जेष्ठ ०७-काठमाण्डौ
साथीभाई डिजिटल प्रालिको प्रस्तुतिमा अर्को मौलिक लोकदोहोरी गीत “जाने हो पोखरा”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।चर्चित लोक दोहोरी गायक/मोडल तथा निर्देशक रामु बिरही र देवी घर्तीको सुमधुर आवाजमा रहेको गीतमा शब्द निशा साहीले भर्नु भएको छ भने लय अहिलेका व्यस्त सर्जक सेरु बैरागीले दिनु भएको छ ।
अपरिचित व्यक्ति संग एकाएक हेराहेर परेपछि उसैको प्रेमिल शब्दलाइ गीतमा बजारमा आएको बताउदै रामु भन्छन “लगातार गीत बजारमा ल्याउने क्रममा यो गीतले पनि निकै राम्रो बजार पाउने आसामा छु कुनै भेगलाइ समेटिएको भए पनि गीतको कथाले भने सिंगो देशका प्रेमिल जोडीलाई एकै ठाउमा ल्याएको छ यसमा कुनै दुबिदा छैन सोहि कारण एक पटक सुन्नै पर्छ माया प्रेममा पर्नुहुनेहरुले” ।क्यामरामेन करण चैसिरको छायांकनमा तयार भएको गीतमा निर्देशन भने रामु बिरहिकै रहेको छ ।सम्पूर्ण यस गीतका टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस








0 comments:
Post a Comment