बहुचर्चित मोडल मंजिता केशी र सुनिल लामिछानेले गर्नुभएको छ । कपिल लामाको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने राजेश घिमिरेले गर्नुभएको छ ।सुजन साहिको सम्पादनमा तयार भएको म्युजिक भिडियो गोरखा चौतारी मार्फत बजारमा आएको हो ।

यो गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस

Monday, May 23, 2016

गोबिन्द बिकको मुटु टुक्रा टुक्रा (भिडियो साहित)

कमल सरगम 
जेष्ठ ११ -काठमान्डौ
सब थोक आफ्नैलाई सुम्पेर माया लगाईन्छ जुन बेला प्रेम अन्धो हुन्छनि त्यो बेला मुटु टुक्रा हुनु बाहेक अरु सिमा रहन्न अनि त्यो टुक्रा मुटु जोडेर जिउन कति गाह्रो होला बुज्न नसकिने रैछ हो यस्तै शब्दमा अनुबन्धित चर्चित सर्जक गोबिन्द बिकको उत्कृष्ट शब्दमा नया आधुनिक गीत "टुक्रा टुक्रा"बजारमा आएको छ ।
चर्चित संगीतकार तथा गायक भद्र ओलीको संगीत र स्वरमा रहेको गीतलाइ अहिलेको निकै व्यस्त कम्पनि हिम सम्झौता म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
चर्चित नायिका निता ढुंगाना र लोकेन्द्र बिकको उत्कृष्ट अभिनयमा तयार भएको म्युजिक भिडियो बजारमा आएको केहि दिनमै निकै दर्शकले मन पराएको कम्पनीका प्रबन्धक नन्दराम परियारले जानकारी दिनुभयो ।गीतको छायांकन भने हरिश महराले गर्नुभएको हो साथमा निर्देशन एकिन्द्र सारा संकरले गर्नुभएको छ । राम्रो सृजनाको सधैब सम्मान गर्नेछौ सम्पूर्ण यस गीतको टिम प्रति हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

किन पाए गायक प्रमोद खरेलले धोका (भिडियो सहित)


कमल सरगम
जेष्ठ १० -काठमाण्डौ
याद छाडेर जानेको यहा कमि छैन ,याद संगै लिएर किन जादैनन् ,यादले गर्दा पागल बनायो मुटु जलायो ,अनि बिरक्त संसारमा एक्लै बाच्नु बाहेक अरु कुनै बिकल्प रहन्न ,हो यस्तै कथामा समाबेस रहेको चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा नया आधुनिक गीत “सारा याद छाडी गयौ”बजारमा आएको छ ।

प्रियसी म्युजिक प्रालिको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा शब्द भने उनै कम्पनीका संचालक राजेन्द्र पुरी र बसन्त राज गौतमको रहेको छ ।दिपक शर्माको संगीतमा बजारमा आएको गीतको म्युजिक भिडियोमा अभिनय भने अहिलेकी निकैनै व्यस्त चर्चित मोडल आशा खड्का,नरेश कुवर लगाएतको रहेको छ ।सागर गौतमको छायांकनमा तयार भएको भिडियोको निर्देशन भने बबिता पुरी र काजिस श्रेष्ठले गर्नुभएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Sunday, May 22, 2016

रिभेल इभेन्ट्सले गर्यो १२ कलाकालाई एकै थलोमा सम्मान

कमल सरगम 
जेष्ठ १० -काठमाण्डौ 
रिभेल इभेन्ट्सको प्रस्तुतिमा आयोजनामा  गत शनिबार रोएल भेन्यु क्याफेमा भब्य लाइभ  भिम तुलाधर एण्ड कलिंड ब्याण्डको गायन कार्यक्रम सम्पन्न भएको छ ।
१२ गायकलाइ एकै थलोमा सम्मान गर्ने हेतुले आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न  कलाकारहरुको भब्य प्रस्तुति रहेको थियो।कार्यक्रममा सम्मान हुने गायक तथा समाजसेबीहरुमा  :-देब राना,ज्योति घिमिरे ,भिम तुलाधर ,बिजय गुरुङ ,हरिशरण लामिछाने ,संजय श्रेष्ठ,बबिन प्रधान ,राजु हमाल,तिलक बम मल्ल ,सिबहरी नेपाल ,देबिराम पराजुली,रामेश्वर श्रेष्ठ लाइ सम्मान गरेको हो ।रिभेलका अध्यक्ष गायक राजेश हमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयोजक सावित्र भण्डारी रहनु भएको थियो ।ब्याण्डले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Friday, May 20, 2016

निर्देशक रामु विरहीको आवाजमा नया लोकदोहोरी गीत बजारमा (भिडियो सहित)


कमल सरगम 
जेष्ठ ०७-काठमाण्डौ 
साथीभाई डिजिटल प्रालिको प्रस्तुतिमा अर्को मौलिक लोकदोहोरी गीत “जाने हो पोखरा”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।चर्चित लोक दोहोरी गायक/मोडल तथा निर्देशक रामु बिरही र देवी घर्तीको सुमधुर आवाजमा रहेको गीतमा शब्द निशा साहीले भर्नु भएको छ भने लय अहिलेका व्यस्त सर्जक सेरु बैरागीले दिनु भएको छ ।
अपरिचित व्यक्ति संग एकाएक हेराहेर परेपछि उसैको प्रेमिल शब्दलाइ गीतमा बजारमा आएको बताउदै रामु भन्छन “लगातार गीत बजारमा ल्याउने क्रममा यो गीतले पनि निकै राम्रो बजार पाउने आसामा छु कुनै भेगलाइ समेटिएको भए पनि गीतको कथाले भने सिंगो देशका प्रेमिल जोडीलाई एकै ठाउमा ल्याएको छ यसमा कुनै दुबिदा छैन सोहि कारण एक पटक सुन्नै पर्छ माया प्रेममा पर्नुहुनेहरुले” ।क्यामरामेन करण चैसिरको छायांकनमा तयार भएको गीतमा निर्देशन भने रामु बिरहिकै रहेको छ ।सम्पूर्ण यस गीतका टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Thursday, May 19, 2016

मौलिक लोक पन्चेबाजामा हिम सम्झौता (भिडियो सहित)


जेष्ठ ०७
गीत संगीतको बिकाशमा हिम सम्झौताको अर्को नौलो प्रस्तुति प्रेम सोनीको लय/शब्द/स्वर तथा अभिनयमा मौलिक पन्चेबाजा गीत “पर्बत सालिग्राम”बजारमा ल्याएका छन् ।बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ति र प्रेम सोनी सुनुवार को आवाजमा रहेको पन्चेबाजा गीतको मौलिक भिडियो बजारमा आएको हो ।प्रसंग जोडौ पर्बत जिल्लाकै ,यो गीत सोहि जिल्लामा रहेको बिभिन्न भेगलाई समेटिएर सृजना गरेका थिए प्रेमले सोहि क्रममा नया वर्षको सुभकामना सहित हिम सम्झौताले यो गीतको  सुटिङ् पनि पर्बतकै सालिग्राम भन्ने ठाउमा गर्ने निर्णय गर्यो र सोहि अनुसार पर्बत को सालिग्राममा गए ,जादा हजारौ देर्शकले हिम सम्झौताको कार्यलाई स्वागत गरे जसको फल स्वरूप यो गीतको उत्कृष्ट म्युजिक भिडियो निर्माण भयो ।
  हिम सम्झौताका संचालक नन्दराम भन्छन “हराई सकेको मौलिकतालाई जगेर्ना गर्ने हेतुले आफुले नया वर्षको सुभकामना आदान प्रदान संगै हामि पर्बत गएका हौ जहा प्रेमले लेखेका शब्द जस्तै माहोल थियो हराएको मौलिकतामा हाम्रो आखा खुल्यो र आज यो म्युजिक भिडियो बन्न सफल भयो “। प्रेम सोनी र टिनाको उत्कृष्ट अभिनयमा तयार भएको गीत अहिले हरेक बिबाह देखि हरेक संचारमाध्यममा चर्चामा छ ।बजारमा आएको केहि दिनमै धेरैको रोजाई बनेको यस गीतको छायांकन भने हरिस महराले गर्नुभएको छ साथमा भिडियोको निर्देशन एकिन्द्र सारा संकरले गर्नु भएको छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस -

Wednesday, May 18, 2016

नन्दराम परे एस बर्षको अवार्ड लोक गीत एल्बम भित्रको अवार्डमा

कमल सरगम 
जेष्ठ ०५ 
पछिल्लो पुस्ताका चर्चित नाम हो नन्दराम परियार,जसले हिम सम्झौता म्युजिक प्रालि संचालन गर्दै आएका छन् हो सोहि कम्पनी मार्फत बजारमा आएको लोकदोहोरी गीत “पिरतीको बन्धन”यस बर्षको सर्वोत्कृष्ट लोक दोहोरी गीत भित्र पर्न  सफल भएको छ ।चौथो राष्ट्रिय लोकदोहोरी वायो अवार्ड २०७३ को ५ मनोनयन भित्र पर्न सफल यस गीत २०७१/२०७२ भरिनै निकै चर्चामा रहयो जसको प्रतिफल नै नन्दरामको मनोनयन पर्छ  ।साथै यसै कम्पनि मार्फत् बजारमा आएको अधिकांश गीतहरु बिभिन्न विधामा पर्न सफल भएको छ बर्ष भरिनै मन पराएर बिरु लामाको आवाजमा गोरखा मनकामना पनि उत्कृष्ट गायक मा पर्न सफल हुनुभएको छ भने अन्य बिभिन्न व्यक्ति एस अवार्ड भित्र पर्नुभएको छ   । अवार्डको फाइनल यही २८ गते हुदै छ अवार्डको मिडिया पार्टनर लालिगुरास रहेको जानकारी गराउद छौ  ।साथै नन्दरामलाइ यस अवार्ड जितेको देख्न चाहनुहुन्छ भने कृपया भोट गर्नुहोस जसको लागि भोटिङ कोड मोबाइलको म्यासेज बक्समा गएर LDA3Dटाइप गरेर सन्ड गर्नुहोस 8687मा

Monday, May 16, 2016

चर्चित गायक शिब परियारको प्रेम असफल यसरी पोखे बेदना (भिडियो सहित)

कमल सरगम 
जेष्ठ -४,काठमाण्डौ 
जुन माया पाउला भनेर अनेक सपना बटुल्दै उसैको भरमा परिन्छ ,एकाएक उसैले अर्कैसंग माया जाल बुन्दै गएको जब थाह हुन्छ त्यो बेला  कुन प्रेमीको मन रुदैनर ? हो यस्तै कथामा अनुबन्धित अहिलेका चर्चित गायक शिब परियारको आवाजमा कामना डिजिटलको प्रस्तुति आधुनिक गीत "मैले माया तिमीलाई"को म्युजिक भिडियो बजारमा आएको छ ।
चर्चित संगीतकार भिम चापागाईको संगीतमा रहेको गीतमा शब्द भने बिरु नेपालको रहेको छ  ।बिसाल नेपालीको निर्देशनमा तयार भएको भिडियोमा मोहन,तुलसा,पूर्ण र बिसालको अभिनय रहेको छ  ।गीत संगीतको बजारमा आफ्नो फरक पहिचान बनाइसकेको कम्पनि कामना मार्फत दिन प्रतिदिन नया नया गीतहरु बजारमा आउने क्रम जारि छ  । यस गीतका सम्पूर्ण टिमहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

साथीभाइको प्रस्तितिमा कारुणिक लोक दोहोरी गीत बजारमा (भिडियो सहित)


समिप चौलागाई 
जेष्ठ ०३ -काठमाण्डौसंसारलाई आफ्नो मुठीमा राख्छु भन्दा भन्दै पनि कहिँ कतै बाट केहिन केहि अभाब हुने पक्का छ यस्तै भयो अहिलेका मोडल तथा गायक रामु विरहीको जिबनमा पनि रत आत्महत्या गर्न बाध्य भए ।
तर यो गीतमा सिमित छ ,केहि दिन अगाडी मात्र बजारमा आएको साथीभाई डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा लोकदोहोरी गीत “जति पिडा”बजारमा आको छ ।अहिलेका चर्चित मोडल तथा गायक रामु बिरही र टिना श्रेष्ठको ससक्त म्युजिक अभिनयमा तयार भएको गीतमा लय शब्द सुष्मिता तामाङको छ भने आवाज देब राना र चर्चित गायिका देबी घर्तीको छ ।करण चैसिरको छायाँकनमा तयार भएको म्युजिक भिडियोमा निर्देशन भने स्वेम मोडल रामु बिरहीलेनै गर्नुभएको छ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

हिम सम्झौताको प्रस्तुतिमा हराएकी गायिका बिमाको आवाजमा "आसुको मूल"बजारमा (भिडियो सहित)


कमल सरगम जेष्ठ ०३ -काठमाण्डौ कुनै बेला यी आवाजमा हरेक दिन नयाँ नयाँ सृजना सुन्ने मौका पाएका श्रोताले धेरै समय कुनैपनि गीतहरु सुन्न पाएनन जुन गायिका हुन् बिमाकुमारी दुरा, नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो फरक र फराकिलो पहिचान बनाउन सफल गायिका दुराको पछिल्लो पटक आवाज मार्फत हिम सम्झौताले नया गीत सार्बजनिक गरेको छ ।लोकदोहोरी गीत "आसुको मूल फुट्यो" बाट बजारमा फेरी देखिएकी गायिका बिमा कुमारीको आवाजमा साथ् भने रमेश परियारको छ ।
रमेश परियारकै प्रस्तुति रहेको गीतमा लय सागर विरहीको छ भने शब्द रमेश परियारकै रहेको छ ।रोधी बस्दा लगाएको पिरती नौ डाडा पारि पुगे पछी टुटेको कथामा समाबेस गीतमा अभिनय भने सारिका केशी र धुर्ब हिमालीले गर्नुभएको छ ।कसरि गर्नु भयो बीमालाई फेरी आगमन भन्ने प्रश्नमा हिम सम्झौताका संचालक नन्दराम भन्नुहुन्छ "उहाको आवाज बिना अहिले धेरै श्रोता दर्शकले केहि नपाए जस्तो अनुभब पक्कै गरेका छन् यसैको प्यास मेटाउने क्रममा यो गीत दिदीको आवाजमा रेकर्ड गर्ने मौका मिल्यो उहाको आवाजमा यो पछिल्लो सृजना हो निकै रुचाएका छन्"।जे होस् राम्रो आवाजकी धनि गायिका बिमाकुमारी दुराका आवाजमा फेरी नया नया सृजना सुन्ने अवसर अझ मिलोस सम्पूर्ण यस गीतका टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ । भिडियो हेर्न तल क्लिक गर्नुहोस

Saturday, May 14, 2016

हिम सम्झौताको प्रस्तुतिमा "माया बढ्दै गयो"बजारमा (भिडियो सहित )

कमल सरगम 
जेष्ठ -२ ,काठमाण्डौ
हिम सम्झौता म्युजिक प्रालिको प्रस्तुतिमा अर्को नया लोकदोहोरी "माया बढ्दै गयो"बजारमा आएको छ ।बिमल पौडेलको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा आवाज भने जुना श्रीष मगर र बिमल पौडेलले दिनु भएको छ ।आफ्नो प्रेमिकालाई प्रेमीले दिएको मायाले गर्दा छुटेर जान नसकेको घटनालाइ आधार पारेर बजारमा आएको गीतमा लय तथा शब्द भने राम्जी पौडेलले भर्नु भएको छ ।
अहिलेका चर्चित मोडल धुर्ब हिमाली र अस्मि खड्काको ससक्त अभिनयमा तयार भएको म्युजिक भिडियोले पनि सामाजिक यथार्थतालाई छर्लङ्ग पारेको जानकारी कम्पनि संचालक नन्दराम परियारले दिनुभयो ।गीतको  निर्देशन भने एकिन्द्र सारा संकरले गरेका छन भने छायांकन क्यामारामेन हरिश महराको छायांकनमा निर्माण भएको छ  ।
भिडियो  हेर्न तल  क्लिक गर्नुहोस 

Friday, May 13, 2016

मोडल सारिकालाइ आफुले धोका पाएको भन्दै बिरक्तारिदै (भिडियो सहित)

कमल सरगम 
जेष्ठ १ -काठमाण्डौ
 
हिम सम्झौता म्युजिक प्रालिको उत्पादनमा अर्को उत्कृष्ट म्युजिक भिडियो बजारमा  आएको छ ।हरि अधिकारीको "भन्योउ भन्नत" नाम गरेर बजारमा आएको गीतमा बहुचर्चित लोकदोहोरी गायिका पूर्णकला बिशि र बिक्रम परियारको सुमधुर आवाज रहेको छ भने शब्द हरि अधिकारि र लय दिपक निरहिको रहेको छ ।अहिलेकी चर्चित मोडल सारिका केशी र हरि अधिकारीको ससक्त अभिनयमा तयार भएको म्युजिक भिडियोको निर्देशन भने एकिन्द्र सारा संकरले गर्नु भएको छ ।

क्यामारामेन हरिश महराको छायांकनमा निर्माण भएको म्युजिक भिडियो बजारमा आएको केहि दिनमै निकै चर्चामा छ ।यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस 





Thursday, May 12, 2016

पार्वती राइको अभिनयमा नया गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

कमल सरगम 
बैसाख ३० -काठमाण्डौ 
गीत संगीतको बजारमा आफ्नो छुट्टै छाप छोड्न सफल कम्पनीको नाम हो प्रियसी म्युजिक प्रालि ,दैनिक जसो गीतहरु बजारमा लयाउदै आएको यस कम्पनि मार्फत फेरी नया लोकदोहोरी गीत “बाउ किसानी छोरो ड्राइभर”बजारमा ल्याएको छ ।चर्चित गायिका ज्योति मगर र दिपक थापामारको सुमधुर आवाजमा रहेको गीतमा शब्द रमेश भुजेलले गर्नु भएको छ भने लय दिपक थापा मगरकै रहेको छ ।काजिस श्रेष्ठ र पार्वती राइको ससक्त अभिनय रहेको गीतको म्युजिक भिडियो प्रियसी म्युजिक प्रालिको युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।

सम्पूर्ण यस गीतका टिमहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

गायक पूर्ण परियारले ल्याए बुट्टे चोली

समिप चौलागाई 
बैसाख ३० नेपाल भन्दा बाहिर बसेर पनि कलाकारिता क्षेत्रलाई माया गर्ने कलाकार हरु धेरै छन् तर राम्रो र निरन्तरता भने कम छ यसैको भिडमा एक निरन्तर कलाकारितालाइ माया गर्दै आफ्नो आवाज दिदै आउनु भएका बहुप्रतिभासाली गायक पूर्ण परियारको नया लोकदोहोरी गीत "बुट्टे चोली"बजारमा आएको छ ।बहुचर्चित सर्जक एकनारायण भण्डारीको शब्द र पूर्ण परियारको संगीतमा यो गीत बजारमा आएको हो।बहुचर्चित गायिका देवी घर्ति र पूर्ण परियारको सुमधुर आवाज रहेको गीतलाइ सीतारा म्युजिक प्रालिले बजारमा ल्याएको छ ।
एरेन्जर आसिस अविरलको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियो भने केहि समय पछी मात्र बजारमा पठाउने सर्जक तथा गायक पूर्ण परियारले जानकारी दिनुभयो । अस्ट्रेलिया बस्दै आउनु भएका पूर्ण अन्तराष्ट्रिय नेपाली कलाकार  समाज कुइजल्यान्डको महासचिब समेत रहनु भएका पूर्ण विभिन्न संघ सस्था र सामाजिक कार्यमा व्यस्त छन् ।

Tuesday, May 10, 2016

सर्जक तथा गायक गोबिन्द ओलीको आवाजमा नया लोक दोहोरी गीत बजारमा

कमल सरगम -बैसाख २९
लोक दोहोरी गीतहरुमा आएको बिकृति विसंगतिको भण्डाफोरको लागि आवाज उठाउने कम छन् यसैलाई मध्यनजर् गर्दै नब सर्जक नबसर्जक  बालाराम वली रोल्पालीले सम्रग रोल्पा जिल्लाका बिभिन्न पर्यटकिय क्षेत्रलाई समेटेर मौलिक लोक दोहोरी गीत  "जलजलामा हिँउ पर्यो माया" नामको गिति एल्बम् बजारमा ल्याएका छन् ।
गितमा बहुचर्चित  लोक तथा  दोहोरी गायिका देबि घर्ति र  प्रतिभासाली  अर्का गायक गोबिन्द वली रोल्पालीले स्वर दिएका छन् ।  गोविन्द वली रोल्पालीकै लय तथा शब्द सृजनामा तयार भएको गीतले अहिले बजार तताएको छ  । एल्बम् भने रोजगारको सिलसिलामा कुवेतमा रहेका बालाराम वली रोल्पालीको रहेको छ । उक्त शब्द सङकलन गर्नका लागि बुबा खुमराज वलीले निकै सहयोग गरेको गोबिन्द बताउ छन् ।
गितमा प्राय रोल्पा जिल्लाका पर्यटकिय क्षेत्रहरु सुनछहरी झरण ,माडि खोला ,जलजला ,खुग्रीकोट ,गजुलकोट दरबार ,सुकिदह ,गामालेख ,बाह्र जथाक ,रुण्टी , नाउली, घर्तिगाँउ, जेल्बाङ ,दहबन लगाएतका ठाँउहरुलाई समेटेर शब्दहरु राखिएको छ ।
रोल्पा जिल्लालाई चिनाउनु पर्छ भन्ने उदेश्यले यो गित बजारमा ल्याएको  वलीले जानकारी दिए । साथै उक्त गितको भिडियो पनि रोल्पामै गर्ने योजना बनाएको नेपाली आउटलुकलाई जानकारी दिएका छन् ।
गोबिन्दले स्वर दिएको यो चौथौ एल्बम हो । पहिलको एल्बम भुल्दै भुल्दै जाउ निकै चलेको र त्यसैको सफलता पछि तिमै फोटो चुम्छु काली लगाएत बोलका गित बजारमा ल्याईसकेका वलीले जलजलामा हिउ पर्यो माया बोलको गितले सबै रोल्पाहरुको मन जित्न सफल हुनेमा आफु आसाबादी रहेको बताएका छन् ।
उनी आलाप रेकर्डिङ स्टुडियोको रेकर्ड ईन्चार्ज पनि हुन् । आफुलाई यहाँ सम्म ल्याउनमा सहयोग गर्ने शिला क्यासेट सेन्टरका प्रबन्ध निदेशक ईन्द्र जि.सी र आलाप सेकर्डिङ स्टुडियोका एरेन्जर झलक सङगीतम प्रति आभार प्रकट समेत गरेका छन् ।

Monday, May 9, 2016

मोडल रन्जिता गुरुङको मनको संदेश कसले लग्यो (भिडियो सहित)


कमल सरगम बैसाख २८ -काठमाण्डौ
किरणबाबु पुन खासै नचिन्ने श्रोता छैनन होला। कुनै समय एकलौटी सृजना बजारमा सुन्न पाइने सर्जक किरणबाबु पुनको पछिल्लो पटक हिम सम्झौताको प्रस्तुतिको रुपमा बजारमा आएको लोकदोहोरी गीत “मनको सन्देश”ले किरणको संदेश मात्र पुगेन सिंगो मनबाट टाढिएका श्रोता दर्शकको मनको संदेश यो गीतले छरपस्ट पारेको छ । कुनैन कुनै सृजना बाट चर्चामा आउने सर्जक तथा गायक किरण बाबु पुनको आवाजमा साथ् उनै चर्चित लोकदोहोरी गायिका टिका पुनको छ भने लय शब्द स्रस्टा किरण बाबु पुनकै रहेको छ ।चर्चित मोडल तथा नायक सितल केशी र रन्जिता गुरुङको ससक्त अभिनय रहेको गीतमा हरेक प्रेम प्रेमीको पीडालाई समेटिएको हिम सम्झौता संचालक तथा निर्देशक नन्दराम परियारले जानकारी दिनु भयो ।हिम सम्झौताकै युटुब च्यानलमा सावर्जनिक रहेको गीत बजारमा आएको केहि दिन नहुदै हजारौ दर्शकले हेरेको गीतका टिमले जानकारी दिएको छ ।सम्पूर्ण टिमलाई हार्दिक सुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Saturday, May 7, 2016

धौलागिरि लैजाउ भन्दै मोडल पार्वतीले बब्बुलाई मुटुमा टासेपछी हंगामा (भिडियो सहित)

कमल सरगम 
बैसाख २६ -काठमाण्डौ 
हरेक दिन नया नया गीतहरु बजारमा ल्याउने क्रममा फेरी पनि हिम सम्झौता म्युजिक प्रालीको प्रस्तुतिमा धमाकेदार लोकदोहोरी गीत”धौलागिरिमा” बजारमा आएको छ ।



सुनिला गुरुङको नाम गरेर बजारमा आएको लोकदोहोरी गीतमा आवाज भने दिप सागर थापा र सुनिला गुरुङको रहेको छ ।राजेन्द्र सुबेदीको शब्द सृजना र दिप सागर थापाकै  लयमा रहेको गीतमा अभिनय भने अहिलेका चर्चित जोडी बब्बु थापा र पार्वती राइले गर्नुभएको छ ।एकिन्द्र सारा सङकरको निर्देशनमा बनेको म्युजिक भिडियोमा कारण चैसिरको छायांकन छ भने सम्पादन बिष्णु शर्माले गर्नुभएको छ ।बजारमा आएको केहि दिनमै आम श्रोता दर्शकको रोजाइमा पर्न सफल यो गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Thursday, May 5, 2016

यसरी भाग्य बिहिन जिबन काट्दै संजय (भिडियो सहित् )



कमल सरगम 
बैसाख २३सायद मान्छेले आफ्नो भाग्य लेख्न सक्थे भने उसले यो संसार आफ्नो बनाउन सक्थ्यो हो यसैले मान्छेमा आध सरिर सकिएको अनुभब गर्न बाध्य हुन्छ यस्तै शब्द भावमा अनुबन्धित रहेको  आसलाग्दो गायक संजय फाउन्डेफेल्डरको नया लोकदोहोरी गीत “आफ्नो भाग्य आफै लेख्न पाए”ले निकै चर्चा पाएको छ ।
आफ्नै जिबनमा आधारित रहेको गीत मा शब्द सुमन बैरागीको छ भने लय बहुचर्चित सर्जक बिरही कार्कीको रहेको छ  ।कबिना म्युजिक प्रालि मार्फत बजारमा आएको यो गीतमा हरेक मान्छे कम्जोर भए पछी त्यसलाइ  हेरिने दृष्टिकोण लाइ प्रस्ट पारिएको छ  ।सुइजार्ल्यान्डमा  बस्दै आउनु भएका संजय आफु संसार देख्दैनन तर संसारका हरेक अदृश्य तत्वलाई आखामा राखेर हिडेका छन  । लगातार सृजनालाई बजारमा ल्याउन लागेका संजय को पहिलो गीत मत फुल झैँले निकैनै चर्च बोटुलेको थियो त्यसैको केहि समय को अन्तरालमा बजारमा आएको यो गीतले पनि हरेकको मन जितेको छ  ।धेरैको साथ् र सपोर्ट मिलेको भन्दै संजय भन्छन “म नया हु तर मलाइ आफै अफ्ठ्यारो महसुस गर्न सकेको छैन कारण मलाइ सबैको सहयोग छ”। गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सुभकामना ब्यक्त गर्दछौ  ।
पुरै  भिडियो हेर्न  तल  क्लिक  गर्नुहोस