108.166.174.131

Tuesday, July 19, 2016

शंकर बिशी र रुपा कंडेलको अभिनयमा “ एक अर्काका साथी ”(भिडियो सहित)

कमल सरगम 
साउन ०४ -काठमाण्डौ 
“ तिमी पनि बुढी हौली मनि बुढो हुम्ला सबले हेला गरे भने संग संगै रुम्ला यो दुनियामा कोहि छैनन् जाति जवानी हामी माया गर्ने जोडी हामी बुढेसकालका साथी ” मानव जिबनमा देख्दै अनि भोग्दै आएका कुराहरुलाई समेटी तयार पारिएको सुपारी म्युजिक प्रा.लि.को प्रस्तुतिमा बिशाल रेउले र करण बिश्वकर्माको तीज कोसेली “ एक अर्काका साथी ” बजारमा आएको छ ।
यस तीज गीतमा राजेन्द्र कंडेल र टिका पुनको स्वर रहेको छ । जीवन प्याकुरेल र करण बिश्वकर्माको शब्द रहेको छ भने लय बिशाल रेउले क्षेत्रीको रहेको छ । चर्चित मोडेल तथा निर्देशक शंकर बि.सी. र रुपा कंडेलको अभिनय रहेको यस् तीज गीतको म्युजिक भिडियोको निर्देशन शंकर बि.सी.ले गरेका छन।बजार ब्यबस्थापन सुपारी म्युजिक प्रा.लिले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

0 comments:

Post a Comment