कमल सरगम
असार १८ -काठमाण्डौ
थोरै खाए पनि मिठो खादा अगाईन्छ भन्ने भनाइलाई प्रमाणित गरेका छन् अहिलेका युवा प्रतिभाशाली नव गायक संजय फाउन्डएल्डरले ।छोटो समयमा सबैको मन जित्न सफल नेपाल भन्दा बाहिर रहेर पनि निरन्तर गीत संगीतलाई आफ्नो कर्मठ मान्ने गायक संजय फाउन्डफेल्डर यस बर्षको म्युजिक खबर अवार्डको ५ उत्कृष्ट लोक गीतमा पर्न सफल भएका छन। पछिल्लो पटक "आफ्नो भाग्य"ले लाखौको मन जितेको छ।
जसको प्रतिफल नै संजय अवार्डको मनोनयनमा पर्नु हो ।सबैले संजयको आवाजको तारिफ गरेको पनि नसुनिएको हैन ।बिभिन्न संघ सस्थामा समेत आबद्ध रहेका कुशल गायक संजय एक समाजसेवी पनि हुन् ।धेरैको जीवन को यात्रालाई अगाडी बढाएका संजय आज आफु यो अवार्डमा मनोनित हुनु आफैले अवार्ड पाएको अनुभुति गरेको बताउछन "अवार्ड जित्नु ठुलो कुरा हैन अवार्डले सहि मार्गनिर्देशित गर्योस त्यो ठुलो हो "।लालीगुराँस डटकममा आबद्ध रहेका संजयको आवाजमा पहिलो गीत "मत फुल झैँ "ले पनि निकै दर्शक स्रोताको मन जितेको थियो यसै लागातै बजारमा आएको "आफ्नो भाग्य"ले झन् धेरैको आखामा आसु बगायो यसैले पनि होला संजय आफुले आसु नदेखे पनि सिंगो संसार हेरेको बताउछन ।सबै गीतमा उतिकै आवाज दिन सक्ने गायक कमै छन् लोक संगीत क्षेत्रमा तर संजयको आवाजमा जादु छ जुन जादुले धेरैको दुखमा मलम लगाएको छ ।संजयले एस बर्षको अवार्ड हात पारेको हेर्न चाहनुहुन्छ भने माथि लेखिएको अनुसार भोट गर्नुहोस तपाइको एक एक भोटले संजयको एउटा सांगीतिक जीवनमा थप टेवा पुर्याउने छ ।
Friday, July 1, 2016
Home »
» एस बर्षको लोक गीत "आफ्नो भाग्य"बाट जित्लानत् अवार्ड संजयले?








0 comments:
Post a Comment