कमल सरगम जेष्ठ ३० -काठमाण्डौ थोरै गीत चेतनाले भरिएको हुन्छ र जुन चेतना भएको गीत कम भिजिटर भएको धेरै सुन्नमा आएको हुन्छ तर एउटा एस्तो गीत जसले पछिल्लो पटक धेरै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।कामना डिजिटल प्रालिको प्रस्तुतिमा बजारमा आएको "हुन्न बुढी"अहिले निकैनै चर्चाको सिखरमा छ ।चर्चित गायक रामचन्द्र काफ्लेले आवाज दिनुभएको यस गीतमा साथ् भने ज्ञानु मगरले दिनुभएको छ ।ज्ञानु मगरको प्रस्तुतिको रुपमा बजारमा आएको यस गीतले ज्ञानुलाइ पनि धेरै दर्शक श्रोताको रोजाई बनेकी छिन । यस गीतमा अभिनय भने चर्चित् हास्य सृंखला मेरी बास्सैकी ठ्यास कुमारी (निरु खड्का )र सेर बहादुर गुरुङको जोरदार अभिनयमा बजारमा आएको हो । गीतमा शब्द तथा संगीत राजु क्षेत्रीले भर्नुभएको छ ।चर्चित मोडल शंकर बिसीको निर्देशनमा तयार भएको यस गीत छोटो समयमा आम श्रोता दर्शकको रोजाई बनेको छ ।यो कस्तो गीत हो भन्ने प्रसंगमा कम्पनि संचालक राज काफ्ले भन्नु हुन्छ “गीत खासमा २ श्रीमान श्रीमती बीचको सम्बाद हो तर यो बस्ताबमा अहिलेको लाखौको जिबनमा मेल खान्छ सोहि कारण पनि हामीले यो गीत बजारमा ल्याएका हौ”। जे होस् गीत रामो बनेको छ यस गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
0 comments:
Post a Comment