कमल सरगम साउन १ -काठमाण्डौ तिजको लहर आउदै गर्दा एता सर्जक ऋषि खड्कालाइ भने पोखरा गएर नाच्न रहर लागेको छ । यसपाली माया संग पोखरा जाने कसम खाएका ऋषिको सपना पुरा भएको छ । तर यो सब गीतमा सिमित छ ।मगर क्रियसनको प्रस्तुतिमा मेनुका राइ र ऋषि खड्काको सुमधुर आवाजमा मेनुका राइको तीज गीत "बबाल नाचिन्छ" बजारमा आएको छ । ऋषि खड्काको लय र एलिना खड्काको शब्दमा तयार भएको गीतको म्युजिक भिडियो पनि बजारमा आएको छ ।म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको यस गीतमा अभिनय भने बिजय थापा र रिना थापा मगरले गर्नुभएको छ ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतमा छायांकन भने सम्भु चालिसेले गरेका छन् । यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
0 comments:
Post a Comment