108.166.174.131

Tuesday, July 5, 2016

सांगीतिक यात्रामा चम्कदै गायक भिम ज्वलन्त योगी

समिप चौलागाई 
असार २१ -काठमाण्डौ 
कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका सर्जक भिम ज्वलन्त पछिल्लो पटक निकै चर्चामा छन् । रोल्पा जिल्ला मा जन्मनु भइ स्थाई घर दाङको बिजौरीमा बसोबास गर्दै आउनु भएका योगी बिगत २वर्ष देखि रोजकारीको शिलशिलामा मलेशियामा बस्दै आउनु भएको छ ।
सानै उमेर देखि गीत संगीतलाई धेरै माया गर्ने  योगी गाउ घर मा हुने सास्कृतिक कार्यक्रम हरु मा उपस्थित हुने गर्थे र आफ्नो पस्तुतिहरु राख्दै दर्शकहरुलाई रमाइलो गराई नचाउँने  योगी बाध्यता र  परिस्थिले गर्दा गीत सगीतमा चाहना हुदाहुदै मलेशिया गएका थिए । तर पनि जहाँ जाउ जे गरौ आफु सग भएको कलागला लुकाउन हुन्न भनेर उनले विदेशमै बसेर पनि नेपालमा भएको कुनै एउटा म्युजिक कम्पनि को सहारा लिएर आफ्नो पहिलो कोसेली लोक दोहोरी गीत "दङ्गगाली हु हेर" बोल को गीत बाट सागीतिक क्षेत्रमा आएका हुन् । योगीले छोटो समयमानै आधा  दर्जन लोकदोहोरी गीत मा आफ्नो स्वर दिइसकेका छन् भनी आधुनिक गीत मा पनि स्वर दिएका  छन्  ।  धेरै गीतमा  लय /शब्द  पनि गरि सक्नु भएका योगी यति बेला प्रवास बाट नै चर्चा मा रहेको छ भनि अब केहि दिन मा आफ्नो स्वर मारहेको ६ ओटा गीत मा आफ्नो स्वर मा रहेको गीत लिएर तपाइँ हाम्रो माझ आउदै हुन्छ । सांगीतिक जीवनको हार्दिक शुभकामना समेत व्यक्त गर्दछौ ।

0 comments:

Post a Comment