108.166.174.131

Thursday, June 23, 2016

चन्द अर्याल र दिनेश थापाको आवाजमा रहेको नया लोक दोहोरी गीतको सुटिङ् सम्पन्न

कमल सरगम
असार ०९ -काठमाण्डौ 

धेरै गीतहरुमा म्युजिक भिडियो गरिसकेका चर्चित मोडल तथा गायक दिनेश थापाको पहिलो लोकदोहोरी गीत "चोली फेर मायाले बोलि नफेर"को सुटिङ् सम्पन्न भएको छ ।बहुचर्चित लोकदोहोरी सर्जक एकनारायण भण्डारीको लय तथा शब्दमा रहेको गीत  कामना डिजिटल मार्फत आउन लागेको हो ।
चर्चित गायिका चन्द अर्याल र दिनेश थापाको सुमधुर आवाजमा रहेको यस गीतमा अभिनय भने भोजपुरी फ्लिमहरुमा निकैनै चर्चामा आएकी नायिका डलि सरकार र दिनेश थापाकै रहेको छ ।डलि सरकारले लोकदोहोरीमा भने पहिलो पटक डेब्यु गरेकी हुन् ।दुर्गा पौडेलको छायांकनमा तयार भएको भिडियोको निर्देशन भने बब्बु थापाले गर्नुभएको हो ।गीत कस्तो छ भन्ने प्रश्नमा कामना डिजिटलका संचालक भन्छन "गीतले  छुट्टै मौलिकता बोकेको छ ,सबैको मन जित्ने छ भन्ने आसा पनि गरेको छु भेस फेरीए पनि ब्यबाहार र बानि नाफेरियोस भन्ने कथा यसमा समेटिएको छ"।गीतले कस्तो चर्चा पाउला भन्ने प्रश्नमा दिनेश थापा भन्नुहुन्छ "सम्पूर्ण टिम उतिकै सबैको मन जित्न सफल टिम यो गीतमा छौ साहेद यो गीतले चर्चा पाउनेमा म आसाबादी छु 
 सम्पूर्ण यस गीतका टिमहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ।

0 comments:

Post a Comment