गीत संगीतको बिकाशमा हिम सम्झौताको अर्को नौलो प्रस्तुति प्रेम सोनीको लय/शब्द/स्वर तथा अभिनयमा मौलिक पन्चेबाजा गीत “पर्बत सालिग्राम”बजारमा ल्याएका छन् ।बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ति र प्रेम सोनी सुनुवार को आवाजमा रहेको पन्चेबाजा गीतको मौलिक भिडियो बजारमा आएको हो ।प्रसंग जोडौ पर्बत जिल्लाकै ,यो गीत सोहि जिल्लामा रहेको बिभिन्न भेगलाई समेटिएर सृजना गरेका थिए प्रेमले सोहि क्रममा नया वर्षको सुभकामना सहित हिम सम्झौताले यो गीतको सुटिङ् पनि पर्बतकै सालिग्राम भन्ने ठाउमा गर्ने निर्णय गर्यो र सोहि अनुसार पर्बत को सालिग्राममा गए ,जादा हजारौ देर्शकले हिम सम्झौताको कार्यलाई स्वागत गरे जसको फल स्वरूप यो गीतको उत्कृष्ट म्युजिक भिडियो निर्माण भयो ।
हिम सम्झौताका संचालक नन्दराम भन्छन “हराई सकेको मौलिकतालाई जगेर्ना गर्ने हेतुले आफुले नया वर्षको सुभकामना आदान प्रदान संगै हामि पर्बत गएका हौ जहा प्रेमले लेखेका शब्द जस्तै माहोल थियो हराएको मौलिकतामा हाम्रो आखा खुल्यो र आज यो म्युजिक भिडियो बन्न सफल भयो “। प्रेम सोनी र टिनाको उत्कृष्ट अभिनयमा तयार भएको गीत अहिले हरेक बिबाह देखि हरेक संचारमाध्यममा चर्चामा छ ।बजारमा आएको केहि दिनमै धेरैको रोजाई बनेको यस गीतको छायांकन भने हरिस महराले गर्नुभएको छ साथमा भिडियोको निर्देशन एकिन्द्र सारा संकरले गर्नु भएको छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस -







0 comments:
Post a Comment