108.166.174.131

Saturday, June 18, 2016

चर्चित सर्जक राजु बर्देवाको थेगोमा मुटुको घाउ (भिडियो सहित)

समिप चौलागाई
असार ०५  ,काठमान्डौ 

 हुनत प्रेम गर्नेले सबै त्याग्न  सक्नुपर्छ भन्छन तर कहिलेकाही नसोचेको भइदिन्छ ।माया गरिन्छ मुटु उसैलाई सुम्पिएको हुन्छ तर एक्कासी त्यै मुटुमा घाउ लाग्छ अनि मन थामिदैन ।धनमा माया जोडेदेखि आज म मसानघाट भएको छु ।
चितामा म रहदा तिमि डोलीमा हुने छेउ अनि म यो  यो संसार छाडेर जाने छु"। साहेद प्रेम गर्नेलाई यस्तै यस्तै भएको होला यो गीतले पनि यस्तै भन्छ ।प्रेम गर्ने र गरिब प्रेमी प्रेमिकाले पछिल्लो पटक अत्यधिक रुचाएको लोकदोहोरी गीत "मुतुको घाउ"अहिले डिजिटल बजारमा निकैनै चर्चामा छ ।विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको गीतमा शब्द भने अहिलेका निकैनै चर्चामा आफ्नो शब्द बाट होस् या रेडियोको माध्यमबाट सबै क्षेत्रका काभ्रेको कोशिपारीमा जन्मिएर हाल काठमाण्डौमा कर्मथलो बनाउदै आउनुभएका  चर्चित सर्जक कमल सरगमको रहेको छ भने लय संचारकर्मी तथा चर्चित लय सर्जक साहस भट्टको रहेको छ ।रामेछापका सर्जक दिपक सुनुवार र रामेछापकै अर्की गायिका खुसी घिसिङको प्रस्तुतिमा बजारमा आएको गीतमा आवाज भने दिपक सुनुवार देवी घर्ति र खुसी घिसिङको रहेको छ ।छोटो समयमा धेरै गीतमा आफ्नो फरक फरक प्रस्तुति दिदै आएका रामेछापका सर्जक राजु बर्देवाको थेगोमा सृजना भएको गीतमा अभिनय भने मंजिता केशी र अमिन लामाले गर्नुभएको छ । गीत अदियोमै अत्याधिक चर्चामा आए लगातै भिडियो सार्बजनिक गरेको केहि दिन भिडियो पनि अत्याधिक रुचाएका छन । जे होस् राम्रो सृजनाको सम्मान गर्नु जरुरि छ सम्पूर्ण यस गीतका टिमहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
 भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments:

Post a Comment