108.166.174.131

Sunday, June 26, 2016

नेपाली कथानक चलचित्र "प्रतिबिम्ब" यही साउन २१ देखि देशभर

कमल सरगम 
आसार १२ -काठमाण्डौ 
द लाफा आर्टस को प्रस्तुतिमा नेपाली कथानक चलचित्र "प्रतिबिम्ब" यही साउन २१ देखि देशभरका हलहरुमा पर्दशन हुदै छ ।किशोर राना मगरको कथा/निर्देशनमा तयार भएको यस चलचित्रको निर्माता :ज्ञानु थापा ,केबी राना ,चन्द्र ज्योति आले ,नेत्र थापा ,अनिता राना र छक्कु उदासी हुन् 
हंकङ् ,युके लगाएत नेपालको बिभिन्न जिल्लाहरुमा च्यारेटी सो भैसकेको यस चलचित्रमा मगर समुदायको कला सास्कृतिमा आधारित रहेको छ ।सिक्षाको महत्वलाई बिशेष जोड दिएको यस चलचित्रले दर्शक नतान्ला भन्न सकिन्न ।चलचित्रमा कुमार राना मगर  ,मन सुधन थापा मगर ,पवित्र सारु मगर ,कमला पुन मगर  आदिको मुख्य भूमिका रहेको छ  ।चलचित्र कस्तो बनेको छ भन्ने प्रश्नमा मुख्य भूमिकामा रहनु भएका गायक तथा नायक कुमार रानाले भन्नु भयो "चलचित्र अन्त्यन्तै राम्रो बनेको छ म आफु पनि नायक र खलनायक दुवै भूमिकामा खेल्ने अवसर प्राप्त भएको छ बाकि चलचित्र  हेरे पछी थाह पाउनु हुने छ "।बिगत १ दशक देखि गीत संगीतमा निरन्तर लाग्दै आउनुभएको गायक कुमार राना हाल चलचित्र देखि गीत संगीतमै व्यस्त छन 
चलचित्रको ट्रेलर हेर्न तल क्लिक गर्नुहोस 

0 comments:

Post a Comment