Friday, July 29, 2016
Home »
» अनिता चलाउनेको यसपालिको रमाइलो तीज कोशेली "झ्याप्पै बरिलै"(भिडियो सहित)
अनिता चलाउनेको यसपालिको रमाइलो तीज कोशेली "झ्याप्पै बरिलै"(भिडियो सहित)
कमल सरगम
साउन ,१४-काठमाण्डौ
सबैलाई तिजले झपक्कै छोपिरहदा एता अनितालाई भने रमाइलो गर्न देशका बिभिन्न सहर जाने रहर जागेको छ ।दुईदिने चोला घुमेर रमाइलो गरि नाची खेली कटाउ भन्दै पशुपति शर्मा संग घुम्न जाने रहर भएको बताउछिन यसपालिको तीजको कोशेली मार्फत ।
आशिस म्यूजिक प्रालिको प्रस्तुतिमा अनिता चलाउनेको एसपालिको तीज कोशेली "झ्याप्पै बरिलै"बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक पशुपति शर्मा र अनिता चलाउनेको सुमधुर आवाजमा सजिएको गीतमा लय तथा शब्द भने पशुपति शर्माकै रहेको छ ।संकर बिशीको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा अभिनय पनि शंकर बिशी र अनिता चलाउनेलेनै गर्नुभएको छ ।म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको भिडियो छोटो समयमा अत्याधिक दर्शकले रुचाएका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस








0 comments:
Post a Comment