108.166.174.131

Thursday, August 4, 2016

कसरि बनाए प्याकुली र भट्भटे माइलाको मास्टर प्लाननै छोरालाई पण्डित बनाउने (भिडियो सहित)


कमल सरगम 
साउन २१  ।काठमाण्डौ 
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व नजिकीए सगै तिज गित धामाधम सर्बजनिक हुँदै गरेको बेला आज फेरि गायक बिशाल क्षेत्रीको तिज गित मास्टर प्लान  छ बजारमा सर्बजनिक भएको छ ।
BP Flims को पहिलो तीज कोशेलीको रुपमा बजारमा आएको  सर्बजनिक तिज गितमा गायक बिशाल क्षेत्री र चर्चित गायीका पूर्णकला बि.सिको स्वर रहेको छ । बि.पि फिल्मस् को प्रस्तुतीमा सर्बजनिक उक्त गितमा गायक क्षेत्रीकै सब्द ,संगित रहेको छ । गितमा घरैमा बसी बसी पैसा कमाउने  मास्टर प्लान  बारे बयान गरेको  देखिन्छ ।गितको भिडीयोमा हाँस्य टेलिश्रृङ्खला मेरीबास्सै मा भट्भटे माइला को नाम ले चिनिने बेगाम नेपाली र प्याकुली भाइरस भनेर चिनिने जानुका पौड्याल केसीको उत्कृष्ठ अभिनय देख्न सकिन्छ । भिडियोलाई अहिलेका निकैनै चर्चित निर्देशक /सम्पादक तथा BP Flims का  संचालक  प्रबिन भट्टले निर्देशन र सम्पादन गरेका छन् भने छायांकन भने अहिलेका चर्चित फ्लिम  छायाँकार पवन गौतमले  गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

0 comments:

Post a Comment