108.166.174.131

Saturday, June 11, 2016

किरणबाबु भट्टी जाने भए पछी ज्योति मगरलाइ तनाब (भिडियो सहित)



कमल सरगम 
जेष्ठ ३० ,काठमाण्डौ 
हिम सम्झौता म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी सर्जक तथा गायक किरणबाबु पुन र हट गायिका ज्योति मगरको आवाजमा नयाँ गीत "ह्याङ् ह्याङ्"बजारमा आएको छ ।नन्दराम कुसारी र प्रेम कुसारिको शब्दमा रहेको गीतमा संगीत भने किरणबाबु पुनलेनै भर्नुभएको छ ।
चर्चित हास्य कलाकार कमल गाउले र निरु खड्काको उत्कृष्ट अभिनयमा तयार भएको गीतको म्युजिक भिडियो निर्देशन भने एकिन्द्र सारा शंकरले गर्नुभएको छ ।हरिश महराको छायांकनमा तयार भएको भिडियो यो बेला चर्चाको सिखरमा छ ।निकै मिठो र चेतना मुलक गीतको रुपमा बाजारमा आएको यस गीतको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

0 comments:

Post a Comment