कमल सरगम
जेष्ठ १० -काठमाण्डौ
रिभेल इभेन्ट्सको प्रस्तुतिमा आयोजनामा गत शनिबार रोएल भेन्यु क्याफेमा भब्य लाइभ भिम तुलाधर एण्ड कलिंड ब्याण्डको गायन कार्यक्रम सम्पन्न भएको छ ।
१२ गायकलाइ एकै थलोमा सम्मान गर्ने हेतुले आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न कलाकारहरुको भब्य प्रस्तुति रहेको थियो।कार्यक्रममा सम्मान हुने गायक तथा समाजसेबीहरुमा :-देब राना,ज्योति घिमिरे ,भिम तुलाधर ,बिजय गुरुङ ,हरिशरण लामिछाने ,संजय श्रेष्ठ,बबिन प्रधान ,राजु हमाल,तिलक बम मल्ल ,सिबहरी नेपाल ,देबिराम पराजुली,रामेश्वर श्रेष्ठ लाइ सम्मान गरेको हो ।रिभेलका अध्यक्ष गायक राजेश हमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयोजक सावित्र भण्डारी रहनु भएको थियो ।ब्याण्डले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।







0 comments:
Post a Comment