जेष्ठ ३० ,काठमाण्डौ
नेपालीहरुको महान पर्व तिजको चहलपहल निकै बढ्न थालेको छ ।यसैलाई लक्षित गरि हिम सम्झौता डिजिटलबाट आजदेखि तिजको भिडियो निर्माण सुरु भएको छ ।बसुन्धाराको दियालो पार्टी प्यालेसमा भएको सुटिङ्को गीतमा अभिनय भने धुर्ब हिमाली र करिश्मा ढकालले गर्नुभएको थियो ।
बहुचर्चित गायक तथा सर्जक किरणबाबु पुन र भावना जीशीको सुमधुर आवाजमा रहेको गीतमा लय शब्द पनि किरणबाबु पुनकै रहेको छ ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको भिडियोमा छायांकन भने करण चैसिरले गर्नुभएको हो ।निकै दर्शकहरुको भिडमा सुटिङ् भएको भिडियो अबको केहि दिनमै टेलिभिजनबाट प्रसारण हुदै छ ।तिज अलिक छिटो भएन भन्ने प्रश्नमा कम्पनि संचालक नन्दराम परियारले भन्नु भयो "बरु ढिला भयोहोला छिटो भएको छैन अब तीजको माहोल सुरु भएको छ हामीले सुटिङ् मात्र सुरु गरेका छौ प्रोमो बजाउने समय हाम्रो कम्पनीको नियम अनुसार र दर्शक स्रोताको मागलाइ मध्यनजर गरेर पठाउने छौ" ।सोहि अबसरमा हिम सम्झौतालाइ अवार्डले केहि अप्ठ्यारो पारेको हो भन्दा उहा नन्दराम भन्नुहुन्छ "हिम सम्झौता डिजिटल बिस्वभर बसेर नेपाली माटोलाई माया गर्ने नेपालीहरुको कम्पनि हो ।
अधिकांश नेपालीहरुको मनमुटुमा अहिले हिम सम्झौता छ यही हो हाम्रो अवार्ड ।मैले अवार्डत अस्ति तेही प्रज्ञाप्रतिष्ठानमै छाडेर आइसके ,एति बोल्छु आगामी दिनहरुमा अवार्डको कार्यक्रममा हिम सम्झौता टिमले अवार्डमा भाग लिदैन ।आफ्नो कम्पनीका प्रतिनिधिहरुलाई पनि अवार्डको बारेमा कुनैपनि नकारात्मक टिकाटिप्पणी नगर्न समेत अनुरोध गर्दछु" ।आफु पृथ्वी नारायण शाह,बलभद्र कुवर ,अमर शिंह जस्तो व्यक्तिको सन्तति सम्झने नन्दराम बास्त्बमै नया तथा पुराना कलाकारहरुको मनको ढुक्ढुकी भएर सिंगो सांगीतिक क्षेत्र धान्दै आएका छन ।नन्दरामलाइ सांगीतिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।







0 comments:
Post a Comment