Tuesday, August 2, 2016
Home »
» रमाइलो संग यसपालिको तीज मान्दै यमन खनाल (भिडियो सहित)
रमाइलो संग यसपालिको तीज मान्दै यमन खनाल (भिडियो सहित)
कमल सरगम
साउन १७-काठमाण्डौ
सबैलाई तीजले छपक्कै छोपेको छ ।जताततै तीजका भाकाहरु घंकिन थालेको छ यस्तै भएको छ गायक यमन खनाललाइ ।सुपा देउराली म्यूजिक प्रालि को प्रस्तुतिमा यमन खनालको यसपालिको तीज कोशेली "सानिको साडी सरर"बजारमा आएको छ ।
तीजमा नाच्न र नाचाउनाको लागि बजारमा ल्याएको गीतमा लय तथा शब्द प्रसान्त पौडेलले गर्नुभएको छ ।यमन खनाल र पवित्रा मगरको सुमधुर आवाजमा सजिएको यस गीतमा अभिनय भने एल बि ,मन्दिरा ,अदिप,संजिता ,काजि र मिना आदिले गर्नुभएको छ ।एरेन्जमा पनि उतिकै जमेका गायक तथा सुपा देउरालीका संचालक यमन खनालकै एरेन्जमा तयार भएको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको हो ।केहि दिन अगाडीनै अडियो सार्बजनिक भएको यस गीत अडियोमा निकै चर्चामा छ ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।







0 comments:
Post a Comment