This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

108.166.174.131

Sunday, July 31, 2016

हिम सम्झौता डिजिटलको यसपालिको उत्कृष्ट तीज कोशेली "झुम्काना "

कमल सरगम 
साउन १७-काठमाण्डौ 
पछिल्लो समयमा ब्यबसयिक गायक गायिकाले लगानी गरेर गित निकाल्ने प्रचलन कमै छ तर यतिखेर चर्चित गायिका टीका पुनले भने आफ्नो तिज गित झुम्काना सार्बजनिक गरेकी छिन। अस्त्ब्यस्त बजारका बाबजुत पनि टीका पुनले यो कोसेली आफ्ना आम दर्सक स्रोताहरुमाझ उहाहारुको चाहना बमोजिम ल्यायको बताउछिन ।केही बर्ष पहिला जलेसी जमुना तिज गित बाट पनि निकै चर्चा पाएकी टीकाको गितनि त्यतिकै  चलेको थियो स्मरण रहोस टीका पुन को औपचारिक ब्यबसायिक प्रबेस पनि सोही गितबाट थियो । उहाको भनाइ अनुसार यसपटकको आफ्नो तिज कोसेली झुम्कानाले पनि लाखौलाख दर्शक स्रोताको मन जित्नेमा  उनीआसाबादी  छिन ।

मौलिक तिज लाई नै लक्षित गरि मौलीक तिज गित नै बजारमा ल्यायको उनी बताउछिन भने लय शब्द निकै राम्रो भयको पनि दाबी गर्छीन ।अलि ढिला भयो कि भन्ने हाम्रो प्रश्नमा काम गर्दै जादा अलि ढिला नै भएको तर छोटो समयमा नै देशबिदेशमा  रहनु भएका आफ्ना लाखौ स्रोतामाझ झुम्काना क्लिक हुने र यसमा हिम सम्झौता डिजिटल को निकै मह्त्वपुर्न भुमिका रहने पनि बताइन र साथै उनले भनिन हिम सम्झौता डिजिटल बाट उत्पादन भयका गितहरु छिटो दर्शक स्रोतामाझ पुग्ने भयको कारन खासै असहज नहुने बताइन र प्रब्न्ध निर्देसक आदरणीय ब्याक्तित्व नन्दराम परियारलाइ विशेष आभार प्रकट गरिन र गायक धनराज चुनारा शब्द संगीत गर्ने भाइ रुद्र जि यम साथै यो गितमा सम्बन्धित सम्पुर्ण ब्याक्तित्व हरुलाइ विशेष धन्यवाद दिदै सम्पुर्ण नेपाली दिदिबहिनिहरु दाजुभाइहरुमा यो तिजको गितलाइ एकपटक सुनिदिनहुन अनि हेरिदिनहुनको लागि आग्रह गरेकि छिन।सबै बुद्धिजिबि पत्रकार मित्रहरु लाई पनि आ आप्न्नो ठाउबाट यश गितलाइ हेरेर सुनेर विभिन्न समाचार को माध्यम बाट सफल बनाइदिन हुन अपिल गरेकि छिन सामाजिक सन्जालहरुमा सेयर गरिदिन पनि आग्रह गरेकी छिन।हेरौ यो बर्सको चर्चित गायिका टीका पुनको उत्कृष्ट तिजको कोसेली झुम्काना।

भिडियो हेर्न तल क्लिक गर्नुहोस 

भावनाको दिलमा खेम बसेपछि यसपालिको ब्रत खेमको लागि (भिडियो सहित)

कमल सरगम 
साउन १६ -काठमाण्डौ 
तिमीले लगाएको आखाको गाजलले मलाइ लोभ्याएको छ नै कोरियन साडीमा धेरै राम्री देखिएकी छेउ  ।तिमि पनि उतिकै राम्रो छौ  मेरो रुपमा लोभ्यिएका छौ भनत् म कस्तो भाको छु ?"यस्तै शब्द भावमा अनुबन्धित सबैको मनमुटुमा बस्न सफल प्रतिभाशाली गायिका भावना आचार्यको यसपालिको तीज कोशेली "त्यो डाडा पारि"बजारमा आएको छ  । चर्चित गायक खेम भण्डारी र भावना आचार्यको सुमधुर आवाज रहेको यस गीतमा लय तथा शब्द भने भावना आचार्यकै रहेको छ  ।कामना डिजिटलको उत्कृष्ट प्रस्तुति को रुपमा बजारमा आएको गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ  ।बब्बु थापाको निर्देशनमा तयार भएको भिडियोमा अभिनय भने भावना र खेम स्वयमले गरेका छन  ।मौलिक शब्दमा अनुबन्धित गीतले साचिकै नारीको तीजलाइ समाबेस गरिएको छ  ।सम्पूर्ण यस गीतको टिमलाईनै हार्दिक शुभकामना व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।


Saturday, July 30, 2016

यसपालिको रमाइलो तीज कोशेली "तालि बजाउन"(भिडियो सहित)


समिप चौलागाई 
साउन -१५ काठमाण्डौ 
एक जोडी जसले आफ्नो प्रेमीका संग संगै रमाउने सपना देखेको हुन्छ अनि भन्छ नाचौला संगै बाचौला अनि रमाउला अझ जान्छेउ भने भागाएरै लैजौला ।
यस्तै कहानी रहेको अहिलेका निकै चर्चित सर्जक कमल सरगमको शब्दमा रहेको तीज कोशेली "तालि बजाउन"बजारमा आएको छ ।युवा प्रतिभाशाली गायक दिपक सुनुवार र खुसी घिसिङको सुमधुर आवाज रहेको गीतमा लय भने युवा साहित्यकार राजेन्द्र जी एमको लय रहेको छ ।श्याम सुनुवारको थेगोमा रहेको गीत मिलन फ्लिम्सले बजार ब्यबस्थापन गरेको हो ।मिलन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियो अहिले डिजिटल बजारमा आएको  छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Friday, July 29, 2016

अनिता चलाउनेको यसपालिको रमाइलो तीज कोशेली "झ्याप्पै बरिलै"(भिडियो सहित)


मल सरगम 
साउन ,१४-काठमाण्डौ
सबैलाई तिजले झपक्कै छोपिरहदा एता अनितालाई भने रमाइलो गर्न देशका बिभिन्न सहर जाने रहर जागेको छ ।दुईदिने चोला घुमेर रमाइलो गरि नाची खेली कटाउ भन्दै पशुपति शर्मा संग घुम्न जाने रहर भएको बताउछिन यसपालिको तीजको कोशेली मार्फत 

आशिस म्यूजिक प्रालिको प्रस्तुतिमा अनिता चलाउनेको एसपालिको तीज कोशेली "झ्याप्पै बरिलै"बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक पशुपति शर्मा र अनिता चलाउनेको सुमधुर आवाजमा सजिएको गीतमा लय तथा शब्द भने पशुपति शर्माकै रहेको छ ।संकर बिशीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा अभिनय पनि शंकर बिशी र अनिता चलाउनेलेनै गर्नुभएको छ ।म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको भिडियो छोटो समयमा अत्याधिक दर्शकले रुचाएका छन 
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Thursday, July 28, 2016

हरपल रोहेरै बिताउन थालेपछि सागर बिरहीले जिन्दगि (भिडियो सहित)

कमल सरगम
साउन १३-काठमाण्डौ
फेरी उस्तै झरी पर्यो झरी पर्दा सम्झी तिमीलाई हरपल सम्झनाले सताइरहन्छ , जव सिरसिर बतास चल्छ अनि त्यो बेला लाग्छ तिमीलेनै मलाइ छोए जस्तै  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
कता कता संगै भए जस्तो त् कता कता टाढा भए जस्तो "।संगम डिजिटल प्रालिको प्रस्तुतिमा मानबहादुर खत्रीको लोकदोहोरी गीत "रोए जस्तै लाग्छ"बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक सागर बिरही र पूर्णकला बिशीको सुमधुर आवाजमा बजारमा आएको गीतमा लय भने सागर बिरहिकै रहेको छ ।सागर बिरही र मानबहादुर खत्रीको शब्दमा अनुबन्धित गीत अहिले निकै चर्चामा छ ।सागर बिरहीलेनै एरेन्ज गरेको यस गीतको म्यूजिक भिडियोमा अभिनय भने देवा मगर र सागर बिरहीले गरेका छन ।चर्चित निर्देशक कपिल लामाको निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेको हुन् ।

किन गरिन सुष्माले कपालामा कलर (भिडियो सहित)


राजेन्द्र जि एम
साउन – १३, काठमाडौ
गोर्खा चौतारी म्युजिक प्रा.ली.को प्रस्तुती मा वन्दना मैनाली को तीज कोशेली “ कपालमा कलर गरेको ” बजारमा आएको छ । बन्दना मैनालीको स्वर रहेको यस गीतमा शब्द तथा  लय अमृत खातीको रहेको छ ।
चर्चित मोडल तथा नायिका सुष्मा कार्की र पबन पौडेलको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो मा चर्चित निर्देशक स्मृति तिमिल्शिना गुरु आमा को निर्देशन रहेको छ भने यस गीतको अडियो भिडियो बजार ब्यावस्थापन गोर्खा चौतारी म्युजिक प्रा.ली.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

Wednesday, July 27, 2016

हास्दै रमाउदै मनाउदै यसपालिको तीज नीताले (भिडियो सहित)

कमल सरगम 
साउन १२-काठमाण्डौ 
बिगत निकै लामो सयय देखि निरन्तर रुपमा लोक गित संगीत कै क्षेत्रमा अगाढी बढिरहेकि लोक गायिका निता पुन मगर को तीज को कोसेली नाचिन्छ दिदि बहिनि गित बजारमा आएको छ ।
नेपाली लोक गित संगीत को लागि यस्तो नाम हो निता पुन मगर लोक गित हरु गाउदै देस विदेश का कार्यक्रम हरु मा पनि बेस्ट नै रहेको निता पुन ले बिगत का वर्ष हरु मा नि तीजका गित हरु गाउदै आएको छिन कहिले सालैजो कहिले झयाउरे कहिले लोक गित गर्दै आफ्नो संगीतिक क्षेत्रलाई अगाडी दौराईरहेकी गायिका निता पुन मगर ले यसपाली निकै नै चर्चा बटुल्न सफल सर्जक एक्नारायण भण्डारी र सफल सर्जक गाएक बसन्त थापा सग सहकार्य गर्न पाउदा आफु निकै नै खुसि रहेको जानकारी हामीलाई गराउछिन। मिना गर्बुजा मगर र निता पुन मगर को संयुत प्रस्तुतिको रुपमा बजारमा आएको यो गित निकै नै राम्रो रहेको छ आफ्नो मौलिक कलासस्कृति भेस भूसा रितिरिवाज आदिलाई समेटिएको छ बिसेस गरि तीज मा माईत जादाखेरी आफ्नो दिदि बहिनीहरु ले दुख सुख का कुराहरु गर्ने रमाइलो गर्ने पोहोरसाल भुईचालो गाको तेही आगनीमा मजाले नाचिन्छ आमा ले पकाकतर भाई कहिले लिन आउने हो भन्ने कुरा हरु लाई समाबेस गरियको छ । यस गित मा गायिका निता पुन मगर र मिना गर्बुजा मगरअनि निरु सिरिस मगर को आवाज रहेको छ भने बसन्त थापा को लय मा तयार भयको यस गित मा एक्नारायण भण्डारी को सब्द रहेको छ। गित निकै नै राम्रो भनेको छ दिदीबहिनी ईन्टरटेनमेन्ट म्युजिक ले बजारमा ल्याएको छ गित मा रिना थापा मगर र सरिस्मा राम्जाली मगर को अभिनय देख्न सकिन्छ रेडियो छहारीको तर्फ बाट धेरै धेरै शुभकामना छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस 


Tuesday, July 26, 2016

गायिका देबिकाको मुटुमा केन्द्रबिन्दु पारि भूकम्प गयो (भिडियो सहित)


कमल सरगम 
साउन -१०, काठमाडौ
अम्विका म्युजिक प्रा.ली को प्रस्तुति मा गाईका देविका के.सी. को तीज कोशेली “ देरो मुटुमा केन्द्र बिन्दु पारि ” बजार मा आएको छ ।
देविका के.सी र सन्दिप न्यौपानेको स्वर रहेको यस तीज गीतमा शब्द टुरिस्ट जंग बि.के लय तिलक ओलीको रहेको छ । सन्दीप न्यौपाने र रुपा खनाल को अभिनय रहेको यस तीज गीतको म्युजिक भिडीयोको निर्देशन चर्चित निर्त्य निर्देशक शंकर बि.सी.ले गर्नुभएको छ । यस गीत को अडियो भिडियो बजार व्याबस्थापन अम्विका म्युजिक प्रा.लि ले गरेको छ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

सरकारको घोसणा सुनेपछि चर्चित हास्य कलाकार कमल गाउलेको दुखका दिन गए (भिडियो सहित)


राजेन्द्र जि एम
साउन -११ , काठमाडौ 
“ नेपालीका सपना नि रहेनन् केहि थाती हाम्रै झन्डा फर्फराउछ पानी जहाज माथि ” गीत मा भानिए जस्तै हावा बाट बिजुली, पाइप बाट घर घरमा ग्यास ,अनि नेपाली पानी जहाज सायद नेपाली जनताले कल्पना मात्र गर्न सक्छन ।


यस्तै सपना नेपाल सरकारबाट नेपाली नागरिक हरुमा बाडीएका थिए र नेपाली नागरिक हरुले यौटा बिकशित र सुसम्पन्न राष्ट्रका नागरिकको कल्पना गर्न थालेका थिए यस्तै सब्द हरु समेटिएको नया लोक दोहोरि गीत हिम सम्झौता डिजिटल प्रा.लि को प्रस्तुतिमा लोक प्रिय गायक नबिन पौडेलको लोक दोहोरि गीत “ दुखका दिन गए ” बजारमा आएको छ । नबिन पौडेल र उर्मीला घर्ति को स्वर रहेको यस गीतमा शब्द दिग्गज धौराली लय नबिन पौडेलको रहेको छ चर्चित हाँस्य कलाकार कमल गाउँलेसंगै रेश्मा के.सी. सरु खड्का र कुमार बुढाथोकी को अभिनय रहेको यस गीत म्युजिक भिडियो निर्देशन एकिन्द्र सारा शंकरको रहेको छ । भने यस गीत को अडियो भिडियो बजार ब्याबस्थापन हिम सम्झौता डिजिटल प्रा.ली.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

Monday, July 25, 2016

खुमनको नारायणी ?किन देखाए गाउमा (भिडियो सहित)

कमल सरगम 
साउन ११-काठमाण्डौ
आफ्नी श्रीमती  खासै राम्री लाग्दैन भन्छन तर यहा महेन्द्रलाई भने आफ्नी धर्मपत्नीले साडी लगाएको देख्ने बितिकै रुपनै फरक भएको अनुभब गर्दै गाउ भरि आफ्नी श्रीमती देखाउन जादै छन ।नेपाली लोक संगीत क्षेत्रका बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारी र नारायणी रोकायाको सुमधुर स्वरमा प्रतिभाशाली नव गायिका  नारायणी रोकायाको तीज कोसेली "मेरो बुढी"बजारमा आएको छ ।


चर्चित स्रस्टा सर्जक बाबुराम बोहोराको शब्द तथा खुमान अधिकारीकै लयमा अनुबन्धित गीतमा अभिनय भने महेन्द्र गौतम र अन्जली अधिकारीले गर्नुभएको छ ।चर्चित नृत्य निर्देशक संकर आचार्यको निर्देशनमा तयार भएको भिडियो तिर्शना म्यूजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।




मिरा पोख्र्रेल र मुना कुमालको तीज कोशेली "गए जमाना"बजारमा(भिडियो सहित)

कमल सरगम 
साउन १० -काठमाण्डौ 
"राम्रो तत्वको किन सम्मान हुदैन हाम्रो देशमा ? जसले छाडा काम गर्छन अझ सोझो भासामा भन्ने हो भने छाडा गीत संगीत गाउनेहरुलाई किन प्रोत्साहन हुन्छ हाम्रो यो देशमा ?कहिले पाउने राम्रो सृजनाले स्थान ? सधै सोझा पछाडी परेर गीत  संगीतमा निरन्तरता पनित  दिन सकिन्न "यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित स्रस्टा तथा गायक हरि डाँगीको लय तथा शब्दमा मिरा पोख्र्रेल र मुना कुमालको तीज कोशेली "गए जमाना"बजारमा आएको छ  ।
प्रतिभाशाली लोकदोहोरी गायिका मिरा पोख्रेल ,मुना कुमाल ,र हरि डाँगीको सुमधुर आवाजमा सुसजित यसपालिको तीजको गीतमा लय शब्द हरि डाँगीलेनै गर्नुभएको छ  ।कपिल लामाको निर्देशनमा तयार भएको यस गीतको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका छन  ।माया तामाङ,उषा खनाल,देबेन्द्र क्षेत्री र निरज लामाको उत्कृष्ट अभिनय रहेको यस गीत विन्ध्यवासिनी म्यूजिक प्रालिको युटुब मार्फत सार्बजनिक भएको छ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

दुर्गा पंगेनीको शब्दमा यसपालिको तीजको कोसेली "मै जस्तो होलाकी संसार"(भिडियो सहित)

कमल सरगम 
साउन १० -काठमाण्डौ
विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा कला पंगेनीको तीज कोशेली "मै जस्तो होलाकी संसार"बजारमा आएको छ ।मौकिल सृजना कोर्न माहिर सर्जक दुर्गा पंगेनीको लय तथा शब्दमा बजारमा आएको गीतमा आवाज पनि कला पंगेनीकै रहेको छ ।शिवजीको ब्रत बसी शिवजी जस्तै  पाउ भनि मन्दिर धाएर तीज मनाएको कथामा आधारित गीतको म्यूजिक भिडियो पनि विन्ध्यवासिनी म्यूजिक प्राली मार्फतनै बजारमा आएको छ 
।कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा छायांकन भने राजेश घिमिरेले गर्नुभएको छ ।बिष्णु शर्माको सम्पादनमा निर्माण भएको भिडियोमा अभिनय भने कला पंगेनीलेनै गर्नुभएको छ ।बिन्ध्यावासिनी म्युजिक प्रालिकै युटुब च्यानलबाट सार्बजनिक भएको भिडियो पछिल्लो को सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Sunday, July 24, 2016

चर्चित् सर्जक किरणबाबु पुनले केमा लगाए ल्याप्चे?(भिडियो सहित)


कमल सरगम 
साउन ९  -काठमाण्डौ 
बिगत १ दशक भन्दा बढी गीत संगीतमै आफुलाई स्थापित गरिसकेका लोकप्रिय स्रस्टा  सर्जक किरणबाबु पुन पछिल्लो पटकको लोकप्रिय टेलीश्रीन्खला ल्याप्चेमा प्रबेस गरेका छन 
क्षितिज पारी उनको बस्तीमा बाट आम दर्शक स्रोताको मन जितेका किरणबाबु पुन पछिल्लो पटक धेरै गीत संगीत मार्फत बजारमा आएका छन् ।अतिथिको भूमिकाबाट ल्याप्चे टेलीसिरेलमा प्रबेस गरेका पुन भन्छन "यो अवसर प्राप्त गर्नु म  आफैलाई भाग्यमानि सम्झेको छु सम्पूर्ण ल्याप्चे टिमलाई मन देखि धन्यबाद,मेरो भूमिका मन पर्यो भने फेरी फेरी आउने छु "।एन टि  भी प्लस मार्फत साप्ताहिक रुपमा प्रसारण हुदै आएको ल्याप्चे पछिल्लो पटक अत्याधिक दर्शक श्रोताले मन पराएका छन ।सबैको मन जितेका किरणले अब हास्य सिरेलबाट कतिको मन जित्लान त्योत्  हेर्नै बाकि छ आसा गरौ हास्य क्षेत्रमा पनि किरणको बहुलियता रहने छ ।सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ 
ल्याप्चे  हेर्न तल क्लिक गर्नुहोस 

Saturday, July 23, 2016

यसपालिको तीजमा गायिका उमा गिरीको नक्कली सुन चोरी भएपछी खुमन दिक्का मान्दै (भिडियो सहित)


कमल सरगम 
साउन १०-काठमाण्डौ 
सक्कली गहना ले धेरैको ज्यान लियो बिसेशत नारीहरुको तीजको अबसरमा धेरै नारीहरु गहना लगाउने चाहना गर्छन त्यहि बेला चोरहरुको बिकबिकी हुन्छ र बाध्यताले नक्कली गहना किन्न बाध्य हुन्छन तर नक्कली गहनाले पनि धेरैको ज्यान लिएको घटना ताजै छ तेस्तै घटना खुमन अधिकारी र उमा गिरीलाई परेको छ |
तिर्शना म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी गायिका उमा गीरीको तीज कोशेली "नक्कली गहनाले"   बजारमा आएको छ |बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारीको आवाज तथा लयमा सुसजित यसपालिको तीजको यस कोसेलीमा शब्द भने चर्चित सर्जक बिष्णु न्यौपाने को रहेको छ | उमा गिरि र खुमन अधिकारीको सुमधुर  आवाजमा बजारमा आएको एस गीतमा अभिनय भने कमल गाउले र सुष्मा अधिकारीले गरेका छन |
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Friday, July 22, 2016

यसपालिको तीज जमुना सनामको (भिडियो सहित)


 लालीगुराँस डटकम 
साउन ०७-काठमाण्डौ
लोक गायिका जमुना सनमको तीज कोसेली ‘रेलैमा फरर के हो’ बोलको गित बजारमा आएको छ चर्चित गायक पशुपति शर्मा कै लय सब्द तयार भएको यस गितमा गायिका जमुना सनम र पशुपति शर्मा को आवाज मा सजिएको छ सनम क्रियशनवाट बजारमा आएको जमुना सनम को प्रस्तुतिको रुपमा आएको तीजको कोसेली को म्युजिक भिडीयो पनि निकै नै राम्रो बनेको छ ।
गित यस्तो छ तिमी संघ बिहे गरेर कैले होला हात समाउनी एकली चरी बनमा रुदा धेरै छन रमाउनी रेलैमा फरर के हो मायालाई दिएको रुमाल स्वर पशुपति शर्मा जमुना सनम लय सब्द पशुपति शर्मा उत्पादक बितरक सनम क्रियसन मोडल कल्पना श्रीपाल नरेश निर्देशन बब्बु थापा/ छायांकन दुर्गा पौडेल सम्पादक मिलन बि क छन् 
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

गायिका धना भन्छिन "मैले मरेको पल"भिडियो सहित

कमल सरगम 
साउन ०७-काठमाण्डौ
आलाप रेकर्डिँग स्टुडियोको प्रस्तुतिमा धना बिश्वकर्माको “मै मरेको पल” लोक गीत साँगितिक बजारमा । यो गितमा लय शब्द तथा श्वर धना बिश्वकर्माको नै रहेको छ ।
मै मरेको पल गितको म्युजिक भिडियोमा अनिल बिष्ट, रेजिना कान्छी र गित बिश्वकर्माले अभिनय गरेका छन भने सम्पादन एकान्त मगरले गरेका छन । बजार ब्यबस्थापन आलाप रेकर्डिँग स्टुडियोले गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Thursday, July 21, 2016

चर्चाको सिखरमा सर्जक मानबहादुर मगर

समिप चौलागाई 
साउन ०६-काठमाण्डौ 
संघर्ष जीवन हो भन्ने कहानी अहिलेका युवा सर्जक मानबहादुर मगरले प्रमाणित गरेका छन । 
खोटाङ जिल्ला बाराहापोखरी ६ कात्तिके बि.स २०४८ साल असार ३ गते जन्मिनु भएको मान बहादुर मगर सांगीतिक क्षेत्रका प्रतिभाशाली हस्ती हुन् ।सबैको मन जितेका मानबहादुर  अहिले मलेसिया बाट गित संगित मा आफ्नो कला लाई निरन्तरता दिदै आएका  छन  । 

पहिलो एल्बम : सपनिको संसारमा बाट संगिती यात्रा लागेको मान बहादुर मगर पछिल्लो समय पनि गित संगित मा निरन्तर दिने कसम खाएर अगाडी बढेका छन । अहिले सम्म शब्द लय गरि ५ वटा गित बजारमा  भन्ने अब केही दिन मा ४ वटा लय को गित आउने बताउछन ।सानै उमेर  देखिनै गित संगितमा रुचि राख्ने मान बहादुर मगर अहिले आफ्नो सपना पूरा गर्दै अगाडी बढेका छन  ।प्रियसि म्युजिक प्रालिको मार्केटिङ मेनेजर समेत रहनु भएका सर्जक आफु रहुन्जेल लागिपर्ने बाचा गर्छन 
सांगितक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ 

धुर्ब हिमालीको अभिनयमा "स्लो मोसन बजारमा


समिप चौलागाई 
साउन ०६ -काठमाण्डौ 
झ्याउरेमानि  नाचियो डिस्को अनि हिपपमानि नाचियो अब नाचिदेउ स्व्लो मोसनमा यस्तै इच्छा अनि रहरहरु पछिल्लो पुस्ताका युवाले अत्याधिक रुचाउने शब्द स्लो मोसन लाई शब्द मालामा उन्न सफल
सर्जक तथा गायक मोहित मुनालको शब्दमा मोहित मुनाल र बिन्दु परियार को स्वरले यस गीतको सौन्दर्यता मा निखारता दिएको छ नै र स्वयं मोहित मुनाल को लयले सुनमा सुगन्ध थपिदिएको छ हिम सम्झौता  डिजिटल प्रा.लि.को प्रस्तुतिमा मोहित मुनालको उत्कृष्ट तीज कोसेली “ स्व्लो मोसनमा ” बजारमा आएको यस तीज गीतको म्युजिक भिडियोमा धुर्व हिमाली  बिन्ति राज र रिना थापा को अभिनय रहेको छ। निर्देशन यकिन्द्र सारा संसार को रहेको छ यस तीज गीतको बजार ब्यबस्थापन हिम सम्झौता डिजिटल प्रा.लि.ले गरेको छ । 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।

Wednesday, July 20, 2016

तिर्शनाले आधा सरिर देखाए पछी हेर्नेको लाइन (भिडियो सहित)


साउन ६-काठमाण्डौ 
अविरल म्युजिक प्रालिको  प्रस्स्तुतिमा धमाकेधार तीज कोसेली "क्या सेक्सी"बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका टिका पुन र पछिल्लो पटकका चर्चित गायक  प्रविन थापा अविरलको सुमधुर आवाज रहेको गीतमा अभिनय भने अहिलेकी हट मोडल तिर्शना बुढाथोकी र हास्य कलाकार बल्छी धुर्बे (मरिचमान),बिक्रम चिन्तनको रहेको छ 


प्रविन थापाकै लय तथा शब्दमा तयार भएको गीत अहिलेको समासामाहिक बिषय बस्तुलाई उत्थान गरिएको छ ।जवानिकै बयान गरिएको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ 
यस गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Tuesday, July 19, 2016

गायिका संगीता बस्यालको यसपालिको तीज "पार्टी प्यालेंसमा"(भिडियो सहित)


कमल सरगम 
साउन ०५ -काठमाण्डौ 
"सिलाकी छु बुटिकमा मैल सारी चोली ,अब नाच्ने छु यसपालिको तीजमा पार्टी प्यालेंसमा नाचौ है ।बाचुन्जेलत हो नाच्ने खाने रमाउने मरे पछी लानु के छ र"।
यस्तै शब्दभावमा अनुबन्धित तिर्शना म्युजिक प्रालिको प्रस्तुतिमा संगीता बस्यालको तीज कोशेली "पार्टी प्याजेसमा डान्स"बजारमा आएको छ ।प्रतिभावान गायिका संगीता बस्यालको सुमधुर आवाज रहेको यस गीतमा लय शब्द कुमार  बिबाहितको रहेको छ । चर्चित मोडल पार्वती राइको उत्कृष्ट अभिनयमा तयार भएको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।निकै मन छुने गीतलाइ बजारमा ल्याएकी गायिका संगीताको यसपालिको तीजको गीतले कतिलाई नाचाउला त्यो त् हेर्ने बाकि छ तर गीत निकै मन छुने बनेको छ समग्र यस गीतको युनिटलाइ हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

यसपालिको तीजकै उत्कृष्ट गीत "पातलो जिउ " (भिडियो सहित )

कमल सरगम 
साउन ०५ -काठमाण्डौ 
प्राय जसो बिभिन्न गीत संगीतमा आफुले दिदै  सधै चर्चाको सिखरमा उभ्याउन सफल गायिका सरिता कार्कीले गत बर्षहरु जस्तै  यसवर्ष पनि दर्शक श्रोताको चाहनालाई मध्यनजर गर्दै नया तीजको कोसेली बजारमा  ल्याएकी छिन् । बिशेष लोकदोहोरी गीतहरुमा बढी आफुले आवाज दिदै आएकी  सरिता कार्कीको स्वरमा रहेको “पातलो जिउ” बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सबैका मनका लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय तथा शब्दमा तयार भएको गीत अहिले डिजिटल बजारमा छोटो समयमै अत्याधिक मन पराएका छन ।चर्चित निर्देशक संकर बिशीको  निर्देशनमा तयार भएको भिडियोमा चर्चित नायिका  नम्रता सापकोटा र महेन्द्र गौतमको अभिनय रहेको छ ।घिन्ताङ् डिजिटल प्रालि मार्फत बजारमा आएको यस गीतको म्युजिक भिडियो भने म्युजिक नेपालको युटुब च्यानलमा सार्बजनिक भएको हो ।सम्पूर्ण यस गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गंर्नुहोस -

शंकर बिशी र रुपा कंडेलको अभिनयमा “ एक अर्काका साथी ”(भिडियो सहित)

कमल सरगम 
साउन ०४ -काठमाण्डौ 
“ तिमी पनि बुढी हौली मनि बुढो हुम्ला सबले हेला गरे भने संग संगै रुम्ला यो दुनियामा कोहि छैनन् जाति जवानी हामी माया गर्ने जोडी हामी बुढेसकालका साथी ” मानव जिबनमा देख्दै अनि भोग्दै आएका कुराहरुलाई समेटी तयार पारिएको सुपारी म्युजिक प्रा.लि.को प्रस्तुतिमा बिशाल रेउले र करण बिश्वकर्माको तीज कोसेली “ एक अर्काका साथी ” बजारमा आएको छ ।
यस तीज गीतमा राजेन्द्र कंडेल र टिका पुनको स्वर रहेको छ । जीवन प्याकुरेल र करण बिश्वकर्माको शब्द रहेको छ भने लय बिशाल रेउले क्षेत्रीको रहेको छ । चर्चित मोडेल तथा निर्देशक शंकर बि.सी. र रुपा कंडेलको अभिनय रहेको यस् तीज गीतको म्युजिक भिडियोको निर्देशन शंकर बि.सी.ले गरेका छन।बजार ब्यबस्थापन सुपारी म्युजिक प्रा.लिले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

Monday, July 18, 2016

रबिन लामिछानेको ३ वोटा गर्लफ्रेन्ड हुदा पूजालाई भित्राउन मुस्किल (भिडियो सहित)


राजेन्द्र जि एम
श्रावण – ०३ ,काठमाण्डौ
“ बसको ड्रइभर धन्गडीको मास्टर पोखराको यौटा अहिले लाईन मा छुट्टी मान्न आको ” यौटा लाहुरे यौटा ड्रइभर यौटा शिक्षक् एक प्रेमिकाका तीनजन प्रेमी अनि एक प्रेमीका तीनजना प्रेमिका आहिलेको पिरतीको बजार र प्रेमको नाममा हुने गरेको बिकृतिर विसंगति लाई उजागर गरिएका भाव हरु समेटी तयार पारिएको गोर्खा चौतारी म्युजिक प्रा.ली को प्रस्तुतिमा पुजा पुरीको तीज कोसेली “ मेरो त ब्व्यफ्रंड तिन्टा छ ” बजारमा आएको यस तीज गीतमा पुजा पुरी र रबिन लामिछानेको स्वर रहेको छ । सब्द बिनोद ढकाल लय खेम सेन्चुरीको रहेको छ ।
सुनिल लामिछाने र क्रिस्टिना थापाको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियोमा निर्देशन स्मृति  तिमिल्सिना  (गुरुआमाको) रहेको छ । भने बजार ब्यबस्थापन गोर्खा चौतारी म्युजिक प्रा.लि.ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

बहुचर्चित गायक राजेन्द्र कंडेलको सुमधुर आवाजमा “ रहरैको तीज ”

राजेन्द्र जि एम
श्रावण – ०३ ,काठमाण्डौ
गाउँ घरमा दिदी बहिनि सहरमा साथी हरु कोहीको तीज गाउँमा त कोहीको सहरमा  तर मेरो तीज गाउँमा होस् वा सहरमा जहाँ भय पनि तिमी संग नाच्ने अनि रमाउने रहरमा हुन्छ । यस्तै सब्दमालामा उनियाको नया तीजको कोशेली “ रहरैको तीज ” बजारमा आएको छ।
सुपारी म्युजिक को प्रस्तुतिमा धर्मेन्द्र ठकुरीको यस तीज गीतमा राजेन्द्र कंडेल र देवी घर्तीको स्वर रहेको छ। सब्द जीवन प्याकुरेल लय धर्मेन्द्र साही ठकुरीको रहेको छ। आहिलेका ब्यस्त निर्देशक तथा कोरियोग्राफर शंकर बि.सी. विजय थापा र पार्वती राई को आभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो निर्देशन राजेश बिश्वकर्मको रहेको छ। भने अडियो भिडियो बजार व्यवस्थापन सुपारी म्युजिक प्रा.ली. ले गरेको छ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

Sunday, July 17, 2016

हिम सम्झौता डिजिटलको प्रस्तुतिमा भावना जिसीको "जालैमा परि"(भिडियो सहित)

कमल सरगम 
श्रावण – ०२, काठमान्डौ
"तिम्रो ओठमा देखिएको रातो लाली अनि सिरमा भएको सिरफुलले होला साहेद तिमीलाई हेर्यो कि बेहोसनै हुन्छु मेरो  दिल चोरेकी छेउ साहेद माया लगाएर पनि होला तिम्रो त्यो नजरमा परिसकेको छु म  यो बेला तिम्रो रुप हेरेरै घाइते भएको छु"। 
 हिम सम्झौता डिजिटल प्रा,लि. को प्रस्तुतिमा भावना जि.सी.को नया तीज कोशेली  "जालैमा परि" बजारमा आएको छ । सबैका मनका ढुकढुकी चर्चित सर्जक तथा गायक किरण बाबु पुन र भावना जि.सी.को  सुमधुर स्वर रहेको यस उत्कृष्ट तीजको  गीतमा शब्द तथा लय किरण बाबु पुनकोनै  रहेको छ धुर्ब हिमाली र  करिश्मा ढकालको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियो को निर्देशन यकिन्द्र सारा शंकर को रहेको छ ।यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन हिम सम्झौता डिजिटल प्रा.लि.ले गरेको छ ।कस्तो प्रतिक्रिया पाउनु भएको छ भन्ने प्रश्नमा कम्पनि संचालक नन्दराम परियार भन्छन "यो गीत महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरि बजारमा ल्याएका छौ 
सबैले मन पराउनु भएको छ ,यो गीतको कथानै एक प्रेमी प्रेमिकाको सम्बादलाइ प्रस्तुत गरेका छन् सर्जक किरण बाबु पुनले सोहि कारण पनि यो गीत सबैको मनमा बस्न सफल हुने छ यसमा कुनै दुबिदा छैन ।"जे होस् मौलिकतालाइ प्रस्तुत गरेको यस तीजको गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

गायक ऋषि खड्का र मिरा गीरीको आवाजमा "सुनको झुम्कना"(भिडियो सहित)


कमल सरगम 
साउन -०२-काठमाण्डौ 
सबैलाई तीज लाग्दै गर्दा एता मिरा गीरी र ऋषि खड्कालाइ भने प्रेममा परेर आफ्नो प्रेमी प्रेमिकाको कहानीमा नतमस्तक छन् ।मगर क्रियसनको प्रस्तुतिमा बजारमा आएको नया तीज कोशेली "सुनको झुम्कना"बजारमा आएको छ ।चर्चित सर्जक ऋषि खडका र प्रतिभाशाली गायिका मिरा गिरीको सुमधुर आवाजमा बजारमा आएको यस गीतमा लय ऋषि खड्काकै रहेको छ भने शब्द खेम भण्डारीको रहेको छ  ।
चर्चित मोडल बिजय थापा र मिरा गिरीले अभिनय गर्नुभएको यस गीतको म्युजिक भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् ।म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको भिडियो छोटो समयमा अत्याधिक दर्शकले मन पराएका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

गायक कृष्ण आर.डीको "मेरो पुत्ला जलायौ"बजारमा

राजेन्द्र जि एम
श्रावण – ०२ काठमाण्डौ
साथीभाई डिजिटल प्रा.लि. को प्रस्तुतिमा कृष्ण आर.डीको लोक दोहोरि गीत मेरो पुत्ला जलायौ बजारमा आयको छ ।
कृष्ण आर डी र पूर्णकला बि.सी.को स्वर रहेको यस गीतमा सब्द सृजना विश्व गोर्खाली को रहेको छ । लय कृष्ण गोर्खलिको रहेको छ ।आहिले अडियो मात्र बजार मा आएको यस गीतको म्युजिक भिडियो पनि छिट्टै बजारमा आउदै छ । भने यस गीतको बजार ब्यबस्थापन साथीभाई डिजिटल प्रा.लि.को गरेको छ ।

Saturday, July 16, 2016

गायिका राधिका हमाल हराएको हल्लाले स्रोता चिन्तीत (भिडियो सहित)


कमल सरगम 
साउन ०१ काठमाण्डौ 
चर्चित लोकदोहोरी गायिका राधिका हमाल केहि दिन अगाडी देखि हराएकी छिन ।तीजको बेलामा आफुले खोजेको केटा नपाएको भन्दै भौतारेकी राधिका कहा गइन् भन्ने कसैलाई थाह छैन ।तर यो सब गीतमा सिमित छ ।म्युजिक बैंक नेपाल बाट बजारमा आउन लगेको बहुचर्चित लोकदोहोरी गायिका राधिका हमालको तीज कोसेली "कहा गईन राधिका"को सुटिङ् रिपोर्ट युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।हमालकै लय तथा शब्दमा तयार भएको यस गीतमा एरेन्ज भने कृष्ण पुनले गर्नु भएको छ ।गीतको पुरा भिडियो भने केहि दिनमै बजारमा आउने छ ।
सुटिङ् रिपोर्ट हेर्न तल क्लिक गर्नुहोस ।

बिज्ञान शिक्षिका संगीतमा हाम फ्याले पछी (भिडियो सहित)


कमल सरगम 
साउन ०१ -काठमाण्डौ 
आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा नया तीज कोशेली "कम्मरैमा धन छ" बजारमा आएको छ ।प्रतिभाशाली नव गायिका अनिता रिमालको  तीज गीतको रुपमा बजारमा आएको यस गीतमा लय तथा शब्द अनिता रिमालकै रहेको छ ।चर्चित एरेन्जर झलक संगीतमको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियो पनि केहि दिन अगाडी आलाप रेकर्डिङ स्टुडियोकै युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।अर्घाखाँचीमा जन्मनु भएकी गायिका रिमाल अहिले शिक्षण पेशामा आबद्ध छिन ।
बिज्ञान बिषय अध्यापन गर्दै आएकी रिमाल गीत संगीतको पाराखी हुन् ।स्वरमा पनि उतिकै दम रहेकी गायिका अनिताको यो पहिलो गीत हो ।पहिलो गीतनै किन तिजको भन्ने प्रश्नमा अनिता भन्छिन "म त्यसोत नारि र नारीकै लागि सधै कलम अगाडी चाले सोहि कारण पनि मेरो पाइला नारीकै पर्बबाट अगाडी बढाउन थालेकी हु म संगीत प्रेमी  भएको नाताले यो क्षेत्रलाई अगाडी बढाउन पहिलो गीत तीजकै गीत मार्फत बजारमा ल्याएको हु"। भद्र स्वभाबकि  अनिताको यस गीतमा अभिनय भने संकर बिशी ,पार्वती राइ र अरुसि अस्लिमको रहेको छ ।राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोमा निर्देशन भने संकर बिशीले नै गर्नु भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Friday, July 15, 2016

किन बिजयले रिनालाई नाच्न आग्रह गरे तीजमा (भिडियो सहित)

कमल सरगम 
साउन १ -काठमाण्डौ 
तिजको लहर आउदै गर्दा एता सर्जक ऋषि खड्कालाइ भने पोखरा गएर नाच्न रहर लागेको छ । यसपाली माया संग पोखरा जाने कसम खाएका ऋषिको सपना पुरा भएको छ । तर यो सब गीतमा सिमित छ ।मगर क्रियसनको प्रस्तुतिमा मेनुका राइ र ऋषि खड्काको सुमधुर आवाजमा मेनुका राइको तीज गीत "बबाल नाचिन्छ" बजारमा आएको छ । ऋषि खड्काको लय र एलिना खड्काको शब्दमा तयार भएको गीतको म्युजिक भिडियो पनि बजारमा आएको छ ।म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको यस गीतमा अभिनय भने बिजय थापा र रिना थापा मगरले गर्नुभएको छ ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतमा छायांकन भने सम्भु चालिसेले गरेका छन् । यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ । 
भिडियो हेर्न तल क्लिक गर्नुहोस