This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

108.166.174.131

Thursday, June 30, 2016

साथीभाई डिजिटलको प्रस्तुतिमा “ हैसियतको माया ”बजारमा


कमल सरगम 
असार -१६,काठमाडौ 
साथिभाई म्युजिक प्रा.लि.को प्रास्तुतिमा राजन कुमार क्षेत्रीको आधुनिक गीत “ हैशियतको माया ” बजारमा आएको छ 

चर्चित पार्स्वो तथा आधुनीक गायक प्रमोद खरेल को स्वर रहेको एस गीतमा संगित रामु बिरहीको रहेको छ। गीत सिर्जना राजन क्षेत्रीले गरेका छन ।अडियो भिडियो बजार ब्यबस्थापन साथीभाई म्युजिक प्रा.लि.ले गरेको छ 
गीत सुन्न तलको लिंकमा क्लिक गर्नुहोस

गणेश अधिकारी र बिष्णु माझीको आवाजमा “ दिन्छु मुटु काटेर” बजरमा (भिडियो सहित)


राजेन्द्र जिएम
असार -१६ ,काठमाडौ
"गरिब संग त माया गर्ने मुटु बाहेक आरु के नै हुन्छ र खुशी हरु त खोसिय अब यहि यौटा मुटु बाँकि छ तिमि खुसि हुन मेरो मुटु मागदछौ भने मेरो मुटु पनि काटेर दिन तयार छु"

गोर्खा चौतारी म्युजिक प्रा.लि .को प्रस्तुतिमा हरि थापाको लोकदोहोरी गीत “ दिन्छु मुटु काटेर” बजरमा आएको छ ।गरिब प्रेमी प्रेमिकाको जिवन र प्रेम कहानीमा समाहित यस गीतमा नेत्र अर्याल को सब्द र लय रहेको छ भने बहुचर्चित लोकदोहोरी गायिका स्वर बिष्णु माझी र गणेश अधिकारीको रहेको रहेको छ। कपिल लामा को निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल लामिछाने र प्रज्ञा ढकाल को अभिनय रहेको छ ।अडियो भिडियो बजार व्यवस्थापन गोर्खा चौतारी म्युजिक प्रा.लि नै गरेको छ
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

Sunday, June 26, 2016

दर्शकहरुको लागि कमेडी गाइज अब हरेक सुक्रबार हेर्न पाइने

असार १३ -काठमाण्डौ 
"कमेडी गाइज"टेलीसिरियल को सुटिङ्ग को लागि उदयपुर जिल्लाको खाबु भन्ने ठाँउमा पुगेका  कलाकारको टोलि सुटिङ्का साथै एक बिशेष कार्यक्रम सकेर शुक्रबार काठमाडौं फर्केको छन ।"कमेडी गाइज" का producer तथा director सुरेश थापाले सो  सर्ट फिल्म को निर्देशन गर्नु भयको थियो।सुटिङ्ग को क्रममा उदयपुर जिल्ला पुगेर काम गर्दा काम सारै राम्रो र नया location मा खिचियको सुरेश थापा(दर्सने) बताउनु हुन्छ।उक्त ठाँउ को दृश्य ले दर्सक को मन जित्ने कुरामा दुईमत नभयको बताउनु हुन्छ।उक्त ठाँउ मा 1 हप्ता सम्म फिल्म को सुटिङ्ग गरियको थियो।comedy guys तेलिसिरियल यक रोचक र full comedy फिल्म भयका ले दर्सक लाई मनोरञ्जन दिने कुरा मा आफू ढुक्क भयको निर्देशक तथा director तथा स्किप राइटर सुरेश थापा बताउनु हुन्छ।।।सो फिल्म मा कलाकार हरु सुरेश थापा(दर्सने),राजु कमेडि,यादव देबकोटा(सरापे),अनिता दङ्ग्गाल(मनमाया),मधु आचार्य(अर्जे),सुरबिर पन्डित।लगायत काम कलाकार ले अभिनय गर्नु भयको छ comedy guys youtube मा मात्र आउने हुनाले हरेक शुक्रबार upload गरिने जनाकारी दिनुभयो ।।दर्सक लाई पुर्ण रुपमा मनोरञ्जन र जानकारी मुलुक सन्देस छोडने उदेश्य उक्त सिरियल निर्माण गरियको हो।।सिरियल मा केही नयापन ल्याउन खोजेका छौ।साथै दर्सक ले youtube मा गयर comedy guys type गरि हेर्न को लागि आग्रह गर्दछौ।





नेपाली कथानक चलचित्र "प्रतिबिम्ब" यही साउन २१ देखि देशभर

कमल सरगम 
आसार १२ -काठमाण्डौ 
द लाफा आर्टस को प्रस्तुतिमा नेपाली कथानक चलचित्र "प्रतिबिम्ब" यही साउन २१ देखि देशभरका हलहरुमा पर्दशन हुदै छ ।किशोर राना मगरको कथा/निर्देशनमा तयार भएको यस चलचित्रको निर्माता :ज्ञानु थापा ,केबी राना ,चन्द्र ज्योति आले ,नेत्र थापा ,अनिता राना र छक्कु उदासी हुन् 
हंकङ् ,युके लगाएत नेपालको बिभिन्न जिल्लाहरुमा च्यारेटी सो भैसकेको यस चलचित्रमा मगर समुदायको कला सास्कृतिमा आधारित रहेको छ ।सिक्षाको महत्वलाई बिशेष जोड दिएको यस चलचित्रले दर्शक नतान्ला भन्न सकिन्न ।चलचित्रमा कुमार राना मगर  ,मन सुधन थापा मगर ,पवित्र सारु मगर ,कमला पुन मगर  आदिको मुख्य भूमिका रहेको छ  ।चलचित्र कस्तो बनेको छ भन्ने प्रश्नमा मुख्य भूमिकामा रहनु भएका गायक तथा नायक कुमार रानाले भन्नु भयो "चलचित्र अन्त्यन्तै राम्रो बनेको छ म आफु पनि नायक र खलनायक दुवै भूमिकामा खेल्ने अवसर प्राप्त भएको छ बाकि चलचित्र  हेरे पछी थाह पाउनु हुने छ "।बिगत १ दशक देखि गीत संगीतमा निरन्तर लाग्दै आउनुभएको गायक कुमार राना हाल चलचित्र देखि गीत संगीतमै व्यस्त छन 
चलचित्रको ट्रेलर हेर्न तल क्लिक गर्नुहोस 

Saturday, June 25, 2016

भरत काम्मु मगर र प्रकाश सुनारको लोक दोहोरि गीत “ दोहोरि सांझईमा ” बजारमा

राजेन्द्र जिएम 
असार -११,काठमाडौ 
साथी भाइ डिजिटल म्युजिक प्रा.लि को प्रस्तुतिमा भरत काम्मु मगर र प्रकाश सुनारको लोक दोहोरि गीत “ दोहोरि सांझईमा ” बजारमा आयको छ ।
रामु बिरही र राधिका हमाल को स्वर रहेको यस गीतमा भरत काम्मु मगर र प्रकाश सुनार को सब्द रहेको यस गीतमा लय प्रकाश सुनारको रहेको छ । बजार ब्याबस्थापन साथीभाई म्युजिक डिजिटल प्रा.लि को रहेको छ । 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

Friday, June 24, 2016

गीत रेकर्ड हुदा हुदै सबै चकित ,के मार्लानत बाजी यसपालिको तीजको गीतमा खुमनले ?-बिस्तृतमा

कमल सरगम 
असार ११-काठमाण्डौ 
हिम सम्झौता म्युजिक प्रालिले  तीजलाई लक्षित गरि बिभिन्न नया नौलो तीजको गीतहरुको रेकर्डिङको काम निरन्तरता दिदै आएको छ ।यसै क्रममा गत केहि दिन अगाडी हिम सम्झौता डिजिटल मार्फत बजारमा आउन लागेको नया तीजको भाका "रातो साडीलाई सारा मायाले"नाम गरेर बजारमा आउन लागेको यसपालिको तिजको गीत यो बर्षकै खुमनले गएको मध्यको उत्कृष्ट रहेको जानकारी दिएका छन् 
एच के स्टुडियोमा रेकर्ड भएको यस गीतको शब्द निकै मन परेको भन्दै खुमनले गीतको तारिफ मात्र गरेनन गीत यो बर्षकै उत्कृष्ट हुने दाबि समेत गरे ।प्रकाश पराजुलीको शब्द तथा लय सृजनामा सृजित यस गीतमा महिला आवाज हेमा रानाको रहेको छ ।केहि दिनमै भिडियो निर्माण हुन् लागेको जानकारी दिदै कम्पनि संचालक नन्दराम भन्छन "यो बर्ष तिजको अधिकांश गीतहरु हिम सम्झौताले निकै उत्कृष्ट गायक तथा सर्जकहरुलाई सहभागी गराएर रेकर्ड गरेको छ सबै गीत आम दर्शक स्रोताले मन पराउने छन् यसमा दुइ मत छैन र यो गीतले पनि दर्शक स्रोताको मन अबस्य जित्ने छ र भिडियो निर्माण हुने बितिकै बजारमा आउने जनाकारी समेत गराउछु "।महिलाहरुको महान पर्वलाई बिकृति भन्दा पनि सास्कृतिक तर्फ लाने प्रयास हिम सम्झौताले गर्दै आएको समेत नन्दरामले बताउनु भयो ।छिट्टै भिडियो बजारमा आएको हेर्न पाउ यही शुभकामना व्यक्त गर्दछौ 

Thursday, June 23, 2016

चन्द अर्याल र दिनेश थापाको आवाजमा रहेको नया लोक दोहोरी गीतको सुटिङ् सम्पन्न

कमल सरगम
असार ०९ -काठमाण्डौ 

धेरै गीतहरुमा म्युजिक भिडियो गरिसकेका चर्चित मोडल तथा गायक दिनेश थापाको पहिलो लोकदोहोरी गीत "चोली फेर मायाले बोलि नफेर"को सुटिङ् सम्पन्न भएको छ ।बहुचर्चित लोकदोहोरी सर्जक एकनारायण भण्डारीको लय तथा शब्दमा रहेको गीत  कामना डिजिटल मार्फत आउन लागेको हो ।
चर्चित गायिका चन्द अर्याल र दिनेश थापाको सुमधुर आवाजमा रहेको यस गीतमा अभिनय भने भोजपुरी फ्लिमहरुमा निकैनै चर्चामा आएकी नायिका डलि सरकार र दिनेश थापाकै रहेको छ ।डलि सरकारले लोकदोहोरीमा भने पहिलो पटक डेब्यु गरेकी हुन् ।दुर्गा पौडेलको छायांकनमा तयार भएको भिडियोको निर्देशन भने बब्बु थापाले गर्नुभएको हो ।गीत कस्तो छ भन्ने प्रश्नमा कामना डिजिटलका संचालक भन्छन "गीतले  छुट्टै मौलिकता बोकेको छ ,सबैको मन जित्ने छ भन्ने आसा पनि गरेको छु भेस फेरीए पनि ब्यबाहार र बानि नाफेरियोस भन्ने कथा यसमा समेटिएको छ"।गीतले कस्तो चर्चा पाउला भन्ने प्रश्नमा दिनेश थापा भन्नुहुन्छ "सम्पूर्ण टिम उतिकै सबैको मन जित्न सफल टिम यो गीतमा छौ साहेद यो गीतले चर्चा पाउनेमा म आसाबादी छु 
 सम्पूर्ण यस गीतका टिमहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ।

सम्झना लामिछाने र राजेश बर्देवाको आवाजमा “ मायाँ जालमा पार्यो मायाले ” बजारमा (भिडियो सहित)


राजेन्द्र जिएम आसर – ०८,काठमाडौ 
रक्षा म्युजिक प्र.लि. को प्रस्तुतिमा राजु साहिको उत्कृष्ट सांगतिक कोसेली “ मायाँ जालमा पार्यो मायाले ” बजार मा आयको छ ।
राजेश बर्देवा को लय र शब्दमा रहेको यस गीतमा स्वर सम्झना लामिछाने मगर र राजेश बर्देवा को रहेको छ । रवि शंकर को निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा अभिनय  भने पार्वती राई र काजीस  श्रेष्ठ अनि राजु साही ले गरेका छन ।क्यामेरामेन राजु लामा रहेको यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन रक्षा म्युजिक प्रा.लि.ले गरेको छ । 
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

हमाल र बिष्टको सहकार्यतामा नया म्युजीक भिडियो आउदै

असार ९ –काठमाण्डौ
काठमाडौ।

पप सम्राट ओम बिक्रम बिष्टको गीतिएल्बम नआएको धेरै समय भएको छ। भूकम्प पीडितका लागि पनि निकै क्रियासिल रुपमा लागेका ओम बिक्रम विस्टले  लन्डनमा गत बर्ष रोयल अल्बर्ट हलमा भब्य कार्यक्रममा सहभागी भई कार्यक्रम सम्पन्न गरेका थिए। म मौनतामा अल्झी रहेको  जस्ता चर्चित गीतहरु गाएका बिष्टले अव त्यो रिक्ततालाई दूर गर्नको लागि चाँडै नै मनको कुरा नामक गीतिएल्बम मात्र होइन, यसको भिडियो एल्वम नै निकाल्ने अन्तिम तयारी गरिरहेका छन्।ओमविक्रमका हिट गीतका रिमेक र रिमिक्स एल्वमका रुपमा आउने एल्बम मनको कुराको टाइटल गीतको म्युजिक भिडियो हालै थाइल्याण्डको बैंकक स्थित फुकेट, पतैया लगायतका रमणिय स्थानमा छायाँकन गरिएको छ। पुराना तर, हट मोडलका रुपमा हाल चर्चा पाएका राजु हमालका साथमा मोडल पेमिला क्षेत्रीको मनको कुरा गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ।




राजु हमाल हाल सम्म १ दर्जन  भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्दै कलाकारिता क्षेत्रलाई जगेर्ना गर्दै आएका छन ।रंगमञ्चमा  पनि उतिकै जम्दै आएका उनि  अहिले बिभिन्न सास्कृतिक कार्यक्रमहरु,बिज्ञापन र फेसनसोहरु देखि लिएर जर्जमा समेत व्यस्त छन् ।आफुलाई सरल स्वभाब मानिने अभिनेता  राजु अहिले निकै चर्चामा छन  ।  
ओमविक्रम विष्ट जस्तो नेपाली पपसम्राटको गीतमा अभिनय गर्न पाउनुको गौरबता बेग्लै रहेको बताउंने रंगकर्मी हमाल आफ्नो अभिनयको टर्निङ्ग प्वाइन्ट नै हो भनेर प्रतिक्रिया व्यक्त गरेका छन्।

गायक विष्ट पनि अभिनेता हमालमा देखिएको परिपक्व अभिनय शैलीवाट आफू अत्यन्त प्रभावित बनेको बताउंदै मनको कुराको म्युजिक भिडियो सोचेभन्दा राम्रो बनेको भन्छन्।गायक विष्टको उक्त गीतको गीतकार प्रमोद ढुंगाना रहेका छन्। संगीत भने गायक विष्ट स्वयमको रहेको छ। रवि सायमीको छायाँकन तथा निर्देशन रहेको गायक विष्टको यस भिडियोलाई रिभेल इभेन्टस प्राइभेट लिमिटेडले चांडै बिभिन्न टिभी च्यानल र  युट्युब मार्फत रिलिज गर्ने रिभेलका  संचालक राजेश हमालले जानकारी दिएका छन् ।

Wednesday, June 22, 2016

गायक सिडी बिजय अधिकारी को आवाजमा "परदेशी"बजारमा (भिडियो सहित)


राजेन्द्र जिएम 
आसर -०८,काठमाण्डौ
मलाइ कहा रहर थियो र यो मरुभूमिमा तिमीलाई एक्लै छाडेर आउने तर बाध्यता रहयो जब तिमी संगै बस्छु र संगै रमाउने छु भन्ने बाचा गरेर संगै जिबन बिताउने कसम खाएका थियौ तर आज यो परिस्थिति आयो र पनि तिमीलाई म दिलमा  राखेर सम्झिरहने छु " । 

यस्तै शब्द भावमा अनुबन्धित रहेर रक्षा म्युजिक प्रा.लि. को प्रस्तुतिमा संगीता पाण्डे को नयाँ आधुनिक गीत “ परदेश ” बजार आएको छ । गायक सिडी बिजय अधिकारी को आवाजमा  रहेको यस गीतका गिततकार भने रक्षा म्युजिकका संचालक  अनि संगितकार प्रेम सगर पौडेल हुन । रबिन  शंकर को निर्देशन रहेको यस गीत को म्युजिक भिडियोमा राम सेढाइ र सोनाम के.सी.को अभिनय रहेको भने बजार ब्यबस्थापन रक्षा म्युजिक प्रा.लि. ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस ।
 
 

विन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा “ यो मुटु फुटायौ" (भिडियो सहित)


 राजेन्द्र जीएम 
असर -०७ , काठमाण्डौ 
विन्ध्यवासिनी म्युजिक प्रा.लि.को प्रस्तुतिमा लोक तथा दोहोरि गायिका  संगीता मगर पृतीको लोक दोहोरि गीत “ यो मुटु फुटायौ “ बजार मा आएको छ प्रेम मा असफल जोडी हरु को कहानी लाई संगीता स्वयंले कलात्मक सब्द मालमा उनेकी छिन् 
एच .बि. रसयाली को लय रहेको यस गीतमा गायक कमल सुसान्त के.सी. र गायिका संगीता मगर प्रिती ले स्वर दिएर मिठासता प्रदान गरेका छन् भने आस खड्का, रोश्विन, मनिषा र कृष्ण को अभिनय रहेको यस गीत को भिडियो निर्देशन कपिल लामा ले गरेका छन् । छायंकन राजेश घिमिरे ले गरेका छन् ।बजार ब्यबस्थापन विन्ध्यवासिनी म्युजिक प्रा.लि ले गरेको हो  
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस

Tuesday, June 21, 2016

मन्त्रि कौसलको मर्मस्पर्सी लोकदोहोरी गीत "बिर्सीयौकि रेसुंगा को सिर" बजारमा(भिडियो सहित)


राजेन्द्र जी एम
असार ०७-काठमाण्डौ
 
 हिमसम्झौता डिजिटल प्रा . लि को प्रस्तुतिमा  गायक मन्त्री कौसलको लोकदोहोरी गीत "बिर्सीयौकि रेसुंगा को सिर" बजार मा आएको छ 
बैदेसिक रोजगारीको लागि बिदेशीएका  आफ्नो प्यारा लाई छिट्टै  घर आउन आग्रह गरिएका भाव हरु समेटिएको गीतमा स्वर निरज कौसल र देवी घर्ती को रहेको छ भने सब्द र लय सिर्जना मन्त्री कौसलले गरेकाछन । करिस्मा ढकाल र विश्वास केसी को आभिनाय रहेको एस म्युजिक भिडीयो को निर्देशन एकिन्द्र सारा संकर ले गरेका छन् भने सम्पादन ग्रीष रिजाल ले गरेको एस गीतको अडियो र भिडीयो व्यवस्थापन हिमसम्झौता डिजिटल प्रा . लि ले गरेको छ । 
भिडीयो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस ।

Monday, June 20, 2016

रामु विरहीको निर्देशनमा “ भगवानले वाटो लागाए” वजारमा (भिडियो सहित)

 राजेन्द्र जिएम
असार -७ काठमाण्डौ
साथिभाई डिजिटल प्रा. लि को प्रस्तुतिमा गायक कृष्ण परियारको नयाँ लोकदोहोरि गीत “ भगवानले वाटो लागाए” वजारमा आएको छ । मायाँ र प्रेमको नाममा हुने गरेको विकृती र विसंगती माथिको प्रहार रहेको यो गितको  शब्द तथा लय स्वयम कृष्ण परियारकै रहेको छ ।
रामु विरही र पुर्णकलाको सुमधुर आवाजमा रहेको गीत पछिल्लो पटक निकै चर्चामा छ  । रामु विरहिको निर्देशन रहेको यस गितको म्युजिक भिडियोमा अभिनय भने दिलकूमार  विसी र करिश्मा ढकालको रहेको छ । भिडियो सम्पदन विष्णु शर्मा ले गरेकाछन । यस गितको अडियो भिडियो वजार व्यावस्थापन साथिभाई डिजिटल प्रा. लि ले नै गरेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

बल्छी धुर्बे माछा मार्न खोलामा जादा भ्यागुगो परेपछि (भिडियो सहित)

राजेन्द्र जीएम 
असार,०६ – काठमाडौं
 गोरखा चौतारी म्युजिक प्रा.लि को प्रस्तुतिमा लोक संचारकर्मी लब कुमार भट्टको कमेडी लोकदोहोरी  गीत "माछो माछो भयागुतो" बजार मा आएको छ।नेपाली ठेट परिबेस लाई समेटिएर तयार  पारिएको यस गीतमा आवाज भने  स्वर मिना अधिकारी र लव कुमार भट्टको रहेको छ ।  राजेन्द्र सुबेदीको शब्दमा रहेको यस गीतमा लय लव कुमार भट्टकै  रहेको छ ।


 गीत मा अभिनय  बल्छी धुर्बे र प्याकुलीले गरेका छन् । निर्देशन  राजु पौडेल र मरिचन श्रेष्ठले गरेका छन छायांकन र बजार ब्यबस्थापन गोर्खा चौतारी म्युजिकले गरेको छ। भिडियो र  गीत निकै उत्कृष्ट रहेको कम्पनि संचालक सुनिल लामिछानेले जानकारी दिनुभयो
भिडियो हेर्न तल को लिंक मा क्लिक् गर्नुहोस
  

Sunday, June 19, 2016

हिम सम्झौताको प्रस्तुतिमा "हासा बोल मजाले"बजारमा(भिडियो सहित)


कमल सरगम 
असार ०५-काठमाण्डौ 
हिम सम्झौता म्युजिक प्राली मार्फत नया लोकदोहोरी गीत "हासा बोल मजाले"बजारमा आएको छ 
बिजन थजाली मगर को प्रस्तुतिको रुपमा रहेको यस गीतमा आवाज भने टिका पुन र बिजन थजाली मगरकै रहेको छ ।किरणबाबु पुन लय तथा शब्दमा तयार भएको गीतको म्युजिक भिडियोमा अभिनय भने चर्चित मोडल बिजय थापा र पार्वती राइको रहेको छ ।हरिश महराको छायांकनमा तयार भएको भिडियोलाइ निर्देशन भने एकिन्द्र सारा शंकरले गर्नुभएको हो ।हिम सम्झौताको युटुब च्यानलमा सार्बजनिक भएको भिडियोले  पछिल्लो पटक आम दर्शकको मन जितेको छ 
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Saturday, June 18, 2016

चर्चित सर्जक राजु बर्देवाको थेगोमा मुटुको घाउ (भिडियो सहित)

समिप चौलागाई
असार ०५  ,काठमान्डौ 

 हुनत प्रेम गर्नेले सबै त्याग्न  सक्नुपर्छ भन्छन तर कहिलेकाही नसोचेको भइदिन्छ ।माया गरिन्छ मुटु उसैलाई सुम्पिएको हुन्छ तर एक्कासी त्यै मुटुमा घाउ लाग्छ अनि मन थामिदैन ।धनमा माया जोडेदेखि आज म मसानघाट भएको छु ।
चितामा म रहदा तिमि डोलीमा हुने छेउ अनि म यो  यो संसार छाडेर जाने छु"। साहेद प्रेम गर्नेलाई यस्तै यस्तै भएको होला यो गीतले पनि यस्तै भन्छ ।प्रेम गर्ने र गरिब प्रेमी प्रेमिकाले पछिल्लो पटक अत्यधिक रुचाएको लोकदोहोरी गीत "मुतुको घाउ"अहिले डिजिटल बजारमा निकैनै चर्चामा छ ।विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको गीतमा शब्द भने अहिलेका निकैनै चर्चामा आफ्नो शब्द बाट होस् या रेडियोको माध्यमबाट सबै क्षेत्रका काभ्रेको कोशिपारीमा जन्मिएर हाल काठमाण्डौमा कर्मथलो बनाउदै आउनुभएका  चर्चित सर्जक कमल सरगमको रहेको छ भने लय संचारकर्मी तथा चर्चित लय सर्जक साहस भट्टको रहेको छ ।रामेछापका सर्जक दिपक सुनुवार र रामेछापकै अर्की गायिका खुसी घिसिङको प्रस्तुतिमा बजारमा आएको गीतमा आवाज भने दिपक सुनुवार देवी घर्ति र खुसी घिसिङको रहेको छ ।छोटो समयमा धेरै गीतमा आफ्नो फरक फरक प्रस्तुति दिदै आएका रामेछापका सर्जक राजु बर्देवाको थेगोमा सृजना भएको गीतमा अभिनय भने मंजिता केशी र अमिन लामाले गर्नुभएको छ । गीत अदियोमै अत्याधिक चर्चामा आए लगातै भिडियो सार्बजनिक गरेको केहि दिन भिडियो पनि अत्याधिक रुचाएका छन । जे होस् राम्रो सृजनाको सम्मान गर्नु जरुरि छ सम्पूर्ण यस गीतका टिमहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
 भिडियो हेर्न तल क्लिक गर्नुहोस

Friday, June 17, 2016

खुमन अधिकारी र देवी घर्तीको आवाजमा "लोकमन्जरी रोधिघरमा गेट"बजारमा (भिडियो सहित)


कमल सरगम 
असार ०२ -काठमाण्डौ 
साथीभाई डिजिटल प्रालिको प्रस्तुतिमा लोक मन्जरी अनलाइन ग्रुपको लोकदोहोरी गीत "लोकमन्जरी रोधिघरमा गेट"बजारमा आएको छ ।चर्चित मोडल तथा गायक रामु बिरहीको निर्देशनमा तयार भएको भिडियोमा अभिनय पनि रामु बिरही र करिश्मा ढकालको रहेको छ ।
चर्चित लोकदोहोरी गायक खुमन अधिकारि ,देवी घर्ति ,भिसन गिरि र एन्जिल शेर्पाको रहेको छ भने गीतको शब्द कमलामाया लामा र जीवन गिरीको रहेको छ ।सुनिता लामाको थेगोमा सिर्जित गीतको लय भने भुवन तामाङ र कर्ण मगरको रहेको छ ।बिष्णु शर्माको सम्पादनमा तयार भएको भिडियोमा छायांकन भने करण चैसिरले गर्नुभएको छ ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आशा खड्का र दुर्गेश थापाको अभिनयमा "बीच बाटोमा छाडी गयौ" बजारमा(भिडियो सहित)

कमल सरगम 
असार ,३ -काठमाण्डौ 
प्रेम गर्नेले धोका खानुत स्वाभाविकनै हो ।तर जानी जानी धोका दिदा कसको मन नरोला आफ्नो सम्झेर प्रेम गरिन्छ भने उसैलाई जीवन समर्पण पनि गरिन्छ तर खै के हुन्छ हुन्छ उसैले आफ्नो नासंझादा  हुने फाटोलाइ कुन तरिका बाट हेरम यो प्रेम हो भनेर ।

हो यस्तै कहानी आसा गोलेलाई पनि परेको छ  ।प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको यस आशा गोलेको पहिलो लोक दोहोरी गीत "बीच बाटोमा छाडी गयौ"बजारमा आएको छ  ।चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा र सन्ध्या थापाको सुमधुर आवाज रहेको गीतमा लय टुक सरु मगरको रहेको छ  ।आशा गोलेको शब्दमा रहेको गीतमा अभिनय भने चर्चित मोडल दुर्गेश थापा र आशा खड्काले गर्नु भएको छ  ।काजिस श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने सागर गौतमले गर्नुभएको हो  ।प्रियसीको पछिल्लो उत्कृष्ट उत्पादन दिएर बजारमा आएको यस गीत अहिले निकै चर्चामा छ  ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहो  ।
https://www.youtube.com/watch?v=HT4uZqHcVz0

Thursday, June 16, 2016

मोडल टेरिसा र राज काफ्लेको अभिनयमा "यो संसारमा"बजारमा(भिडियो सहित)


कमल सरगम 
असार २ -काठमाण्डौ 
"साचो माया लगाउनेलाइ मात्र थाह हुन्छ कस्तो हुन्छ प्रेम भन्ने यही हो माया लगाए पछी सधै तिमि संग होस् । तिमि बाहेक को छ र मेरो मलाइ बढी शंक नगर ।तिमीले एक्लो पारेर छाड्यौ भने म कहा एक्लै बाच्न सक्छुर तिमी मेरो मुटु तिमी मेरो धड्कन हौ "

कामना डिजिटल प्रालीको प्रस्तुतिमा नया आधुनीक गीत "यो संसारमा"बजारमा आएको छ ।चर्चित सर्जक राजकुमार बगरको शब्द संगीतमा बजारमा आएको गीतमा आवाज भने श्रीयसी चेम्जोङ को सुमधुर आवाजमा रहेको गीतमा अभिनय भने राज काफ्ले र टेरिसा  पौडेलको रहेको छ ।राज काफ्लेको निर्देशनमा तयार भएको म्यूजिक भिडियो बजारमा आएको केहि दिनमै निकै दर्शक श्रोताको मन जित्न सफल भएको छ 
यस गीतका सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ 
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Monday, June 13, 2016

मलाइ धम्कि दिएर भन्दा पनि गीत मार्फतनै जवाफ दिए हुन्थ्योकि ?-गायक रामु बिरही


गत केहि दिन अगाडी युटुबमा सार्बजनिक भएको चेतना मुलक लोकदोहोरी गीत “दोहोरीलाइ फोहोरी”बोलको गीतमा आएको केहि दृश्य हटाउन धम्कि आएको भन्दै सोहि गीतका गायक तथा कम्पनि संचालक रामु बिरहीले भिडियोमा देखिएको केहि दृश्य हटाएका छन।सकारात्मक सृजना बजारमा पठाउदा पनि धम्कि दिएको भन्दै बिरहीले आपति जनाएका हुन । “जब सम्म लोकदोहोरीमा यो फोहोरी काम हराउदैन तब सम्म सांगीतिक क्षेत्रबाट यसरीनै मपाइत्व हुदै जादा हामीले हाम्रो र हामी भन्दा पछिल्ला पुस्ताका भाइबहिनीलाइ कुन आधारले लोक गीतको चर्चा गर्न सक्छौ “? आक्रोशमा बोल्दै रामु भन्छन “मैले क्लिप्स काटे अब यसमा अन्य भिजेल काट्नु नपरोस बरु मलाइ धम्कि दिएर भन्दा पनि गीत मार्फतनै जवाफ दिए हुन्थ्योकि ? “। मुना थापा र रामु विरहीको आवाजमा रहेको गीतमा लय तथा शब्द पनि रामु बिरहिकै छ ।साथीभाई डिजिटल मार्फत आयको गीतको पुरा भिडियो फेरी सार्बजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Sunday, June 12, 2016

कामना डिजिटलको उत्पादनमा छोटो समयामा अत्याधिक हेरियो हुन्न बुढी (भिडियो सहित


कमल सरगम 
जेष्ठ ३० -काठमाण्डौ
थोरै गीत चेतनाले भरिएको हुन्छ र जुन चेतना भएको गीत कम भिजिटर भएको धेरै सुन्नमा आएको हुन्छ तर एउटा एस्तो गीत जसले पछिल्लो पटक धेरै दर्शक श्रोताको मन जित्न सफल भएको छ  ।कामना डिजिटल प्रालिको प्रस्तुतिमा बजारमा आएको "हुन्न बुढी"अहिले निकैनै चर्चाको सिखरमा छ ।चर्चित गायक रामचन्द्र काफ्लेले आवाज दिनुभएको यस गीतमा साथ् भने ज्ञानु मगरले दिनुभएको छ  ।ज्ञानु मगरको प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतले ज्ञानुलाइ पनि धेरै दर्शक श्रोताको रोजाई बनेकी छिन  । यस गीतमा अभिनय भने चर्चित् हास्य सृंखला मेरी बास्सैकी ठ्यास कुमारी (निरु खड्का )र सेर बहादुर गुरुङको जोरदार अभिनयमा बजारमा आएको हो  । गीतमा शब्द तथा संगीत राजु क्षेत्रीले भर्नुभएको छ ।चर्चित मोडल शंकर बिसीको निर्देशनमा तयार भएको यस गीत छोटो समयमा आम श्रोता दर्शकको रोजाई बनेको छ ।यो कस्तो गीत हो भन्ने प्रसंगमा कम्पनि संचालक राज काफ्ले भन्नु हुन्छ “गीत खासमा २ श्रीमान श्रीमती बीचको सम्बाद हो तर यो बस्ताबमा अहिलेको लाखौको जिबनमा मेल खान्छ सोहि कारण पनि हामीले यो गीत बजारमा ल्याएका हौ”। जे होस् गीत रामो बनेको छ यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

किरण बाबु र भावनाको आवाजमा तीजको नयाँ भिडियोको सुटिङ् सम्पन्न

कमल सरगम
जेष्ठ ३० ,काठमाण्डौ
नेपालीहरुको महान पर्व तिजको चहलपहल निकै बढ्न थालेको छ  ।यसैलाई लक्षित गरि हिम सम्झौता डिजिटलबाट आजदेखि तिजको भिडियो निर्माण सुरु भएको छ  ।बसुन्धाराको दियालो पार्टी प्यालेसमा भएको सुटिङ्को गीतमा अभिनय भने धुर्ब हिमाली र करिश्मा ढकालले गर्नुभएको थियो  ।


बहुचर्चित गायक तथा सर्जक किरणबाबु पुन र भावना जीशीको सुमधुर आवाजमा रहेको गीतमा लय शब्द पनि किरणबाबु पुनकै रहेको छ  ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको भिडियोमा छायांकन भने करण चैसिरले गर्नुभएको हो  ।निकै दर्शकहरुको भिडमा सुटिङ् भएको भिडियो अबको केहि दिनमै टेलिभिजनबाट प्रसारण हुदै छ  ।तिज अलिक छिटो भएन भन्ने प्रश्नमा  कम्पनि संचालक नन्दराम परियारले भन्नु भयो "बरु ढिला भयोहोला छिटो भएको छैन अब तीजको माहोल सुरु भएको छ हामीले सुटिङ् मात्र सुरु गरेका छौ प्रोमो बजाउने समय हाम्रो कम्पनीको नियम अनुसार र दर्शक स्रोताको मागलाइ मध्यनजर गरेर पठाउने छौ"  ।सोहि अबसरमा हिम सम्झौतालाइ अवार्डले केहि अप्ठ्यारो पारेको हो भन्दा उहा नन्दराम भन्नुहुन्छ "हिम सम्झौता डिजिटल बिस्वभर बसेर नेपाली माटोलाई माया गर्ने नेपालीहरुको कम्पनि हो  ।अधिकांश नेपालीहरुको मनमुटुमा अहिले हिम सम्झौता छ यही हो हाम्रो अवार्ड  ।मैले अवार्डत अस्ति तेही प्रज्ञाप्रतिष्ठानमै छाडेर आइसके ,एति बोल्छु आगामी दिनहरुमा अवार्डको कार्यक्रममा हिम सम्झौता टिमले अवार्डमा भाग लिदैन  ।आफ्नो कम्पनीका प्रतिनिधिहरुलाई पनि अवार्डको बारेमा कुनैपनि नकारात्मक टिकाटिप्पणी नगर्न समेत अनुरोध गर्दछु" ।आफु पृथ्वी नारायण शाह,बलभद्र कुवर ,अमर शिंह जस्तो व्यक्तिको सन्तति सम्झने नन्दराम बास्त्बमै नया तथा पुराना कलाकारहरुको मनको ढुक्ढुकी भएर सिंगो सांगीतिक क्षेत्र धान्दै आएका छन  ।नन्दरामलाइ सांगीतिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ  ।

Saturday, June 11, 2016

किरणबाबु भट्टी जाने भए पछी ज्योति मगरलाइ तनाब (भिडियो सहित)



कमल सरगम 
जेष्ठ ३० ,काठमाण्डौ 
हिम सम्झौता म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी सर्जक तथा गायक किरणबाबु पुन र हट गायिका ज्योति मगरको आवाजमा नयाँ गीत "ह्याङ् ह्याङ्"बजारमा आएको छ ।नन्दराम कुसारी र प्रेम कुसारिको शब्दमा रहेको गीतमा संगीत भने किरणबाबु पुनलेनै भर्नुभएको छ ।
चर्चित हास्य कलाकार कमल गाउले र निरु खड्काको उत्कृष्ट अभिनयमा तयार भएको गीतको म्युजिक भिडियो निर्देशन भने एकिन्द्र सारा शंकरले गर्नुभएको छ ।हरिश महराको छायांकनमा तयार भएको भिडियो यो बेला चर्चाको सिखरमा छ ।निकै मिठो र चेतना मुलक गीतको रुपमा बाजारमा आएको यस गीतको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Wednesday, June 8, 2016

पोखरामा हिम सम्झौता डिजिटल टिम रमाउदै सुटिङमा

कमल सरगम
जेष्ठ २६ -पोखरा
पछिल्लो पटक धेरै जसो गीत संगीत बजारमा ल्याउने कम्पनीको नाम हो हिम सम्झौता ।
सधै जसो विभिन्न गितहरुको छायांकन को क्रममा ब्यस्त भैराख्ने म्युजिक कम्पनी हिम सम्झौता डिजिटल यतिखेर पोखराको विभिन्न रमणीय स्थलमा छायांकन मै ब्यस्त छ ।
आफनो काम र क्वालिटिको प्रसंशा गर्दै पोखराका कलाकारहरुको निमन्त्रणामा पोखरा गएको र भब्य स्वागतका बिच  पोखराका फेवाताल ,बेगनासताल, महेन्द्र गुफा ,लगायतका विभिन्न ठाउमा सुटिङ भैरहेको कम्पनिका संचालक नन्दराम परियारले जानकारी दिनुभयो।
केहि दिनमै राजधानी फर्कने टिमले आफ्नो कार्यलाई रमणीय वातावरणमा सम्पन्न गर्न पाउदाको मज्जा बेक्लै भएको जानकारी दिएको छन ।
 

 

Tuesday, June 7, 2016

आफ्नी प्रेमिका अर्कै संग लाग्दा गायक प्रेम नेपाली भन्नु हुन्छ “यो ओठले हास्न जान्दैन” (भिडियो सहित)


राजेन्द्र जी एम 
जेष्ठ २६ -काठमाण्डौ 
"न यो मनले हास्न जानेको छ न रुननै ,कुनै बेला तिमि मेरो आखाको नानि थियौ अहिले भाको छ रोहिरहानी किन एति रुने बनाएर गयौ ,म कसको साहरा सम्झिनु तिमि दिल ,तिमि धड्कन ,तिमि संसार भन्थ्यौ तर सबै बनावटि रैछ धिकार छ मलाई तिमि जस्तोलाई प्रेम गरे"

हो यस्तै मर्म स्पर्शी कहानीमा समाहित प्रतिभाशाली गायक तथा सर्जक प्रेम नेपालीको लय /शब्द/स्वरमा सजिएको लोक गीत "यो ओठले हास्न जान्दैन"बजारमा आएको छ 

।प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको यस गीतमा अभिनय भने कमल ,सान्ता र शुभाकाजीले गर्नुभएको छ भने भिडियोको निर्देशन काजिस श्रेष्ठ र बबिता पुरीले गर्नुभएको छ ।सागर गौतमको छायांकनमा रहेको यस लोक गीत अहिले बजारमा निकै चर्चामा छ ।सम्पूर्ण यस गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ 
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Monday, June 6, 2016

नैतिकता पतन भए पछि के सम्म गर्छ मान्छे ले(भिडियो सहित)


राजेन्द्र जी एम 
जेष्ठ २४ -काठमाण्डौ 
संगै खाएर हुर्केको साथिको प्रेमिका राम्री लागे पछि उसलाई पाउन को लागी कति हद सम्म जान्छ मान्छे? साथिको प्रेमिका लाइ आफ्नो बनाउन लाइ साथी लाइ कुलतको दलदल मा कसरी फसाउछ। आफ्नो बुबा र प्रेमिकाको कुरा आफ्नो साथिको विरुद्ध मा सुन्न चाह्दैन साथी ।
त्यती बिस्वास गरेको छ उस्ले साथी लाइ जब एक दिन सत्य कुरा सामु आउछ अनि कथाले के मोड लिन्छ हेर्नुस सर्ट मुवि साला गद्दार । एन एच एस मिडिया ग्रुपको प्रसुती र निर्माण मा शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा रामेस्वर हुमागाइ को छायांकन ,ओम प्रसाइ को सम्पादन अनि सपना लामिछाने ,बिमर्श केसि ,नबराज उप्रेती , राम शरण खत्री को अभिनय रहेको सर्ट मुवि साला गद्दार लाइ एन एच एस मिडिया ग्रुपले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।
भिडियो

बिम्ली भन्छिन "दोहोरीलाई फोहोरी बनाए गायिका भन्नेहरुले" ( भिडियो सहित)

कमल सरगम 
जेष्ठ २४-काठमाण्डौ 
दोहोरीमा पछिल्लो पटक साचिकै फोहोरी मिसिएको छ ,एकै परिवार संगै बसेर हेर्न सकिने भिडियो निर्माण हरु निकै कम हुन थालेको छ जसको कारण दोहोरीका फ्यानहरुले दोहोरीको बिरोध गर्नु स्वाभाविक हो, हरेक कलाकारको चाहना पनि दोहोरी कला सस्कृतिको जगेर्ण गरौ भन्ने हुनुपर्छ तर पछिल्लो पटक भने केहि बिकृति संगीत निकाल्ने भाइरल कलाकारहरुको कारण राम्रो सृजना गर्नेहरु पनि यसैको सिकार बनेको छ 

हो यस्तै कहानीलाई गीतमा उनेर चर्चित निर्देशक/गायक तथा सर्जक रामु विरहीको यथार्थ लोकदोहोरी गीत "दोहोरीलाई फोहोरी बनाय"लोकदोहोरी बजारमा ल्याएको छन् ।चर्चित लोकदोहोरी गायिका मुना थापा मगर र रामु विरहीको सुमधुर आवाजमा सजिएको गीतमा लय/शब्द पनि रामु विरहीको रहेको छ ।साथीभाई डिजिटल प्रालीको प्रस्तुतिमा बजारमा आएको गीतमा अभिनय भने रामु बिरही र सुसिला निरौला(बिम्ली)ले गर्नुभएको छ ।करण चैसिर को छायांकनमा तयार भएको भिडियोमा निर्देशन पनि रामु बिरहीले गर्नुभएको छ ।साचिकै यो गीतले दोहोरीमा आएको फोहोरी प्रति आवाज राख्दै अगाडी बढ्न अनुरोध सहित हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस