असार ९ –काठमाण्डौ
काठमाडौ।
पप सम्राट ओम बिक्रम बिष्टको गीति–एल्बम नआएको धेरै समय भएको छ। भूकम्प पीडितका लागि पनि निकै क्रियासिल रुपमा लागेका ओम बिक्रम विस्टले लन्डनमा गत बर्ष रोयल अल्बर्ट हलमा भब्य कार्यक्रममा सहभागी भई कार्यक्रम सम्पन्न गरेका थिए। म मौनतामा अल्झी रहेको जस्ता चर्चित गीतहरु गाएका बिष्टले अव त्यो रिक्ततालाई दूर गर्नको लागि चाँडै नै मनको कुरा नामक गीति–एल्बम मात्र होइन, यसको भिडियो एल्वम नै निकाल्ने अन्तिम तयारी गरिरहेका छन्।ओमविक्रमका हिट गीतका रिमेक र रिमिक्स एल्वमका रुपमा आउने एल्बम मनको कुराको टाइटल गीतको म्युजिक भिडियो हालै थाइल्याण्डको बैंकक स्थित फुकेट, पतैया लगायतका रमणिय स्थानमा छायाँकन गरिएको छ। पुराना तर, हट मोडलका रुपमा हाल चर्चा पाएका राजु हमालका साथमा मोडल पेमिला क्षेत्रीको मनको कुरा गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ।

राजु हमाल हाल सम्म १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्दै कलाकारिता क्षेत्रलाई जगेर्ना गर्दै आएका छन ।रंगमञ्चमा पनि उतिकै जम्दै आएका उनि अहिले बिभिन्न सास्कृतिक कार्यक्रमहरु,बिज्ञापन र फेसनसोहरु देखि लिएर जर्जमा समेत व्यस्त छन् ।आफुलाई सरल स्वभाब मानिने अभिनेता राजु अहिले निकै चर्चामा छन ।
ओमविक्रम विष्ट जस्तो नेपाली पपसम्राटको गीतमा अभिनय गर्न पाउनुको गौरबता बेग्लै रहेको बताउंने रंगकर्मी हमाल आफ्नो अभिनयको टर्निङ्ग प्वाइन्ट नै हो भनेर प्रतिक्रिया व्यक्त गरेका छन्।
गायक विष्ट पनि अभिनेता हमालमा
देखिएको परिपक्व अभिनय शैलीवाट आफू अत्यन्त प्रभावित बनेको बताउंदै मनको कुराको
म्युजिक भिडियो सोचेभन्दा राम्रो बनेको भन्छन्।गायक विष्टको उक्त गीतको गीतकार
प्रमोद ढुंगाना रहेका छन्। संगीत भने गायक विष्ट स्वयमको रहेको छ। रवि सायमीको
छायाँकन तथा निर्देशन रहेको गायक विष्टको यस भिडियोलाई रिभेल इभेन्टस प्राइभेट
लिमिटेडले चांडै बिभिन्न टिभी च्यानल र युट्युब मार्फत रिलिज गर्ने रिभेलका संचालक राजेश हमालले जानकारी दिएका छन् ।

0 comments:
Post a Comment