This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

108.166.174.131

Tuesday, August 30, 2016

के तपाइँ सजिलै ५० हजार नाची नाची एकै पटक कमाउन चाहनुहुन्छ ?यही हो भने तल पुरा पढ्नुहोस


कमल सरगम ,काठमाण्डौ -
नव प्रतिभालाई प्रोत्साहन स्वरूप प्रतिभाशाली गायक साहिल खड्काको पप आधुनिक गीत "मस्ती टाइम"को युटुब डान्स कम्पिटिसन सार्बजनिक भएको छ। Songs nepal मार्फत  सार्बजनिक भएको अडियोलाइ डान्स गर्न सक्ने प्रतिभावन व्यक्तिहरुले आफुले आफ्नो खुबी देखाउने मौका यसै गीत मार्फत पाउनुहुने छ ।
सरल माध्यम (मोबाइल ,क्यामेरा जुन एज  डी) डान्स भिडियो खिची Songs Nepal मा सम्पर्क गरेपछि भिडियो सार्बजनिक हुने र सोहि प्रतिस्पर्धा भित्रका एक प्रतिभावान डान्स ग्रुपलाई नेपालि रु :५०,००० पुरस्कार साथै अन्य बिभिन्न गिफ्ट ह्याम्पर पनि दिने आयोजकका संयोजक साहिल खड्काले जानकारी दिएका छन ।लगातर ३ महिना सम्म चल्ने युटुब डान्स कम्पिटिसनमा सहभागी हुन तल उल्लेखित जानकारी अनुसार आउन सकिने Songs Nepal ले जानकारी गराएको हो ।
डान्समा सहभागी हुन निम्न कुराहरुको आवाश्यक छ :-
१.डान्स आफ्नै शैलीमा गीतको कथा अनुसारको हुनु पर्ने छ (सोहि गीतमा  हुनुपर्ने छ)।
२.भिडियो मोबाइलले खिचे पनि एच डी हुनुपर्ने छ ।
३.भिडियो२ महिना भित्र  Songs Nepal को कार्यालयमा दर्ता हुनुपर्ने छ ।
४.डान्सको फारम निशुल्क हुने छ 
५.डान्स कम्पिटिसनमा भाग लिदा Songs Nepal मा सम्पर्क गरेर मात्र काम सुरु गर्नुपर्ने छ ।(अन्य च्यानलमा सार्बजनिक भएको  भिडियो कम्पिटिसनको लागि मान्य हुने छैन)
अडियो गीत सुन्न तल क्लिक गर्नुहोस 

Monday, August 22, 2016

सन्ध्या बुढाको आखामा गाजल देखे पछी मनोज रसाईलि मख्खै (भिडियो सहित)



कमल सरगम 
भाद्र ०६-काठमाण्डौ 
आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा नया लोकदोहोरी गीत "कालो गाजल"बजारमा आएको छ ।प्रतिभाशाली गायक मनोज रसाइली र सन्ध्या बुढाको सुमधुर आवाज रहेको गीतमा लय मनोज रसाईलीको रहेको छ ।
माया राइ र धन थापाको शब्द सृजनामा बजारमा आएको गीत माया राइ र धन थापाकै नाममा अहिले डिजिटल बजारमा छ ।आलाप स्टुडियोको युटुब च्यानल मार्फत सार्बजनिक भएको गीतमा अभिनय भने चर्चित मोडल बिजय थापा र करिश्मा ढकालले गरेका छन ।रामु विरहीको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।बिष्णु शर्माको सम्पादन  गरेको यस गीतको कोरियोग्राफ्री भने बिजय थापालेनै गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Wednesday, August 17, 2016

चर्चित मोडल स्मृति तिमिल्सिना र महेन्द्र गौतमको अभिनयमा नया तीज भिडियो सार्बजनिक (भिडियो सहित)

कमल सरगम 
भद्र ०२-काठमाण्डौ
गुरुआमा फ्लिम्स प्रालिको प्रस्तुतिमा बहुचर्चित लोक्दोहोरी गायिका राधिका हमाल र अर्का चर्चित लोकदोहोरी गायक खुमन अधिकारीको  सुमधुर आवाजमा नीरमा घिमिरेको तीज कोशेली "यत्तिको छ फिक्री मायालु"बजारमा आएको छ ।महेन्द्र बिशीको शब्द  तथा भिम केशीको लयमा तयार भएको भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।
चर्चित मोडल महेन्द्र गौतम  र अहिलेकी निकै व्यस्त महिला निर्देशक तथा मोडल स्मृति तिमिल्सिना "गुरुआमा"को अभिनयमा रहेको भिडियोको निर्देशन पनि स्मृति तिमिल्सिना गुरुआमाकै रहेको छ ।सुरेश श्रेष्ठको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने दिपक बिष्टले गरेका हुन् । भिडियो गुरुआमा फ्लिम्सको युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


Tuesday, August 16, 2016

सर्जक यादब योगीको यसपालिको उत्कृष्ट तीज कोशेली "नाइँ नाइँ नभने मायाले"


कमल सरगम 
भदौ ०१ -काठमाण्डौ 
आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा प्रतिभाशाली दंगाली  सर्जक तथा गायक यादब योगीको तीज कोशेली "नाइँ नाइँ नभने मायाले"बजारमा आएको छ  । पिताम्बर रिजालको शब्द र यादब योगीको लयमा तयार भएको गीतको एरेन्ज भने चर्चित एरेन्जर झलक संगीतमले गरेका हुन्  ।
यादब योगी र रिता केशीको सुमधुर आवाज रहेको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ।  सुधिर अधिकारीको निर्देशनमा तयार भिडियोको छायांकन भने भोजराज थापा र केशब मनगयाले गरेका हुन् ।दाङको बिभिन्न स्थानमा छायांकन भएको भिडियो अहिले आलाप स्टुडियोको युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Friday, August 12, 2016

पार्वती लोहनी र देपन्द्र सुनार को उत्कृष्ट तीज कोशेली “ नाचु नाचु लाग्यो मलाई ”

कमल सरगम 
साउन २९-काठमाण्डौ
आसिस म्युजिक प्रा.ली. को प्रस्तुति मा पार्वती लोहनी र दिपेन्द्र सुनारको तीज कोसेली “ नाचु नाचु लाग्यो मलाई ” बजार मा आएको छ पार्वती लोहनी र देपन्द्र सुनार को
स्वर रहेको यस तीज गीतमा शब्द दीपेन्द्र सुनार लय पार्वती लोहनी को रहेको छ चर्चित म्युजिक भिडियो निर्देशक तथा मोडल शंकर वि.सी. अर सोनिया गहतराज को अभिनय रहेको यस गीतको म्युजिक भिडियो निर्देशन शंकर वि.सी.को रहेको छ भने अडियो भिडियो बजार ब्यबस्थापन आसिस म्युजिक प्रा.ली.ले गरेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यसपालिको उत्कृष्ट तीज कोशेली “ नाचम नाचम भो ” बजारमा

गोर्खा चौतारी म्युजिक प्रा.ली.को प्रस्तुति मा किरण नेपाल को तीज को कोसेली  नाचम नाचम भो ” बजारमा आएको छ । बिजय सुनाम ,निरज के.सी. र सर्मिला बि.सी.को स्वर रहेको यस तीज गीत मा शब्द कमला बि.सी.लय बिजय सुनामको रहेको छ ।
चर्चित निर्त्य निर्देशक शंकर वि.सी. चर्चित डान्सर तथा मोडेल पुर्णिमा श्रेष्ठ,प्रेम र पुजा को अभिनय रहेको यस गीत को म्युजिक भिडियो निर्देशन चर्चित तथा आहिले क ब्यस्त निर्त्य निर्देशक शंकर बि.सी. को रहेको छ । भने अडियो भिडियो बजार ब्यबस्थापन गोर्खा चौतारी म्युजिक प्रा.ल्र्र. ले गरेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

Wednesday, August 10, 2016

गायक चित्र अविरलको उत्कृष्ट तीज कोशेली " “पाउजु लाकी छु”(भिडियो सहित)


कमल सरगम 
साउन २७-काठमाण्डौ 
आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा चित्र अविरलको यसपालिको तीज कोशेली "पाउजु लाकी छ"बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका टिका पुन र चित्र अविरल श्रीपालीको सुमधुर आवाजमा रहेको एस गीतमा लय तथा शब्द पनि चित्र अविरलले नै गर्नुभएको छ ।
प्रकाश सपुत र सरु मगरको अभिनय रहेको भिडियोको निर्देशन भने बिजय  थापाले गरेका हुन् ।आलाप स्टुडियोको युटुब च्यानलमार्फत सार्बजनिक भएको यस भिडियो अहिले डिजिटल मार्केटमा निकै चर्चामा रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

बाध्यताले बिदेशीय पछी माइतीको सम्झनामा रुदै मोडल रन्जिता गुरुङ (भिडियो सहित)


कमल सरगम 
साउन २७-काठमाण्डौ 
कसलाई याद नआउला माइतीघरको जब आमा बाबाले जन्म दिनु भयो अनि संगै हुर्काउनु भयो आज आफु आफ्नो खुट्टामा टेक्न सक्ने भएकी छु अझ भन्नु पर्दा अहिले माइतीघर बाट कर्म घरमा छु यो बेला माइँति गाउको निकै याद आएको छ ।यस्तै शब्दमा अनुबन्धित हिम सम्झौता डिजिटल प्रालिको प्रस्तुतिमा गायिका मन्ज पुनको तीज कोशेली "माइतीघरको माया"बजारमा आएको छ 
किरणबाबु पुन र मन्जु पुनको शब्दमा तयार भएको यस गीतमा लय भने किरणबाबु पुनलेनै भर्नु भएको छ ।हिम सम्झौता डिजिटलको युटुब च्यानल मार्फ़त् सार्बजनिक यस भिडियोमा अभिनय भने बहुचर्चित मोडल रन्जिता गुरुङ ,कबिता आले,पुस्कर गुरुङ र मन्जु पुनको रहेको छ ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने बासु  बरालले गरेका हुन् ।बिष्णु शर्माको  सम्पादनमा तयार भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा रहेको छ ।बास्तबिक माइतीको पिडामा रहेको गीत सबैको मन जित्ने भन्दै हिम सम्झौताका संचालक नन्दराम परियार भन्नु हुन्छ "सबैको मन जितेको छ अहिले यो गीतले सबैले बास्तबिक तीजको गीत भन्दै छाडा गीत बजारमा ल्याइरहेको देख्दा हामीले भने मौलिक गीतलाईनै प्राथमिकता दिएका छौ "।जे होस् राम्रो सृजनाको सम्मान गर्नु जरुरि छ 
भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

के गर्दै छन यसपालिको तीजमा हरिबहादुर र प्रेमसिला (भिडियो सहित)

कमल सरगम 
साउन २६-काठमाण्डौ 
नेपाली सांगीतिक क्षेत्रका लागि हरिबाहादुर काफ्ले मगर खासै नौलो नाम हैन तर तीज कोशेलीमा भने नौलो भएरै आए  ।


नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अबसरमा हार्दिक शुभकामना सहित चर्चित युवा सर्जक तिर्थ बिरक्त पाख्रिनको लय तथा शब्दमा सबैको मन मुटुमा बस्न सफल गायक हरि बहादुर काफ्ले मगर र प्रेमशिला  योन्जनको सुमधुर आवाजमा हरि बहादुर काफ्लेको तीज कोशेली "यसपालिको तीजमा"बजारमा आएको छ  ।एम एम पी यस प्रालिको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा अभिनय चर्चा बस्नेत र अनुराज नेपालीले गरेका छन  ।केशब अधिकारीको छायांकनमा तयार भएको भिडियोको निर्देशन भने कृष्ण दोङले गरेका हुन्  ।हाइ लाइट म्यूजिक प्राली मार्फत सार्बजनिक भएको भिडियो छोटो समयमा अत्याधिक दर्शकको मन जितेको छ  ।
सम्पूर्ण यस गीतको टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

Monday, August 8, 2016

यसपालिको उत्कृष्ट तीज गीत "मेरो दिलको राजा"(भिडियो सहित)

कमल सरगम 
साउन २५ -काठमाण्डौ
काठमाण्डौ –  हरितालिका तीजको अवसर पारेर गायिका भिमु गुरुङले दिलको राजा खोजेकी छिन । उनले दिलको राजा गीत मार्फत खोजेकी हुन् । आफ्नो दिलको राजाको लागि साडी र पोते लगाएर यो तिजमा नक्कली बन्ने भन्दै उनले तीज गीति एल्बम “दिलको राजा” बजारमा ल्याएछि छन  ।
साई भिजन प्रा.ली.को प्रस्तुती रहेको उक्त गीतमा दिवान किनारको लय तथा शब्द रहेको छ भने गायिका स्वयंले आवाज भरेकि छन् ।अहिलेकि चर्चित नृत्याङ्गना रिना थापा मगरको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियोको निर्देशन अहिलेका चर्चित नृत्य निर्देशक प्रकाश भट्टले गरेका छन् ।
भिडियो हेर्नुस 

Sunday, August 7, 2016

बिमलको रुपको चर्चा जताततै (भिडियो सहित)


राजेन्द्र जी एम 
साउन -२३,काठमाडौ
सुपारी म्युजिक प्रा.लि को प्रस्तुतिमा धर्मेन्द्र साही ठकुरी र युबराज बास्तोलाको तीज कोसेली “ चर्चा चलेको ” बजारमा आएको छ । राजेन्द्र कंडेल युबराज बास्तोला र देवी घर्तीको स्वर रहेको यस तीज गीतमा शब्द धर्मेन्द्र साही ठकुरी र जीवन प्याकुरेल र लय युबराज बास्तोला को रहेको छ ।
बिमल अधिकारि र सरिना को अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो निर्देशन अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक कपिल लामाको रहेको छ । भने अडियो भिडियो बजार ब्यबस्थापन सुपारी म्युजिक प्रा.ली.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

Saturday, August 6, 2016

यसपालिको हरितालिका तीजमा "बबाल मच्याईदेउ" भन्दै गायिका पूर्णकला बिशी


कमल सरगम 
साउन २३-काठमाण्डौ 
टुरिष्ट म्यूजिक प्रालिको गौरबमय प्रस्तुतिमा बहुचर्चित सर्जक टुरिष्ट जंग बिकको शब्दमा यसपालिको रमाइलो तीज कोशेली "बबाल मच्याईदेउ"बजारमा आएको छ ।
करण बिशी र दिपक परियारको तीज कोशेलीको रुपमा बजारमा आएको यस गीतमा लय पनि टुरिष्ट जंग बिककै रहेको छ ।महेस केशीको थेगोमा तयार भएको गीतमा अभिनय बहुचर्चित मोडल तथा नायक संकर बिशी र करिश्मा ढकालले गरेका छन ।संकर बिशीकै निर्देशनमा तयार भएको भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Friday, August 5, 2016

यसपालिको उत्कृष्ट तीज कोशेली "तीजमा बबाल"बजारमा (भिडियो सहित)


कमल सरगम 
साउन २१-काठमाण्डौ 
गुरुआमा फिलिम्स प्रा.ली को पहिलो प्रस्तुति प्रेम के.सी.को तीज कोसेली “ तीजमा बवाल ” बजारमा आएको छ । नव गायक प्रेम के.सी.र सावित्रा जोसी को स्वर रहेको यस तीज गीत मा शब्द लय प्रेम के.सी.को रहेको छ ।
अहिले सम्म धेरै अनि उत्कृस्ट म्युजिक भिडियो हरु निर्देशन गरि चर्चामा रहनु भएकी पहिलो महिला निर्देशक स्मृति तिमिल्सिना आफ्नै गुरुआमा फिलिम्स को संचालक हुनुन्छ । धेरै म्युजिक भिडियो हरुको उत्पादन तथा बजार प्रभर्दन गरि सकेको यस कम्पनि बजारमा आएको यो तीज गीत पहिलो हो । प्रेम र अन्जली को अभिनय रहेको यस तीज गीत को म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सिना गुरुआमा ले गर्नु भएको छ भने यस तीज गीतको म्युजिक भिडियो अडियो भिडियो बजार ब्यबस्थापन गुरुआमा फिलिम्स प्रा.लि.ले गरेको छ । यो भिडियो निकै उत्कृस्ट भिडियो बनेको बताउनु हुन्छ । उहाको यो नया कम्पनि लाई बधाई तथा सुभकामना ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

हिम सम्झौताको उत्कृष्ट उत्पादनमा “ पसिनाले भुई भिज्यो ” बजारमा (भिडीयो सहित)


राजेन्द्र जि एम
साउन -२१ ,काठमाडौ 
सधै काम र व्यस्तता को कारण दिदी बहिनी दाजु भाइ संग भेटघाट अनि रमाइलो गर्न न पाइने कहिले तीज आउछार रमाइलो गरौला अनि रमाउला  यस्तै भाव मा आधारित तीज गीत हिम सम्झौता डिजिटल प्रा.लि.को प्रस्तुतीमा प्रकाश पराजुली र अन्जना राना मगरको तीज कोसेली “ पसिनाले भुई भिज्यो ” बजारमा आएको छ ।
प्रकाश पराजुली र अन्जना राना मगर को स्वर रहेको यस तीज गीतमा शब्द र लय प्रकाश पराजुलीको रहेको छ । बिनोद श्रेष्ठ र अन्जना राना मगरको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो निर्देशन एकिन्द्र सारा शंकरको रहेको छ ।  यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन हिम सम्झौता डिजिटल प्रा.लि. ले गरेको छ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

Thursday, August 4, 2016

कसरि बनाए प्याकुली र भट्भटे माइलाको मास्टर प्लाननै छोरालाई पण्डित बनाउने (भिडियो सहित)


कमल सरगम 
साउन २१  ।काठमाण्डौ 
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व नजिकीए सगै तिज गित धामाधम सर्बजनिक हुँदै गरेको बेला आज फेरि गायक बिशाल क्षेत्रीको तिज गित मास्टर प्लान  छ बजारमा सर्बजनिक भएको छ ।
BP Flims को पहिलो तीज कोशेलीको रुपमा बजारमा आएको  सर्बजनिक तिज गितमा गायक बिशाल क्षेत्री र चर्चित गायीका पूर्णकला बि.सिको स्वर रहेको छ । बि.पि फिल्मस् को प्रस्तुतीमा सर्बजनिक उक्त गितमा गायक क्षेत्रीकै सब्द ,संगित रहेको छ । गितमा घरैमा बसी बसी पैसा कमाउने  मास्टर प्लान  बारे बयान गरेको  देखिन्छ ।गितको भिडीयोमा हाँस्य टेलिश्रृङ्खला मेरीबास्सै मा भट्भटे माइला को नाम ले चिनिने बेगाम नेपाली र प्याकुली भाइरस भनेर चिनिने जानुका पौड्याल केसीको उत्कृष्ठ अभिनय देख्न सकिन्छ । भिडियोलाई अहिलेका निकैनै चर्चित निर्देशक /सम्पादक तथा BP Flims का  संचालक  प्रबिन भट्टले निर्देशन र सम्पादन गरेका छन् भने छायांकन भने अहिलेका चर्चित फ्लिम  छायाँकार पवन गौतमले  गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

पुजा परियारको उत्कृष्ट तीज कोशेली “तीज नजिक आयो” बजारमा


कमल सरगम 
साउन -२०,काठमाडौ
"तीज नजिक आयो समी हजुर मलाइ गर गहना चाइयो ,साथी संगी आफ्नो पहिरानमा तीज मनाउछन समी ज्यु मलाइ पनि यसरीनै तीज मनाउनु छ"।
यस्तै कथामा अनुबन्धित  सुपर हिट म्युजिक क्रियसनको प्रस्तुतिमा पुजा परियारको तीज कोसली “तीज नजिक आयो” बजारमा आएको छ । पुजा परियार को स्वर रहेको यस तीज गीत मा शब्द तथा लय चर्चित सर्जक कुमार बिवाहित को रहेको छ । निता ढुंगना  र शिवम पोख्रेलको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो निर्देशन शिवम पोखरेलकोनै  रहेको छ  भने अडियो भिडियो बजार ब्यबस्थापन सुपर हिट क्रियसन ले गरेको छ । 
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस ।

Tuesday, August 2, 2016

रमाइलो संग यसपालिको तीज मान्दै यमन खनाल (भिडियो सहित)


कमल सरगम 
साउन १७-काठमाण्डौ 
सबैलाई तीजले छपक्कै छोपेको छ ।जताततै तीजका भाकाहरु घंकिन थालेको छ यस्तै भएको छ गायक यमन खनाललाइ ।सुपा देउराली म्यूजिक प्रालि को प्रस्तुतिमा यमन खनालको यसपालिको तीज कोशेली "सानिको साडी सरर"बजारमा आएको छ ।
तीजमा नाच्न र नाचाउनाको लागि बजारमा ल्याएको गीतमा लय तथा शब्द प्रसान्त पौडेलले गर्नुभएको छ ।यमन खनाल र पवित्रा मगरको सुमधुर आवाजमा सजिएको यस गीतमा अभिनय भने एल बि ,मन्दिरा ,अदिप,संजिता ,काजि र मिना आदिले गर्नुभएको छ ।एरेन्जमा पनि उतिकै जमेका गायक तथा सुपा देउरालीका संचालक यमन खनालकै एरेन्जमा तयार भएको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको हो ।केहि दिन अगाडीनै अडियो सार्बजनिक भएको यस गीत अडियोमा निकै चर्चामा छ ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।