गत केहि दिन अगाडी युटुबमा सार्बजनिक भएको चेतना मुलक लोकदोहोरी गीत “दोहोरीलाइ फोहोरी”बोलको गीतमा आएको केहि दृश्य हटाउन धम्कि आएको भन्दै सोहि गीतका गायक तथा कम्पनि संचालक रामु बिरहीले भिडियोमा देखिएको केहि दृश्य हटाएका छन।सकारात्मक सृजना बजारमा पठाउदा पनि धम्कि दिएको भन्दै बिरहीले आपति जनाएका हुन । “जब सम्म लोकदोहोरीमा यो फोहोरी काम हराउदैन तब सम्म सांगीतिक क्षेत्रबाट यसरीनै मपाइत्व हुदै जादा हामीले हाम्रो र हामी भन्दा पछिल्ला पुस्ताका भाइबहिनीलाइ कुन आधारले लोक गीतको चर्चा गर्न सक्छौ “? आक्रोशमा बोल्दै रामु भन्छन “मैले क्लिप्स काटे अब यसमा अन्य भिजेल काट्नु नपरोस बरु मलाइ धम्कि दिएर भन्दा पनि गीत मार्फतनै जवाफ दिए हुन्थ्योकि ? “। मुना थापा र रामु विरहीको आवाजमा रहेको गीतमा लय तथा शब्द पनि रामु बिरहिकै छ ।साथीभाई डिजिटल मार्फत आयको गीतको पुरा भिडियो फेरी सार्बजनिक गरिएको हो । भिडियो हेर्न तल क्लिक गर्नुहोस
0 comments:
Post a Comment