108.166.174.131

Monday, May 23, 2016

गोबिन्द बिकको मुटु टुक्रा टुक्रा (भिडियो साहित)

कमल सरगम 
जेष्ठ ११ -काठमान्डौ
सब थोक आफ्नैलाई सुम्पेर माया लगाईन्छ जुन बेला प्रेम अन्धो हुन्छनि त्यो बेला मुटु टुक्रा हुनु बाहेक अरु सिमा रहन्न अनि त्यो टुक्रा मुटु जोडेर जिउन कति गाह्रो होला बुज्न नसकिने रैछ हो यस्तै शब्दमा अनुबन्धित चर्चित सर्जक गोबिन्द बिकको उत्कृष्ट शब्दमा नया आधुनिक गीत "टुक्रा टुक्रा"बजारमा आएको छ ।
चर्चित संगीतकार तथा गायक भद्र ओलीको संगीत र स्वरमा रहेको गीतलाइ अहिलेको निकै व्यस्त कम्पनि हिम सम्झौता म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
चर्चित नायिका निता ढुंगाना र लोकेन्द्र बिकको उत्कृष्ट अभिनयमा तयार भएको म्युजिक भिडियो बजारमा आएको केहि दिनमै निकै दर्शकले मन पराएको कम्पनीका प्रबन्धक नन्दराम परियारले जानकारी दिनुभयो ।गीतको छायांकन भने हरिश महराले गर्नुभएको हो साथमा निर्देशन एकिन्द्र सारा संकरले गर्नुभएको छ । राम्रो सृजनाको सधैब सम्मान गर्नेछौ सम्पूर्ण यस गीतको टिम प्रति हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments:

Post a Comment